बेवारिसे महिला सेवा केन्द्रको जिम्मा


प्रकाशित मिति :2019-01-05 11:27:05

-लेखनाथ खतिवडा-

पाचथर । पाँचथरको फिदिममा एक वेवारिसे महिला फेला परेकी छन् । फिदिम नगरपालिका वडा नम्बर–४ कि गीता गुरुङले उद्धार गरी आफ्नो घरमा राखेकी उनलाई महिला सेवा केन्द्रमा पठाइएको छ ।

आफ्नो नाम, ठेगाना र वतन समेत पटकै पिच्छे फरक–फरक बताउने उनलाई बेवारिसे अवस्थामा फिदिममा फेला पारेपछि गुरुङले उद्धार गरेकी थिइन् । आफ्नो नाम बुदुना तामाङ बताउने करिव २५ वर्षीया महिला एक हप्तादेखि फिदिम बजारमा बेवारिसे भई हिँडिरहेकी थिइन् ।

नाम ठेगाना थाहा नभएकी उनलाई खोजी गर्न कोही आउने अपेक्षासहित आफ्नै घरमा राख्दै आएको गुरुङले बताइन् ।

उद्धार गरेको एक हप्ता बितिसक्दा समेत कोही आफन्त सम्पर्कमा नआएपछि फिदिम नगरपालिकास्थित महिला तथा बालबालिका शाखा मार्फत उनलाई जिल्ला सेवा केन्द्रमा पठाइएको गुरुङले बताइन् ।

सेवा केन्द्रमा उनलाई मनोसामाजिक परामर्श प्रदान गरी औषधि उपचार र अस्थायी बसोबासको व्यवस्था मिलाइएको फिदिम नगरपालिकाको महिला विकास शाखाकी प्रमुख निर्मला दाहालले बताइन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका महासचिव तुम्खेवाको हत्केलामा पृथ्वी लिएर उभिएको मान्छे सार्वजनिक

-महिला खबर- ललितपुर । सञ्चारिका समूहकी महासचिव तथा कवि विमला तुम्खेवाको हत्केलामा पृथ्वी लिएर उभिएको मान्छे

वडा अध्यक्षले नै गरे १६ वर्षे बालिकासँग विहे

-महिला खबर- खोटाङको हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष रमेश कुमार राउतले १६ वर्ष

बालिका आश्रममा सौन्दर्यकर्मीको स्थापना दिवस

-महिला खबर- देवघाट । राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल प्रदेश न,३ ले आफ्नो ११ औं स्थापना दिवस

सबैका लागि समानता (तस्वीरमा)

–महिला खबर– आज विश्व समाज कार्य दिवस । सामाजिक क्षेत्रका व्यक्तिहरुले विभिन्न कार्यक्रम गरि मनाएका छन्

महिला मात्रै पढ्ने क्याम्पसमा पुरुष प्रमुख

–महिला खबर– पद्मकन्या क्याम्पसका प्राध्यापक, विद्यार्थी तथा कर्मचारीले महिला क्याम्पस प्रमुख हुनुपर्ने माग राखि लगातार

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: