महिलाहरुको अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न


प्रकाशित मिति :2018-12-19 14:53:10

–महिला खबर–

ललितपुर । ‘नेपालको समावेशी विकासका लागि महिलाको भूमिका’ विषयक एक दिने अन्तराष्ट्रिय सम्मेलन काठमाडौंमा सम्पन्न भएको छ ।

नेपाल मुश्लिम महिला कल्याण समाजले आयोजना गरेको सम्मेलनमा राष्ट्रिय निर्वाचन आयोगका पूर्व प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले ‘नेपालमा सामुदायिक सुरक्षालाई सुदृढीकरण गर्न महिलाको भूमिका,’ राष्ट्रिय योजना आयोगकी सदस्य डा. उषा झाले ‘सामुदायिक सुरक्षाको सिद्धान्तलाई सुदृढ बनाउन शिक्षाको भूमिका,’ गैसस महासंघकी पूर्व अध्यक्ष शर्मिला कार्कीले समाज विकासमा महिलाको योगदानको प्रवद्र्धन गर्न नागरिक समाजको भूमिका, राष्ट्रिय सूचना आयोगकी सूचना आयुक्त यसोदा तिम्सिनाले ‘नागरिक समाज संस्था तथा सूचनाको हकका लागि महिला सहभागिताको प्रबद्र्धनमा सञ्चारको भूमिका’ विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

यस्तै सम्मेलनमा अधिवक्ता इन्दु तुलाधरले दिगो समाज निर्माणमा सहभागिताको महत्व अभिबृद्धि, नरेन्द्र पाण्डेले बहुधार्मिक समाजमा सम्बाद र सहकार्य, केशव प्रसाद चौलागाईंले शान्तिपूर्ण संस्कृतिको विकास, डा. डम्बर चेम्जोङले सहिष्णुता र सहकार्य प्रवद्र्धन गर्न राज्यको पहलमा अभिबृद्धि, अधिवक्ता वसन्त अधिकारीले राष्ट्रि«य सहमति कायम गर्न संवैधानिक संशोधनको प्रभाव, शान्ता लक्ष्मी शाक्यले दिगो विकासमा नेपाली महिलाको भूमिका, दुर्गा सोव र नाहिडा बानुले नेपालको विकासमा महिलाको योगदान अभिबृद्धि गर्ने माध्यम विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

सम्मेलनमा उपप्रधान मन्त्री नन्दबहादुर पुन, वल्र्ड मुश्लिम कम्युनिटी काउन्सिलका अध्यक्ष डा.अलि अल नियोमी, वल्र्ड मुश्लिम कम्युनिटी काउन्सिलका महासचिव डा. महमद बसिर, नेपाल मुश्लिम महिला कल्याण समाजका अध्यक्ष सीमा खान, अधिकारकर्मी लक्ष्मी न्यौपाने लगायतले बोलेका थिए ।

सम्मेलनले महिलाको संख्यात्मक तथा गुणात्मक सहभागिता अभिबृद्धिका लागि क्षमता विकास गरी ठोस पहल गनुपर्ने, संविधान, ऐन कानुन तथा नियमहरुमा भएका महत्वपूर्ण प्रावधानहरुलाई प्रभावकारी रुपमा कार्यान्वन गर्नुपर्ने, युवा जमातलाई राज्यका हरेक गतिविधिहरुमा सहभागी गराउनु पर्ने र यसरी युवाको जमातलाई सक्रिय गराउन सकेको खण्डमा समाजका नकारात्मक भाव तथा सामाजिक विचलनमा कमी आउन सक्ने कुरामा जोड दिएको छ ।

बहुधार्मिक, बहुसांस्कृतिक समाजमा संवाद र सहकार्यद्वारा सामाजिक सद्भाव तथा सहिष्णुताका कायम गरी शान्तिपूर्ण संस्कृतिको विकास गर्नुपर्ने, समावेशी नागरिक शिक्षाको परिचालन गर्नुपर्ने, सूचनाको हकको पर्याप्त उपयोग गर्न व्यक्ति तथा समाज त्यसमा पनि महिला सशक्त हुनुपर्ने, दिगो विकासका लक्ष्यहरु प्राप्तीका लागि महिलाको भूमिका महत्वपूर्ण हुने भएकोले महिलाको बढिभन्दा बढि सहभागिता अभिबृद्धि गर्नुपर्ने, विकासमा महिलाको योगदान अभिबृद्धि गर्न महिलाको योगदानको लेखाजोखा गरी अभिलेखीकरण गर्नुपर्ने, संघीय शासन प्रणालीमा स्रोतको न्यायोचित बाँडफाँड हुनुपर्ने, विभिन्न धार्मिक ग्रन्थहरुका सकारात्मक पक्षहरुलाई सबैले मनन गरी आत्मसात् गर्नुपर्नेमा पनि सम्मेलनले जोड दिएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

गर्भपतन र सुत्केरीको ज्यान जोखिममा

ऐनको प्रस्तावनामा नै सुरक्षित, गुणस्तरी, सर्वसुलभ तथा पहुँचयोग्य बनाउने व्यवस्था गरेको छ तर त्यसका बारेका

‘र…डी’का भोटहरू

हालेका भोटहरू तुरुन्तै फिर्ता गरेर आफ्नो ज्यान जोगाउनुस् मेयर सा’ब ।

हावाहुरी प्रभावित हिमसरालाई सहयोग

–महिला खबर– ललितपुर । उनलाई खान र बस्नका लागि गोदावरी चेम्बर अफ कर्मशले सहयोग गरेको

बालिकाको सामूहिक बलात्कार गर्ने पक्राउ

धनगढी उप–महानगरपालिका वडा नम्वर १५ का झगडु चौधरी, विजय चौधरी र वडा नम्वर ७ का

७ सय ४४ लिटर घरेलु मदिरा नष्ट

कैलालीको धनगढी उपमहानगरपालिकाका विभिन्न वडाबाट अवैध घरेलु मदिरा बरामद गरी प्रहरीले नष्ट गरेको हो ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: