कृष्णहरि घिमिरेले भने – मैले मानसिक हिंसा गरेको छैन


प्रकाशित मिति :2019-01-02 13:39:59

–महिला खबर–

ललितपुर । महिला खबर डट कममा पुस १३ गते प्रकाशित ‘अभियन्ता नै हिंसामा’ शिर्षकको समाचारमा उल्लेख गरिएअनुसार आफू पीडक नभएको कृष्णहरि घिमिरेले दाबी गरेका छन् ।

रेडियो सिन्धुलीगढीका अध्यक्ष समेत रहेका उनले ध्यानाकर्षण पत्र पठाउँदै आफूले मानसिक हिंसा गरेको भन्ने कुरा कपोल्कल्पित भएको दाबी गरेका हुन् । ‘उक्त समाचारमा म कृष्णहरि घिमिरेलाई हिंस्रककोरुपमा चित्रण गरिएको छ’ घिमिरेले अगाडि लेखेका छन्, ‘मैले केही नाम गोप्य राखिएका भनिएका अमुक पात्रलाई हिंसा गरे भन्ने छ, त्यो सरासर कपोलकल्पित र भ्रामक छ ।’

घिमिरेले उक्त समाचारमा आफ्नो भनाइ राख्ने मौका नदिएको भनी आपत्ती पनि जनाएका छन् । आफ्नो भनाइ नराखी समाचार छापेकोले आफ्नो ‘चरित्र हत्या’ भएको आरोप उनको छ ।

आफू रेडियो सिन्धुलीगढीको अध्यक्ष रहेको र आफ्नो संस्थामा हाल ७ जना पत्रकार महिला कार्यरत रहेको उल्लेख गर्दै उनले थप लेखेका छन्, ‘मानसिक हिंसा पाउने भए ती ७ जना पत्रकार महिलाले के भावनाले कार्य गरिरहेका होलान् ?’

    Comment Here!

Related NEWS
मुख्य खबर

‘म घरको काम गर्छु’

–महिला खबर– ललितपुर । अति भो ! आउनुस् महिला तथा बालबालिका माथि हुने हिंसा बिरुद्ध हामी

छाउगोठमा आमा र दुई छोराको ज्यान गएकोबारे अध्ययन गर्न संसदीय समिति

–यशोदा अधिकारी– ललितपुर । बाजुरामा छाउपडी बस्दा ज्यान गुमाएकी अम्बा बोहरा र उनका दुई छोराको मृत्यु

सञ्चारमा महिला सहभागिता बढाउन माग

सञ्चार गृह अहिले पनि पत्रकार महिलालाई, महिलाका विषयबस्तु भन्दा अरु कुरामा रिपोर्टिङ्ग गर्न दिन डराउने

अधिकारकर्मी भूमिका श्रेष्ठको आत्मकथा सार्वजनिक

-महिला खबर- लतिपुर । तेस्रोलिंगीलाई बुझ्ने माध्यमको रुपमा यो किताब कोशेढुंगा हुनेमा बिश्वास ।

बेचिएर कुवेत पुगेकी युनिकाले भनिन्, ‘मम्मी नेपाल फर्किन पाइन भने म मर्छु’ (अडियोसहित)

-उमा पौडेल- ‘मम्मी म त मर्छु होला । ४ जना बच्चा हेर्नुपर्छ । तीनवटालाई काखमा

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: