गोदामचौर घटनाका दुई आरोपित पक्राउ


प्रकाशित मिति :2018-12-13 14:41:37

–महिला खबर–

लतिलपुर । नेपाल प्रहरीले ललितपुर गोदामचौरमा भएको सामूहिक बलात्कार घटनाका फरार तीनमध्ये दुई आरोपितलाई हिजो बुधबार पक्राउ गरेको छ ।

२०७४ मंसिर २ गते भएको घटनाका आरोपितलाई महानगरीय अपराध महाशाखाले ललितपुर गोदावरी नगरपालिका–१ गोदामचौरका २१ वर्षीय विशालध्वज कार्की र पवन कुँवरलाई पक्राउ गरेको हो ।

महाशाखा प्रमुख एसएसपी धीरजप्रताप सिंहले अभियुक्त दुई जनालाई गोदावरीबाट पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिए । उनका अनुसार सामूहिक बलात्कार घटनाका अर्का अभियुक्त रघु सिलवाल भने अझै फरार रहेको र उनको खोजी भइरहेको छ । गत वर्ष गोदावरी–१ गोदामचौरकी २२ वर्षीया विवाहित युवती सामूहिक बलात्कारमा परेकी थिइन् ।

गोदामचौर बलात्कार घटनाः अभियुक्त खोज्न प्रहरी असफल

गोदामचौर बलात्कार घटनाः अझै पक्राउ परेनन् आरोपित

गौदामचौर बलात्कार घटनाः पीडितका श्रीमान भन्छन्, ‘न्याय पाउने आस मरिसक्यो’

गौदामचौर सामूहिक बलात्कार घटनाः पीडित नै विस्थापित

युवतीलाई सामूहिक बलात्कार गरेको अभियोगमा सुरुमा तीनै जना पक्राउ परेका थिए । जिल्ला अदालत ललितपुरले २६ पुसमा पर्याप्त प्रमाण नभेटिएको भन्दै साधारण तारेखमा छोडेको थियो ।

सोही मुद्दा २५ माघ २०७४ मा उच्च अदालत पाटनले उल्टाएसँगै उनीहरू फरार थिए । जिल्ला अदालतको आदेश ‘बेरित’ को ठहर गर्दै उच्च अदालतले पीडकहरूलाई थुनामा राख्ने आदेश दिएको थियो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका महासचिव तुम्खेवाको हत्केलामा पृथ्वी लिएर उभिएको मान्छे सार्वजनिक

-महिला खबर- ललितपुर । सञ्चारिका समूहकी महासचिव तथा कवि विमला तुम्खेवाको हत्केलामा पृथ्वी लिएर उभिएको मान्छे

वडा अध्यक्षले नै गरे १६ वर्षे बालिकासँग विहे

-महिला खबर- खोटाङको हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष रमेश कुमार राउतले १६ वर्ष

बालिका आश्रममा सौन्दर्यकर्मीको स्थापना दिवस

-महिला खबर- देवघाट । राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल प्रदेश न,३ ले आफ्नो ११ औं स्थापना दिवस

सबैका लागि समानता (तस्वीरमा)

–महिला खबर– आज विश्व समाज कार्य दिवस । सामाजिक क्षेत्रका व्यक्तिहरुले विभिन्न कार्यक्रम गरि मनाएका छन्

महिला मात्रै पढ्ने क्याम्पसमा पुरुष प्रमुख

–महिला खबर– पद्मकन्या क्याम्पसका प्राध्यापक, विद्यार्थी तथा कर्मचारीले महिला क्याम्पस प्रमुख हुनुपर्ने माग राखि लगातार

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: