९९ जना स्वयंसेविकालाई साईकल


प्रकाशित मिति :2018-12-06 15:11:19

बर्दिया । बर्दियाको बढैयाताल गाउँपालिकाले ९९ जना महिला स्वास्थ्य स्वयंसेविकालाई साईकल बितरण गरेको छ । गाउँपालिकाले १५ औँ महिला स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमा साईकल वितरण गरेको हो ।

निश्वार्थ सेवामा लागेका स्वास्थ्य स्वयंसेविकाहरुको मनोबल बढाउन र उनीहरुलाई काम गर्ने हौसला मिलोस् भन्ने उद्देश्यले साईकल वितरण गरिएको हो ।

यस्तै गाउँपालिकाका ९ वटै वडाका १र१ जना उत्कृष्ट काम गर्ने स्वयंसेविकाहरुलाई नगद २ हजारसहित सम्मान गरिएको छ ।

 कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठले महिला स्वयंसेविकाहरुको कामको प्रसंसा गर्दै अवकास हुँदा नेपाल सरकारबाट पाउने २० हजारलाई गाउँपालिकाले २० हजार थप गरी ४० हजार बनाउने घोषणा गरे ।

उनले अहिले नेपाल सरकारले दिँदै आएको मासिक ४ सयलाई बढाएर १ हजार बनाउने र थप प्रोत्साहन स्वरुप गाउँपालिकाले भ्रणणको लागि १ लाख बजेट छुट्याईने समेत बताए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यी हुन् नेकपाको जिल्ला अध्यक्ष महिला

नेकपाले आज सोमबार सार्वजनिक गरेको जिल्ला अध्यक्षहरुमध्ये ३ जना मात्रै महिला रहेका छन् ।

मुक्त हलिया बस्तीमा पुगिन् मन्त्री अर्याल

–महिला खबर– कञ्चनपुरको भीमदत्तनगरपालिका स्थित मुक्त हलिया बस्तीमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा

साहसी मथुरा : समाजको अपहेलना चिरेर बनिन् त्यही समाजको नेता

एचआइभी भएकै कारण चरम सामाजिक अपहेलना हुन थालेपछि उनले आत्मविश्वासले समाजको चेत फर्काउन सफल भइन्

सीपले बनायाे आत्मनिर्भर

घरायसी कारणले कक्षा ८ सम्म पढेर पढाई छाड्नु परेका उनको हातमा कपडा सिलाइ गर्ने सीपले

‘आफ्नै’ ले लुटेको त्यो कलिलो शरीर

उसलाई बुवा आमासँग मामाले आफूसँग गरेको व्यवहार भन्ने आँट आएन । तर, मामा आउँदा जहिलेपनि

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: