पक्राउ परेकी पत्रकार शाह रिहा


पक्राउ गर्दा प्रहरीले अभद्र व्यवहार गर्यो

प्रकाशित मिति :2018-12-13 20:32:29

-महिला खबर-

लतिपुर । फोटो पत्रकार वर्षा शाहले पक्राउका क्रममा आफूमाथि प्रहरीले अभद्र व्यवहार गरेको बताएकी छन् ।

अहिले बेलुकी सात बजे महानगरीय प्रहरी वृत महाराजगञ्जबाट रिहा भएकी शाहले महिला खबरसँग कुरा गर्दै भनिन्, ‘मलाई एउटा अपराधीलाई जस्तो व्यवहार गरेर पक्रियो । पत्रकारको परिचय पत्र झुण्ड्याएको अस्थामा सामान्य सुझबुझ समेत गरिएन ।’

पक्राउका क्रममा प्रहरी महिलाको नंग्राले शाहको घाँटीमा कोतरिएको छ ।

देश सञ्चार अनलाइनमा कार्यरत शाहलाई फोटो खिच्न राष्ट्रपति कार्यालय शितल निवास पुगेको बेला आजै अपराह्न प्रहरीले पक्राउ गरेको थियो ।

प्रेस पास झुण्ड्याएर तस्बिर खिचिसकेपछि कार्यालय फर्किन गाडी कुरिरहेको बेला आफूलाई प्रहरीले नियन्त्रणमा लिएको शाहले बताइन् ।

आफूले कार्ड झुण्ड्याएको अवस्थामा म पत्रकार हुँ, मैले के गरेँ र मलाई पक्राउ गर्न ? भनी प्रश्न गरेको अवस्थामा समेत महिला प्रहरीले तँ जो सुकै होस् हामीलाई के मतलब ? डीएसपी सा’बले पक्राउ किन नगरेको भन्दै हाम्लाई गाली गर्नु भा‘छ भन्दै अपमानजनक तरिकाले पक्राउ गरिएको बताइन् ।

सर्वसाधारणसँग एक–एक रुपैयाँ उठाएर राष्ट्रपतिलाई प्रतीकात्मक रुपमा गाडी पुर्याउन पुगेको समूहको फोटो खिच्दै गर्दा उनलाई नियन्त्रणमा लिइएको हो ।
पक्राउपछि उनलाई महाराजगञ्ज प्रहरीको हिरासतमा राखिएको थियो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका महासचिव तुम्खेवाको हत्केलामा पृथ्वी लिएर उभिएको मान्छे सार्वजनिक

-महिला खबर- ललितपुर । सञ्चारिका समूहकी महासचिव तथा कवि विमला तुम्खेवाको हत्केलामा पृथ्वी लिएर उभिएको मान्छे

वडा अध्यक्षले नै गरे १६ वर्षे बालिकासँग विहे

-महिला खबर- खोटाङको हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष रमेश कुमार राउतले १६ वर्ष

बालिका आश्रममा सौन्दर्यकर्मीको स्थापना दिवस

-महिला खबर- देवघाट । राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल प्रदेश न,३ ले आफ्नो ११ औं स्थापना दिवस

सबैका लागि समानता (तस्वीरमा)

–महिला खबर– आज विश्व समाज कार्य दिवस । सामाजिक क्षेत्रका व्यक्तिहरुले विभिन्न कार्यक्रम गरि मनाएका छन्

महिला मात्रै पढ्ने क्याम्पसमा पुरुष प्रमुख

–महिला खबर– पद्मकन्या क्याम्पसका प्राध्यापक, विद्यार्थी तथा कर्मचारीले महिला क्याम्पस प्रमुख हुनुपर्ने माग राखि लगातार

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: