मलाई फाँसी मन्जुर छ !


प्रकाशित मिति :2018-12-16 14:27:12

आत्म अपराध अनुसंधान महाशाखाको
कठघरामा उभिएर
सत्यको इजलाश सामू
मैले केही स्केचहरू बनाइरहें..!

पहिलो स्केच बनाएँ..
पाँच-छ फिटको कफन
पाँच-छ वर्षको शासन
पाँच-छ जनाको परिवार
पाँच-छ अरबको भ्रष्टाचार !

हेमन्त गिरी

स्केच तयार भयो-हुवहु मेरा बाको जस्तै !
जजसाब,
मेरा बा रैछन यो देशका गद्धार !

अर्को स्केच बनाएँ..
पाँच-छ ग्राम सिंन्दुर
पाँच-छ तोला सुन
पाँच छ-घन्टाको पहिलो रात
पाँच-छ बित्ताको रातो लाश !

स्केच तयार भयो-हुवहु मेरी आमाको जस्तै !
जजसाब,
संसारका सबै आमाहरू मुर्दा बनाइएका रहेछन !

तेश्रो स्केच बनाएँ..
पाँच-छ हातको साँध
पाँच-छ आनाको माटो
पाँच-सात रुपैयाँको हिसाब
पाँच-छ एम-एम को चित्त !

स्केच तयार भयो-हुवहु मेरो दाईको जस्तै !
जजसाब,
दुश्मन त संसारमा दाजु-भाई नै रहेछन !

चौंथो स्केच बनाएँ..
पाँच-छ दिनको परिचय
पाँच तारे होटल
पाँच-सात हजार नगद
पाँच-सात जन्मलाई भनिएको सम्बन्ध सखाप !

स्केच तयार भयो-हुवहु मेरी प्रेमिकाको जस्तै !
जजसाब,
प्रेम त मात्र भ्रम रहेछ !


एउटा अन्तिम स्केच बनाएँ..
पाँच-छ फिटको शरीर
पाँच-छ इंचको लिंग
पाँच-छ मिनेटको उत्तेजना
अनि
पाँच-छ सेकेन्डको स्खलन !

स्केच तयार भयो-हुवहु म जस्तै !
जजसाब,
मै रैछु बलात्कारी !

…मलाई फाँसी मन्जुर छ !

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका महासचिव तुम्खेवाको हत्केलामा पृथ्वी लिएर उभिएको मान्छे सार्वजनिक

-महिला खबर- ललितपुर । सञ्चारिका समूहकी महासचिव तथा कवि विमला तुम्खेवाको हत्केलामा पृथ्वी लिएर उभिएको मान्छे

वडा अध्यक्षले नै गरे १६ वर्षे बालिकासँग विहे

-महिला खबर- खोटाङको हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष रमेश कुमार राउतले १६ वर्ष

बालिका आश्रममा सौन्दर्यकर्मीको स्थापना दिवस

-महिला खबर- देवघाट । राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल प्रदेश न,३ ले आफ्नो ११ औं स्थापना दिवस

सबैका लागि समानता (तस्वीरमा)

–महिला खबर– आज विश्व समाज कार्य दिवस । सामाजिक क्षेत्रका व्यक्तिहरुले विभिन्न कार्यक्रम गरि मनाएका छन्

महिला मात्रै पढ्ने क्याम्पसमा पुरुष प्रमुख

–महिला खबर– पद्मकन्या क्याम्पसका प्राध्यापक, विद्यार्थी तथा कर्मचारीले महिला क्याम्पस प्रमुख हुनुपर्ने माग राखि लगातार

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: