प्रथाजन्य हिंसामा महिला


प्रकाशित मिति :2018-12-14 16:23:58

–महिला खबर–

ललितपुर । महिला सबैभन्दा बढी प्रथाजन्य हिंसामा पर्ने विभिन्न समुदायका महिलाहरुले बताएका छन् । महिला माथिको हिंसा, यसका कारण र निराकरणका उपायका बारेमा सम्झाैता नेपालले गरेको छलफलमा मुस्लिम, दलित, मधेशी, आदिवासी जनजाती लगायतका क्षेत्रका महिलाहरुले प्रथाजन्य हिंसाको शिकार महिला भएको बताएका हुन् ।

सामान्यतया मुस्लिम महिलालाई धर्मले पछि पारेको ठानिन्छ । अधिकारकर्मी सीमा खानले भनिन्, ‘मुस्लिम महिलालाई धर्मले होइन प्रथा र परम्पराले पछि पारेको हो ।’

उनका अनुसार मुस्लिम धर्मले समान शिक्षाको कुरा गर्छ । तर, कम लेखपढ गर्ने मुस्लिम महिला छन् । ‘ यो अवस्था धर्मले होइन परम्पराले ल्याएको हो ।’ उनले भनिन् ।

सप्तरी जिल्लाबाट प्रतिनिधि सभा सांसद सरिता गिरी यादवले जतिसुकै कानून तथा समानताका लागि नियम बनाएपनि मानसिकता परिवर्तन नभएसम्म केही नहुने बताइन् ।

‘प्रदेश २ का महिलाको अवस्था नेपालमै सबैभन्दा कमजोर छ’ उनले भनिन्, ‘महिलामाथि गरिने व्यवहार नफेरिएसम्म कानून बनेर पनि केही हुँदैन ।’

त्यसैगरी दलित महिलाका अधिकारका लागि क्रियाशिल कमला हेम्चुरीले दलित महिलामाथि संरचनागत विभेद रहेको भन्दै यस्ता विभेद हटाउन हिंसाका स्रोतहरुको पुर्नव्याख्या गर्नुपर्ने बताईन् ।

कार्यक्रममा महिलामाथि विद्यमान हिंसाका स्वरुप र यसको निकरणका लागि भएका कानूनी व्यवस्थाका बारेमा पनि छलफल भएको थियो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

गर्भपतन र सुत्केरीको ज्यान जोखिममा

ऐनको प्रस्तावनामा नै सुरक्षित, गुणस्तरी, सर्वसुलभ तथा पहुँचयोग्य बनाउने व्यवस्था गरेको छ तर त्यसका बारेका

‘र…डी’का भोटहरू

हालेका भोटहरू तुरुन्तै फिर्ता गरेर आफ्नो ज्यान जोगाउनुस् मेयर सा’ब ।

हावाहुरी प्रभावित हिमसरालाई सहयोग

–महिला खबर– ललितपुर । उनलाई खान र बस्नका लागि गोदावरी चेम्बर अफ कर्मशले सहयोग गरेको

बालिकाको सामूहिक बलात्कार गर्ने पक्राउ

धनगढी उप–महानगरपालिका वडा नम्वर १५ का झगडु चौधरी, विजय चौधरी र वडा नम्वर ७ का

७ सय ४४ लिटर घरेलु मदिरा नष्ट

कैलालीको धनगढी उपमहानगरपालिकाका विभिन्न वडाबाट अवैध घरेलु मदिरा बरामद गरी प्रहरीले नष्ट गरेको हो ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: