कार्यक्रमले मात्रै रोकिन्न हिंसा


प्रकाशित मिति :2018-12-18 16:34:16

तथ्यांकमा भन्दा पनि कतिपय घटनाहरू अझैं गाउँ टोलमै मिल्ने गरेका छन् । प्रहरी समक्ष आएका घटना समेत मिलाउन अगुवाहरू लागि पर्दा पीडकहरूले हौसला पाउँछन् ।

उदयपुर । गएको २५ कार्तिकमा उदयपुरमा १३ वर्षीया वालिका एल्जिना खड्काको सामूहिक बलात्कार पछी हत्या भयो । जिल्लाको रौतामाई गाउँपालिका–३ लाफा गाउँस्थित जनता माध्यामिक विद्यालय रसुवामा कक्षा ९ मा अध्ययनरत एञ्जिनाको सहपाठीबाटै बलात्कार पछी हत्या भएको प्रहरी अनुसन्धानबाट खुल्यो ।

सहपाठी १५ वर्षीय किशोर दिपे भन्ने दिपेन्द्र राई र १७ वर्षीय रुजन भन्ने पदमवीर राईले सामूहिक बलात्कार गरी हत्या गरेको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । घटनापश्चात जिल्ला प्रहरी कार्यालय उदयपुरले आवश्यक कार्वाहीका लागि प्रकृया अघि बढायो ।

बाख्रा चराउन गएर नफर्केकी रौतामाई गाउँपालिका– ३ लाफागाउँ अमला भञ्याङ्गकी एल्जिना खड्काको शव अर्धनग्न अवस्थामा फेला परेको थियो । उनको बलात्कारपछि हत्या भएको आफन्तको दाबी अनुसार घटनामा संलग्न भएको आशंकामा सोधपुछका लागि प्रहरीले ६ किशोरलाई पक्राउ गरेका मध्ये २ जनाले आरोप स्वीकारेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

ऋषि राई

उदयपुरको कटारी नगरपालिका ५ कि २१ वर्षीया सिता बस्नेत कार्कीको २०७२ मंसिर २१ गते कुशल कार्कीसँग विवाह भयोे । कार्की दम्पत्तिका साथमा नावालक एक छोरा पनि छन् । तर सिताले घर परिरवारमा खान लाउन, विवाह दर्ता गराउन र नावालक छोराको जन्म दर्ता बनाउन पनि पटक–पटक नगरपालिकाको न्यायिक समितिमा धाउनु परिरहेको छ ।

नगरपालिकाले दोस्रो पटक खान लाउनका लागि मासिक ५ हजार उपलब्ध गराउन दिएको आदेश कार्यान्वयनको पैmसला गरेको छ । श्रीमानले वेवास्ता गरेपछि उनले न्यायका लागि ढोका ढक्ढकाउनु परेको हो ।

न्यायिक समितिका संयोजक तथा नगरपालिकाकी उपमेयर भिमकुमारी राउतले आफ्नै पहलमा ५ हजार उपलब्ध नगराए फर्केर नगरमा आउन ढाडस दिएकी छिन् ।

उदयपुरकै कटारी नगरपालिका ३ कि नुरा आलमका २५ वर्षीय श्रीमती पाकिजा खातुन पनि घरेलु हिंसाको निवेदन दिन कटारी नगरपालिकाको न्यायिक समितिमा पुगिन् । ससुरा अख्तर खातुनले घरमा वस्नै नदिने, खान बस्न नदिने गरेपछि माईती सिराहा बलकवामा गएर पनि बसिन् । ३ छोरीको आमा पाकिजाले माईतीमा पनि एकवर्ष भन्दा बढी बस्न सकिनन् । त्यसपछि फेरि कटारी नै फर्किइन् ।

२०६० सालमा विवाह भएका खातुनलाई घरमा गाली गलौज गर्नुका साथै अनेकन घरेलु हिंसा पनि भोग्नु प¥यो । ३ वटा छोरी जन्माएकै कारण ससुराले हिंसा गर्ने साथै श्रीमान आलमले पनि वेवास्ता गर्ने गरेको उनले बताईन् । श्रीमानले सिराहा लगेर तलाक दिने तयारी गरेपछि उनी कटारीकै नगरपालिकाको न्यायिक समितिमा आईपुगेकी हुन् । नगरपालिकाको न्यायिक समितिले अहिले उनलाई संरक्षणात्मक आदेश दिएको छ ।

जिल्लाको कटारी नगरपालिकामा मात्रै न्यायिक समिति गठनपछी हालसम्म २४ वटा महिला हिंसाका उजुरी आएको पनि संयोजक राउतले बताईन् । माथिका प्रतिनिधि घटनाहरूले उदयपुरमा अभैm पनि महिला भएकै कारण हुने हिंसा बढिरहेको देखाउँछ ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को अभिलेख अनुसार गएको १० महिनामा ३९ वटा बलात्कारका घटना घटेका छन् ।

इन्सेकले प्रकाशन गर्ने ‘वर्ष पुस्तक’ को पूर्व समीक्षा कार्यक्रममा सार्वजनिक तथ्यांक अनुसार १० महिनामा घटेका ३९ घटनामध्ये २६ वटा बलात्कार र १३ वटा बलात्कार प्रयासका घटना भएका छन् । बलात्कार र बलात्कार प्रयासबाट जिल्लाका विभिन्न स्थानीय तहका २१ जना बालिका र १८ महिला पीडित हुन पुगेको तथ्यांक छ ।

सन् २०१८ जनवरीदेखि अक्टोवर अन्तिमसम्मको अवधिमा जिल्लामा ७० वटा मानव अधिकार उल्ल्ङघनका घटना घटेको विवरण देखाउँदै ईन्सेक प्रतिनिधि भरत खड्काले सबै घटना गैरराज्य पंक्षबाट भएको तथ्यांकले देखाएको बताए । बलात्कार घटनामा १२ बालिका पीडित भएको, ८ बालिकामाथि बलात्कार प्रयास, १ बालिका अपहरण गरी बलात्कार, १३ महिला बलात्कार, ५ महिलामाथि बलात्कार प्रयास देखाइएको छ । बलात्कारमा पर्ने पीडितमध्ये १ जना सुस्त मनस्थितिकी बालिका समेत छिन् ।

त्यस्तै १५ घरेलु हिंसा, ५ बहुबिवाह पनि १० महिनाभित्रको अवधिमा समेटिएका ज्यादतीका घटना छन् । सोही अवधिमा २ जनाको हत्या भएको देखिन्छ भने बम विस्फोटबाट १ बालक घाइते भएका छन् । त्यसैगरी २ जना कर्मचारीमाथि दुव्र्यवहार भएको, १ जना जनप्रतिनिधिमाथि दुव्र्यवहार, २ बालविवाह, १ जनामाथि खुकुरी प्रहार, १ जनालाई अभक्ष (दिसा) खुवाएको र एउटा बैवाहिक बलात्कारका घटना पनि जिल्ला प्रहरीमा दर्ज भएको तथ्यांकले देखाएको छ ।

समग्र घटनाबाट ७३ जना पीडित भएको र ८० प्रतिशत महिला पीडित भएको इन्सेकको अभिलेखमा उल्लेख छ । जसमध्ये ७० घटनाको उजुरी परी अदालतबाट ३४ वटाको फैसला गरी कारबाही र मेलमिलापकर्तामार्फत मिलापत्र गरिएको पाइएको छ । सबै घटनामा संलग्नमध्ये ३ आरोपित फरार रहेको तथ्यांकले देखाएको छ । ७ वर्षीया बालिका आफ्नै हजुरबुुवाबाट बलात्कारको शिकार भएको दर्दनाक दृश्य पनि तथ्यांकले देखाएको छ ।

अपाङ्गता भएका महिला र बालबालिका जो अरुको सहारामा जिउन बाध्य हुन्छन् र प्रतिकार गर्ने क्षमता राख्दैनन् त्यस्तासमेत बलात्कारको शिकार भएको पाइनुले समाज दिशाविहीनतातर्फ उन्मुख भएको पाईएको छ । ५ वर्षीया बालिका १० वर्षे बालकबाट, ७ वर्षीया बालिका १० वर्षीय बालकबाट बलात्कृत भएको समेत पाईएको छ ।

हिंसा विरुद्धको अभियान पहिचान गराउनमै सिमित

जिल्लामा दर्जनबढी सरोकारवालाका संघ संस्थाहरू महिला हिंसा न्युनीकरणका लागि सक्रिय काम गरिरहेका छन् । महिला हिंसा न्युनीकरणका लागि दिनैपिच्छे गतिविधि भईरहे पनि हिंसाका घटनामा भने कमी आएको छैन । पछिल्लो समय उदयपुरमा बलात्कारका घटना अत्यासलाग्दो तरिकाले वृद्धि भएको छ । गएको १० महिनामा मासिक ४ वटाका दरले बलात्कारका घटना भएको तथ्यांक सार्वजनिक भएको छ ।

तथ्यांकमा भन्दा पनि कतिपय घटनाहरू अझैं गाउँ टोलमै मिल्ने गरेको पत्रकार अभि लामिछानेको विश्लेषण छ । गाउँमा रहेका अगुवाहरूले हिंसाका घटनाहरू मिलाउने गरेको समेत जिल्लामा पाईएको पत्रकार लामिछाने बताउँछन्, ‘प्रहरी समक्ष आएका घटनाहरू समेत मिलाउन अगुवाहरू लागि पर्दा पीडकहरूले हौसला पाउँछन् ।’

‘नयाँ नयाँ हिंसा बढेका छन् । ईन्टरनेटको प्रयोगले संचालन हुने सामाजिक सञ्जालले निम्त्याउने हिंसाका विषयमा त झन गम्भीर हुनुपर्ने देखिएको छ ।’ 

यस वर्ष लैगिंक हिंसा विरुद्धको १६ दिने अभियानमा समेत जिल्लामा हिंसा विरुद्धका कार्यक्रम सबै स्थानीय तहमा सम्पन्न भएका थिए । कार्यक्रम तीव्र रुपमा भए पनि प्रभावकारी कार्यान्वयन नहुँदा समाजमा हिंसा नघटेको पनि विश्लेषण गरिन्छ । चेतनामूलक कार्यक्रमहरू भत्तामुखी र पहुँचवालाको पकडमा भईरहने कारणले पनि समाजमा हिंसा नघटेको लामिछानेको धारणा छ ।

महिला पुनस्र्थापना केन्द्र (ओरेक )उदयपुरका कार्यक्रम संयोजक लक्ष्मी अर्यालले महिला हिंसा विरुद्धका अभियानहरूले हिंसा के हो भन्ने पहिचान मात्रै गराउन सफल भएको बताईन्, ‘यो कुराचाहिँ हिंसाको प्रकार रहेछ भन्नेसम्म जानकारी गराउन सफल भएका छौं, हिंसा न्युनीकरणचाहिँ हुन सकेको छैन् ।’ जिल्लामा अहिले पनि महिलामाथि घरेलु हिंसा, मानसिक हिंसा र शारीरिक हिंसा भइरहेको छ ।

संघ संस्थाका अलावा जिल्लाका ४ नगरपालिका र ४ गाउँपालिकाका स्थानीय तहका वडा कार्यालयसम्मले महिला हिंसा विरुद्धका कार्यक्रमहरू गरिरहेका छन् । जिल्लाको ताप्ली गाउँपालिकाका अध्यक्ष उद्धवसिंह थापाले आफ्नो गाउँपालिकामा अझैं पनि न्यायिक समितिले सक्रिय काम गर्न नसकेको बताए । समितिले धेरैजसो महिला हिंसाका घटनाहरूमाथि निगरानी राख्ने भए पनि क्रियाशील हुन नसकेको बताए ।

जिल्लामा रहेका सबै स्थानीय निकायले संघसंस्थाहरूको सहकार्यमा महिला हिंसा विरुद्धका कार्यक्रमहरूलाई प्राथमिकतामा राख्ने गरेको छ । धेरै कार्यक्रमहरू भईरहे पनि किन हिंसा नघटेको होला भन्ने प्रश्नमा जिल्ला अदालत उदयपुरका न्यायाधीश तेजेन्द्र प्रसाद सापकोटा भन्छन्, ‘हिंसाका प्रकारहरू पनि थपिएका छन् अभियानलाई प्रभावकारी बनाउनु पर्छ ।’

उनले अहिले समाजमा हिंसाका प्रकार पनि वढिरहेकाले न्युनीकरणका लागि पनि चुनौती बढिरहेको बताए । ‘नयाँ नयाँ हिंसा बढेका छन् । ईन्टरनेटको प्रयोगले संचालन हुने सामाजिक सञ्जालले निम्त्याउने हिंसाका विषयमा त झन गम्भीर हुनुपर्ने देखिएको छ ।’ अदालतसम्म कतिपय घटनाहरू आईनपुग्ने बताउँदै आएका घटनाहरूमा महिलाले न्याय पाउनेगरी कानूनले तोकेबमोजिम नै सजाय हुने गरेको बताए ।

एकल महिलाका हिंसामा भने कमी

श्रीमान बितेपछि एकल महिलामाथि हुने हिंसामा भने आशालाग्लो कमी आएको छ । श्रीमानको मृत्युको जिम्मेवारी महिलालाई नै ठान्ने प्रवृद्धिमा पनि कमी आएको छ । एकल महिला संञ्जाल नगर समिति कटारीका अध्यक्ष विरु कायस्थ भन्छिन्, ‘पहिला भन्दा एकल महिलालाई गर्ने हिंसा घटेको छ ।’ ४७ वर्षीय कायस्थले विगतमा आफ्नै परिवारका सदस्यबाट हिंसा व्यहोर्ने परेको बताईन् ।

बाटोमा कसैले देख्यो भने पनि साईत विग्रिन्छ भन्ने थुक्ने समाज अहिले भने उदार हुँदै गएको उनले बताईन् । शुभ कार्यमा पनि एकल महिलालाई सहभागिता नगराईने क्रम हटेको उनले बताईन् । ‘पहिले पहिले एकल महिलाले टीका समेत लगाउन मिल्दैन थियो ।’ यो क्रमलाई जनचेतनाले अन्त्य गर्दै लगेको बताउँदै कायस्थलले आफ्नै छोराको विवाहमा जोडी नहुनेले टीका लगाउन नमिल्ने संस्कार बदल्दै एक्लैले टीका लगाईदिएको बताईन् ।

कटारी १ का ३५ वर्षीय एकल महिला रिना विश्वकर्माले पनि एकल महिला भएकै कारण हुने हिंसामा कमी आएको बताईन् । समाजले श्रीमान नभएको मौका पारेर गर्ने हिंसामा अहिले कमी आएको उनले बताईन् । एकल महिला संञ्जाललेजिल्लामा गरेका विभिन्न गतिविधिहरूका कारण कमी आएको उनको भनाइ छ ।

एकल महिला सञ्जाल उदयपुरका अध्यक्ष शोभा दाहालका अनुसार जिल्लामा ६ हजार एकल महिला रहेका छन् । पछिल्लो समय एकल महिलाहरूलाई समाजले हेर्ने दृष्टिकोणमा सुधार आउँदै गएको उनको भनाइ रहेको छ । ‘पहिले पहिले श्रीमान खाईस भन्दै घरबाटै हेला गर्थे, अहिले चेतनाको वृद्धि सँगै भन्न छाडेका छन् ।’ उनले भनिन् ।

जिल्लामा रहेका स्थानीय निकायहरूले एकल महिलाहरूका लागि विभिन्न सिपमूलक, जनचेतनामूलक कार्यक्रममा सहयोग पुराईरहेको बताउँदै एकल महिलालाई गर्ने हिंसा कम हुँदै गएको उनले बताईन् । श्रीमान बित्नुमा श्रीमतीको जिम्मेवारी नहुने कुरालाई मुख्य चेतना विस्तार गर्दै गएपछि एकल महिलामाथि हुने हिंसा घटेको एकल महिलाहरूको भनाइ छ ।

(पत्रकार राई उदयपुरबाट पत्रकारिता गर्नुहुन्छ ।)

    Comment Here!

Related NEWS
मुख्य खबर

‘बैठकमा कुरा सुन्यो, घर गयो’

-कल्पना भट्टराई- नगर र वडाबाट दलित लक्षित योजनाका प्रस्ताव अघि सार्दा ‘जनप्रतिनिधिले दलितको मात्रै काम गरेर

यौन शोषणको भिडियो नै दिएपछि भारतका पूर्व मन्त्री पक्राउ

यसअघि स्वामी चिन्मयानन्ले उनीविरुद्ध षड्यन्त्र भइरहेको बताएका थिए ।

बलात्कार कसुरमा साढे सात वर्ष कैद सजाय

मानसिकरूपमा कमजोर २७ वर्षीया युवतीमाथि बलात्कार गर्ने ७० वर्षीय हङ्कुर योगी भन्ने भक्तबहादुर योगी (जोगी)

हेर्नुस् दुई पुरुषबाट महिलाको यो हालत

–महिला खबर– श्रीमान बिरेन्द्र ऐर र ससुरा हुकुम ऐरले बारीमा लगाएको मकै किन खाएको भन्दै कुटपिट

बलात्कार कसुरमा १० वर्ष जेल

-महिला खबर- स्याङ्जा । १९ वर्षीया किशोरीलाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत स्याङ्जाले एक जनालाई १०

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: