उदयपुरमा बेटी सम्मेलन हुने


प्रकाशित मिति :2018-12-31 13:41:43

–महिला खबर–

ललितपुर । लैंगिक समानता र समावेशी अधिकारको लागि आउँदो माघमा ‘बेटी सम्मेलन हुने भएको छ ।

उदयपुरको गाइघाटमा माघको १८ गतेदेखि ३ दिनसम्म मुलधार महिला सेवा केन्द्रले बेटी सम्मेलन गर्न लागेको हो । केन्द्रकी अध्यक्ष नजबुल खानका अनुसार देशका सातवटै प्रदेशमा प्रदेश स्तरीय सम्मेलन सम्पन्न गरेर उदयपुरमा राष्ट्रिय सम्मेलन गरिनेछ ।

उनले सम्मेलनको प्रदेश स्तरीय सम्मेलन सुरु भइसकेको पनि जानकारी दिइन् । प्रदेश नम्बर १ मा पुस १३ गते सम्मेलन भएको उनले बताइन् । ‘प्रदेश १ का ९३ जना महिलाहरुको सहभागितामा सम्मेलन भयो ।’ उनले भनिन्, – महिलाका लागि सेनिटरी प्याड निःशुल्क हुनुपर्ने, सातै प्रदेशमा महिला अंकित स्तम्भ बनाउनुपर्ने लगायतका चार बुँदे घोषणापत्र पनि जारी गरिएको छ ।’

उनका अनुसार ‘आसनमा महिला, भाषणमा महिला र शासनमा महिला’ सम्मेलनको मुख्य उद्देश्य रहेको छ । यहि पुसको २४ गते प्रदेश नम्बर २ मा पनि सम्मेलन हुने उनले बताइन् ।

अध्यक्ष खानले जनाए अनुसार सम्मेलनमा १५ देखि ३५ वर्षका महिलाको सहभागिता हुनेछ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

‘म घरको काम गर्छु’

–महिला खबर– ललितपुर । अति भो ! आउनुस् महिला तथा बालबालिका माथि हुने हिंसा बिरुद्ध हामी

छाउगोठमा आमा र दुई छोराको ज्यान गएकोबारे अध्ययन गर्न संसदीय समिति

–यशोदा अधिकारी– ललितपुर । बाजुरामा छाउपडी बस्दा ज्यान गुमाएकी अम्बा बोहरा र उनका दुई छोराको मृत्यु

सञ्चारमा महिला सहभागिता बढाउन माग

सञ्चार गृह अहिले पनि पत्रकार महिलालाई, महिलाका विषयबस्तु भन्दा अरु कुरामा रिपोर्टिङ्ग गर्न दिन डराउने

अधिकारकर्मी भूमिका श्रेष्ठको आत्मकथा सार्वजनिक

-महिला खबर- लतिपुर । तेस्रोलिंगीलाई बुझ्ने माध्यमको रुपमा यो किताब कोशेढुंगा हुनेमा बिश्वास ।

बेचिएर कुवेत पुगेकी युनिकाले भनिन्, ‘मम्मी नेपाल फर्किन पाइन भने म मर्छु’ (अडियोसहित)

-उमा पौडेल- ‘मम्मी म त मर्छु होला । ४ जना बच्चा हेर्नुपर्छ । तीनवटालाई काखमा

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: