अपाङ्ग बालबालिकाको पठनपाठनमा समस्या


प्रकाशित मिति :2018-12-14 12:46:28

२०५९ सालदेखि भुवनेश्वरी माध्यमिक विद्यालयले बहिरा अपाङ्गता भएका बालबालिकालाई अध्ययन गर्न शुरु ग¥यो । १० जना विद्यार्थीबाट शुरु भएको कक्षामा अहिले ३१ जना बहिरा अपाङ्गता विद्यार्थी अध्ययन गर्छन् । प्रत्येक वर्ष विद्यार्थीको चाप बढ्दै गएपनि सोही अनुसारको व्यवस्थापन हुन नसक्दा समस्या हुन थालेको छ ।

प्यूठान नगरपालिका–१ खैरामा रहेको यस आवासीय स्रोत कक्षामा विद्यार्थी संख्या बढ्दै गएपछि व्यवस्थापनमा समस्या हुन थालेको विद्यालयले जनाएको छ । शुरुमा १० जना विद्यार्थीबाट कक्षा सञ्चालन गरिएको थियो, विगत सम्झिदै स्रोत शिक्षक धनेश्वर पोख्रेल भन्नुहुन्छ, वर्षेनी विद्यार्थी संख्या थपिदै गएको छ । प्यूठान जिल्लाबाट मात्र नभएर रोल्पा, दाङ, अर्घाखाँची, गुल्मीबाट समेत विद्यार्थी लिएर अभिभावक आउने गरेको उहाँले सुनाउनुभयो ।

स्रोत कक्षाबाट हालसम्म ८० जना विद्यार्थी पढेर बाहिरिएका छन् । यहाँबाट पढेर थप अध्ययनका लागि काठमाण्डौ, भैरहवा पुगेका छन्, उहाँले भन्नुभयो, दुई जनाले एसएलसी उत्र्तिण गरे । बाहिर गएर १२ कक्षा पास गरेर आएका विद्यार्थीले अहिले यसै विद्यालयमा अध्यापन गराइरहेका छन् ।

साङ्केतिक भाषामा अध्यापन गराउनुपर्ने भएकाले जनशक्ति अभाव भएको विद्यालयले जनाएको छ । अहिले दुई जना शिक्षकले मात्र पढाइरहेका छौं, पोख्रेलले भन्नुभयो, माध्यमिक तहका लागि शिक्षक आवश्यक छ । विद्यालयका अन्य शिक्षकलाई पनि साङ्केतिक भाषाको तालिम दिन सके विद्यार्थीहरुको सिकाई उपलब्धीमा टेवा पुग्ने उहाँको भनाई छ ।

सुस्त श्रवण स्रोत कक्षामा अध्ययनरत बालबालिकालाई पत्रकार महासंघ प्यूठानले स्थापना दिवसको अवसरमा असोज २० गते वितरण गरेको शैक्षिक सामाग्री सहित विद्यार्थी । तस्विर; सुजल श्रेष्ठ

आवासिय स्रोत कक्षामा भवन अभाव हुँदा विद्यार्थीले सास्ती भोग्नुपरेको छ । आवास भवन, अपाङ्गमैत्री सौचालय, शिक्षक, सहयोगी कार्यकर्ताको व्यवस्था गर्न विद्यालयले जिल्लाका सवै स्थानीय तहसँग माग गरेको छ । विद्यार्थीले प्रति विद्यार्थी चार हजार रुपिँया मासिक खर्च पाउँदै आएका छन् । उनीहरुले पाउने रकम खाना, आवास, शैक्षिक सामाग्री, उपचार खर्च, घर आतेजाते लगायत शिर्षकमा खर्च हुने भएकाले अपुग हुने गरेको विद्यार्थीले बताएका छन् ।

जनशक्ति अभाव

प्यूठान नगरपालिका–८ स्थित जनता माध्यमिक विद्यालयले बौद्धिक अपाङ्गता भएका विद्यार्थीलाई अध्ययन गराउदै आएको छ । २०६१ सालदेखि सुस्त मनस्थिती स्रोत कक्षा सञ्चालन भएको विद्यालयका स्रोत शिक्षक माधव पौडेलले बताउनुभयो ।

स्रोत कक्षा सञ्चालन गरिएपनि अध्यापन गराउने जनशक्ति नहुँदा समस्या भएको विद्यालयले जनाएको छ । मैले तालिम लिएको छैन, पौडेलले भन्नुभयो, विद्यालयले दिएको जिम्मेवारी अनुसार काम गरिरहेको छु । तालिमप्राप्त व्यक्तिले पढाएमा विद्यार्थीहरुलाई सहज हुने थियो, उहाँको भन्नुभयो ।

स्रोत कक्षामा ११ जना भर्ना भएकोमा ८ जना नियमित पढ्ने गरेका छन् । केहि विद्यार्थी उपचारका लागि गएकाले नियमित रुपमा ८ जनाले मात्र अध्ययन गर्दै आएको उहाँले जानकारी दिनुभयो । सुस्त मनस्थिती भएका विद्यार्थीले राम्रोसँग पढ्न लेख्न नसक्ने भएकाले उनीहरुलाई व्यवहारिक ज्ञान सिकाउने गरिएको छ ।

‘सरसफाइ लगायत व्यवहारिक कुरा सिकाउने गरेका छौं’, उहाँले भन्नुभयो, अहिलेसम्म ८ कक्षासम्म मात्र पुगेका छन् ।’ सरकारले दिने प्रति विद्यार्थी रकमले विद्यार्थीलाई आवासीय रुपमा राखेको उहाँले बताउनुभयो । स्थानीय तहबाट थप सहयोग भएमा राम्रोसँग स्रोत कक्षा सञ्चालन गर्न सकिने उहाँको भनाई छ ।

शैक्षिक सामाग्री अभाव

महेन्द्र माध्यमिक विद्यालय अन्र्तगत सञ्चालित दृष्टिविहिन स्रोत कक्षामा दृष्टिविहिन विद्यार्थीले शैक्षिक सामाग्रीको अभावमा अध्ययन अगाडी बढाइरहेका छन् । ०६१ सालदेखि शुरु भएको स्रोत कक्षामा अहिलेसम्म दुई जना विद्यार्थीले एसएलसी उत्र्तिण गरेका छन् ।

चालु शैक्षिक शत्रमा ९ जना विद्यार्थी रहेको स्रोत शिक्षक बसन्तलाल शाक्यले बताउनुभयो । एक जना विद्यार्थीले १२ कक्षा समेत पास गरिसक्यो, उहाँले भन्नुभयो, तर १० कक्षा भन्दा माथीको पाठ्यक्रम छैन । अडियो फाइल सुनेर अध्ययन गर्नुपर्दा उनीहरुलाई समस्या हुने गरेको शाक्यले बताउनुभयो ।

माध्यमिक तहका विद्यार्थीलाई ‘ब्रेल पेपर’ पर्याप्त नहुँदा समस्या हुने गरेको बताउनुभयो । ब्रेल पेपर महंगो पर्छ, उहाँले भन्नुभयो, विभिन्न व्यक्तिको सहयोगबाट जुटाउँदै आएका छौं । विद्यार्थीका लागि आउने रकमले सवै खर्च पु¥याउनुपर्ने अवस्था रहेको बताउनुभयो । वर्षमा १० महिनाको मात्र रकम विद्यार्थीले पाउने हुँदा दुई महिना समेत सोही रकमबाट चलाउन बाध्यभएको स्रोत शिक्षक शाक्यले बताउनुभयो । स्थानीय तहबाट थप सहयोग भएमा विद्यार्थीलाई सहज हुने उहाँको भनाई छ ।

भाडामा आवास गृह

महेन्द्र माध्यमिक विद्यालय खलंगामा अध्ययन गर्ने ७ जना शारिरीक अपाङ्गता भएका विद्यार्थीलाई घर भाडामा लिएर अध्ययापन गराइएको छ । सहजै हिडडुल गर्न नसक्ने बालबालिका शारिरीक अपाङ्गता आवास गृहमा बसेर अध्ययन गर्दै आएका छन् ।

राष्ट्रिय अपाङ्ग सेवा संघ प्यूठानले सञ्चालन गरेको आवास गृहमा बस्ने बालबालिकालाई खान बस्न उनीहरुले पाउने रकमले पुगेको छ । तर कोठा भाडा, विजुली, पानी, स्याहारकर्ताका लागि खर्च नपुग्ने संघका अध्यक्ष जुमानसिंह केसीले बताउनुभयो ।

हिडडुल गर्न नसक्ने र भौगोलिक रुपले विद्यालय टाढा भएका ठाउँका बालबालिका सदरमुकाममा रहेको आवास गृहमा बसेर पढ्ने गरेका छन् । उनीहरुको पारिवारीक समस्या छ, केसीले भन्नुभयो, विद्यालय छाड्नुपर्ने अवस्थाबाट जोगिएका छन् ।

आवास गृह सञ्चालन गर्न तत्कालिन जिल्ला विकास समितिले रकम सहयोग गर्ने गरेको भएपनि अहिले स्थानीय तहबाट सहयोग प्राप्त हुन नसकेको संघले जनाएको छ । मल्लरानी गाउँपालिकाले गतवर्ष ५० हजार सहयोग गरेपनि नियमित सहयोग नभएको अध्यक्ष केसीले बताउनुभयो ।

जिल्लाका स्थानीय तहले अपाङ्गता भएका बालबालिकाको अध्ययनका लागि सहयोग गर्नुपर्ने संघको भनाई छ । अव स्थानीय तहले हेर्नुपर्छ, उहाँले भन्नुभयो, केन्द्रले दिने सीमित बजेट उनीहरुका लागि पर्याप्त छैन । जिल्लामा सञ्चालित सवै अपाङ्गता स्रोत कक्षाको दिगो सञ्चालन र प्रभावकारी व्यवस्थापनमा स्थानीय तहले अपनत्व लिनुपर्ने केसीको भनाई छ ।

जिल्ला शिक्षा समन्वय इकाईका लेखाजोखा संयोजक साधाना पण्डितले समाहित शिक्षा अन्र्तगत २०६१ सालदेखि प्यूठानमा स्रोत कक्षा सञ्चालन भएको बताउनुभयो । स्रोत कक्षा सञ्चालन खर्च प्रति विद्यार्थी वार्षिक ४० हजार र सरसफाईका लागि प्रति महिना पाँच सय रुपिँया सरकारले उपलब्ध गराउँदै आएको छ । १६ जना विद्यार्थी बरावर एक जना आय र एक जना स्रोत शिक्षकको व्यवस्था गर्ने प्रावधान रहेको उहाँले बताउनुभयो ।

– सौजन्य; बाल सरोकार फिचर सेवा, एफएनजे, प्यूठान

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका महासचिव तुम्खेवाको हत्केलामा पृथ्वी लिएर उभिएको मान्छे सार्वजनिक

-महिला खबर- ललितपुर । सञ्चारिका समूहकी महासचिव तथा कवि विमला तुम्खेवाको हत्केलामा पृथ्वी लिएर उभिएको मान्छे

वडा अध्यक्षले नै गरे १६ वर्षे बालिकासँग विहे

-महिला खबर- खोटाङको हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष रमेश कुमार राउतले १६ वर्ष

बालिका आश्रममा सौन्दर्यकर्मीको स्थापना दिवस

-महिला खबर- देवघाट । राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल प्रदेश न,३ ले आफ्नो ११ औं स्थापना दिवस

सबैका लागि समानता (तस्वीरमा)

–महिला खबर– आज विश्व समाज कार्य दिवस । सामाजिक क्षेत्रका व्यक्तिहरुले विभिन्न कार्यक्रम गरि मनाएका छन्

महिला मात्रै पढ्ने क्याम्पसमा पुरुष प्रमुख

–महिला खबर– पद्मकन्या क्याम्पसका प्राध्यापक, विद्यार्थी तथा कर्मचारीले महिला क्याम्पस प्रमुख हुनुपर्ने माग राखि लगातार

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: