लैंगिक हिंसा नियन्त्रण संजाल समिति गठन


प्रकाशित मिति :2019-01-06 18:42:34

-महिला खबर-

ललितपुर । महानगरीय प्रहरी परिसर टेकु, काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक बसन्त कुमार लामाको संयोजकत्वमा जिल्ला लैंगिक हिंसा नियन्त्रण संजाल समिति गठन भएको छ ।

समुदाय प्रहरी साझेदारी अवधारणाको कार्यान्वयनको क्रममा लैंगिक हिंसा नियन्त्रण गर्न संजाल गठन गरिएको हो ।

आज काठमाडौंमा आयोजित एक कार्यक्रमले लैंगिक हिंसा विरुद्ध क्रियाशील सरकारी तथा गैर सरकारी संघ संस्थाका प्रतिनिधि, नागरिक समाजका अगुवा र पत्रकार लगायत ३५ सदस्य रहेको संजाल गठन गरेको हो ।

प्रहरी प्रधान कार्यालय.र महिला तथा बालबालिका सेवा निर्देशनालयबाट स्विकृत भई आएको निर्देशिका बमोजिम संजाल गठन गरिएको प्रहरी वरिष्ठ उपरीक्षक बसन्त कुमार लामाले बताए ।

उनले प्रहरीले केही गरौं भन्ने उद्देश्यले प्रयासरत रहेको बेला समुदायको सहयोग र सहकार्य अपरिहार्य भएको बताए ।

लैगिक हिंसा नियन्त्रण संजाल समिति गठन कार्यक्रममा महानगरीय प्रहरी परिसर काठमाडौंका डीएसपी राजेन्द्र पोखरेलले समितिलाई क्रियाशील बनाएर समाजलाई हिंसा मुक्त बनाउने अभियानमा सबैको साथ समर्थन जरुरी रहेको बताए ।

प्रहरी निरीक्षक चेतना पोखरेलले हिंसा विरुद्ध क्रियाशील व्यक्तित्व र संघ संस्थाको सामुहिक प्रयासमा गठन गरिएको संजालले प्रभावकारी ढंगले काम गर्ने विश्वास व्यक्त गरिन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

‘म घरको काम गर्छु’

–महिला खबर– ललितपुर । अति भो ! आउनुस् महिला तथा बालबालिका माथि हुने हिंसा बिरुद्ध हामी

छाउगोठमा आमा र दुई छोराको ज्यान गएकोबारे अध्ययन गर्न संसदीय समिति

–यशोदा अधिकारी– ललितपुर । बाजुरामा छाउपडी बस्दा ज्यान गुमाएकी अम्बा बोहरा र उनका दुई छोराको मृत्यु

सञ्चारमा महिला सहभागिता बढाउन माग

सञ्चार गृह अहिले पनि पत्रकार महिलालाई, महिलाका विषयबस्तु भन्दा अरु कुरामा रिपोर्टिङ्ग गर्न दिन डराउने

अधिकारकर्मी भूमिका श्रेष्ठको आत्मकथा सार्वजनिक

-महिला खबर- लतिपुर । तेस्रोलिंगीलाई बुझ्ने माध्यमको रुपमा यो किताब कोशेढुंगा हुनेमा बिश्वास ।

बेचिएर कुवेत पुगेकी युनिकाले भनिन्, ‘मम्मी नेपाल फर्किन पाइन भने म मर्छु’ (अडियोसहित)

-उमा पौडेल- ‘मम्मी म त मर्छु होला । ४ जना बच्चा हेर्नुपर्छ । तीनवटालाई काखमा

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: