समाजसेवी रचना मास्केको निधन


प्रकाशित मिति :2018-12-12 16:10:33

–महिला खबर–

लतिलपुर । बहु प्रतिभाकी धनी समाजसेवी एवम् नारीवादी चित्रकार रचना मास्केको असामयिक निधन भएको छ । मास्के शिक्षण अस्पताल काठमाडौंमा नर्सिङ अधिकृतको रुपमा कार्यरत थिइन् ।

स्याङजा घर भई हाल चावहिलको कपनस्थित सरस्वतीनगरमा बस्दै आएकी ४० वर्षीया मास्केको सोमबार राती १० बजे निधन भएको हो ।

मास्के राती ८ बजेसम्मको ड्यूटी पश्चात घर पुगी खाना खाएर बसेको बेला अचानक छाती दुख्यो भन्दै श्रीमानको काखमा ढल्किएको र बेहोस् भएपछि शिक्षण अस्पताल महाराजगञ्ज पुर्याउँदा अस्पतालले मृत घोषणा गरेको बताइएको छ ।

पोष्ट मार्टम रिपोर्टमा मस्तिष्कघातका कारण मास्केको निधन भएको उल्लेख छ ।

मास्केकी छिमेकी तथा अधिकारकर्मी कला राईका अनुसार उनीसामाजिक कार्यमा निकै अग्रसर थिइन् । उनले ‘लोक ज्येष्ठ नागरिक कोष’ स्थापना गरी शिक्षण अस्पतालमा उपचार गर्न आउने मध्य प्रत्येक महिना एक जना ज्येष्ठ नागरिकलाई उपचार खर्च बाफत १० हजार दिँदै आएकी थिइन् ।

मास्केका श्रीमान, एक छोरा र एक छोरी छन् ।

हेर्नुस् केही समय अघि उनीबारे महिला खबरले तयार पारेको सामग्रीः

https://www.mahilakhabar.com/news/2017/09/17/31957.html

    Comment Here!

Related NEWS
मुख्य खबर

गर्भपतन र सुत्केरीको ज्यान जोखिममा

ऐनको प्रस्तावनामा नै सुरक्षित, गुणस्तरी, सर्वसुलभ तथा पहुँचयोग्य बनाउने व्यवस्था गरेको छ तर त्यसका बारेका

‘र…डी’का भोटहरू

हालेका भोटहरू तुरुन्तै फिर्ता गरेर आफ्नो ज्यान जोगाउनुस् मेयर सा’ब ।

हावाहुरी प्रभावित हिमसरालाई सहयोग

–महिला खबर– ललितपुर । उनलाई खान र बस्नका लागि गोदावरी चेम्बर अफ कर्मशले सहयोग गरेको

बालिकाको सामूहिक बलात्कार गर्ने पक्राउ

धनगढी उप–महानगरपालिका वडा नम्वर १५ का झगडु चौधरी, विजय चौधरी र वडा नम्वर ७ का

७ सय ४४ लिटर घरेलु मदिरा नष्ट

कैलालीको धनगढी उपमहानगरपालिकाका विभिन्न वडाबाट अवैध घरेलु मदिरा बरामद गरी प्रहरीले नष्ट गरेको हो ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: