अन्तरपार्टी महिला सञ्जालमा महादेवी


प्रकाशित मिति :2019-01-06 23:03:09

-महिला खबर-

चितवन । अन्तरपार्टी महिला सञ्जाल चितवनको अध्यक्षमा महादेवी खतिवडा चयन भएकी छिन् । सञ्जालको विशेष भेलाले उनलाई अध्यक्षमा चयन गरेको हो ।

खतिवडाले पुर्व एमालेको तर्फबाट सञ्जालमा प्रतिनिधित्व गरेकी हुन् । खतिवडा यसअघि पनि सञ्जालको अध्यक्ष भइसकेकी छिन् ।

चितवनबाट संघीय संसदमा प्रतिनिधित्व गर्ने पाँच राजनीतिक दलका महिलाको भेलाले उपाध्यक्षमा राष्ट्रिय प्रजातन्त्र पार्टीका दुर्गाकुमारी घिमिरे, सचिवमा नेपाली काँग्रेसकी तारा गुरुङ, कोषाध्यक्षमा पुर्व एकीकृत नेकपा माओवादिकी पबित्रा रिजाल चयन भएका हुन् ।

सञ्जालको सदस्यहरुमा गौरी अधिकारी, संगीता भट्टराई, राधा सुवेदी, विष्णुमाया पौडेल, कलावती भट्टराई, राधादेवी कँडेल, सबिता लामा, सरस्वती बर्देवा, सबिता चौधरी, बिमला आलेमगर र मिना न्यौपाने चयन भएका छन् । महिला सञ्जालमा एक वर्षे कार्यकाल रहन्छ । आलोपालो गरेर नेतृत्व हस्तान्तरण गर्ने गरिएको छ । यसअघि नेपाली काँग्रेसकी गौरी अधिकारी अध्यक्ष थिइन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका महासचिव तुम्खेवाको हत्केलामा पृथ्वी लिएर उभिएको मान्छे सार्वजनिक

-महिला खबर- ललितपुर । सञ्चारिका समूहकी महासचिव तथा कवि विमला तुम्खेवाको हत्केलामा पृथ्वी लिएर उभिएको मान्छे

वडा अध्यक्षले नै गरे १६ वर्षे बालिकासँग विहे

-महिला खबर- खोटाङको हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष रमेश कुमार राउतले १६ वर्ष

बालिका आश्रममा सौन्दर्यकर्मीको स्थापना दिवस

-महिला खबर- देवघाट । राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल प्रदेश न,३ ले आफ्नो ११ औं स्थापना दिवस

सबैका लागि समानता (तस्वीरमा)

–महिला खबर– आज विश्व समाज कार्य दिवस । सामाजिक क्षेत्रका व्यक्तिहरुले विभिन्न कार्यक्रम गरि मनाएका छन्

महिला मात्रै पढ्ने क्याम्पसमा पुरुष प्रमुख

–महिला खबर– पद्मकन्या क्याम्पसका प्राध्यापक, विद्यार्थी तथा कर्मचारीले महिला क्याम्पस प्रमुख हुनुपर्ने माग राखि लगातार

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: