टेलिकमको प्रबन्ध निर्देशकका लागि एक जना महिलाको मात्रै निवेदन


प्रकाशित मिति :2018-12-31 15:48:54

–महिला खबर–

काठमाडौं । नेपाल टेलिकमको प्रबन्ध निर्देशक बन्न निवेदन दिने ११ जना मध्ये एक जना मात्र महिलाको आवेदन परेको छ । निवेदन दिएका ११ मध्ये ८ जनाले मात्रै टेलिकममा प्रबन्ध निर्देशक बन्न आफ्नो कार्ययोजनासहित प्रस्तुतीकरण राख्न पाउने भएका छन् ।

नेपाल टेलिकममा अहिले म्यानेजर रहेकी संगीता पहाडीले प्रबन्ध निर्देशक बन्न इच्छा देखाउँदै निवेदन दिएकी छन् ।

संगीता पहाडी

टेलिकम भित्रै कार्यरत ७ जना र बाहिरका २ सहित नौ जनाले आज बेलुकी ४ बजे सोमबार अन्तरवार्ता तथा कार्ययोजनासहितको प्रस्तुतीकरण राख्ने छन् । ९ जनामा पहाडी मात्र एक महिला हुन् ।

यी बाहेक प्रबन्ध निर्देशक बन्न सानउल्लाह खान, विमल आचार्य, बुद्धिप्रसाद आचार्य, गोकर्णप्रसाद सिटौला, डिल्लीराम अधिकारी, चन्द्रमोहन झा, प्रदीपराज उपाध्यायले निवेदन दिएका छन् ।

थाइलेण्डबाट सन् २००० मा टेलिकम्युनिकेशनमा स्नोकोत्तर गरेकी संगितासंग २६ वर्ष लामो कार्य अनुभव छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गत मंसिर २९ गते प्रबन्ध निर्देशक नियुक्तिका लागि लागि आवेदन माग गरेको थियो ।

अन्तिम मिति बुधबारसम्म टेलिकमभित्रबाटै सात जना कर्मचारीले आवेदन दिएका छन् ।

साउन २९ गतेको मन्त्रीपरिषदले कामिनी राजभण्डारी बर्खास्त गरेपछि टेलिकममा नेतृत्व अभाव छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका महासचिव तुम्खेवाको हत्केलामा पृथ्वी लिएर उभिएको मान्छे सार्वजनिक

-महिला खबर- ललितपुर । सञ्चारिका समूहकी महासचिव तथा कवि विमला तुम्खेवाको हत्केलामा पृथ्वी लिएर उभिएको मान्छे

वडा अध्यक्षले नै गरे १६ वर्षे बालिकासँग विहे

-महिला खबर- खोटाङको हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष रमेश कुमार राउतले १६ वर्ष

बालिका आश्रममा सौन्दर्यकर्मीको स्थापना दिवस

-महिला खबर- देवघाट । राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल प्रदेश न,३ ले आफ्नो ११ औं स्थापना दिवस

सबैका लागि समानता (तस्वीरमा)

–महिला खबर– आज विश्व समाज कार्य दिवस । सामाजिक क्षेत्रका व्यक्तिहरुले विभिन्न कार्यक्रम गरि मनाएका छन्

महिला मात्रै पढ्ने क्याम्पसमा पुरुष प्रमुख

–महिला खबर– पद्मकन्या क्याम्पसका प्राध्यापक, विद्यार्थी तथा कर्मचारीले महिला क्याम्पस प्रमुख हुनुपर्ने माग राखि लगातार

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: