‘नेपालमा लैङ्गिक शिक्षाको आवश्यकता’


प्रकाशित मिति :2018-12-06 11:55:30

–अस्मिना पाण्डे–

बुटवल । प्रदेश नम्बर ५ कि उपसभामुख कृष्णीकुमारी थारुले लैङ्गिक शिक्षा आजको आवश्यकता भएको बताएकी छन् । उनले अब देश नयाँ ढंगले अगाडि बढ्ने बताउँदै देशमा भएका नीति तथा कानूनलाई व्यवहारमा लागु गर्नुपर्ने बेला आएको बताएकी हुन् ।

बुधबार लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत रहेर बुटवलमा आयोजना गरिएको लैङ्गिक हिंसा विरुद्ध अन्र्तक्रिया कार्यक्रममा बोल्दै उप सभामुख थारुले समाज महिला र पुरुषले नै बनेको बताउँदै विभेद र हिंसा नहटेसम्म समाज सुखी नहुने बताइन् ।

महिलाहरू आज पनि बिना पारिश्रमिक घरको काम गरिरहेको बताउँदै थारुले अधिकारका लागी महिला–पुरुष समान र एक हुनु पर्नेमा जोड दिइन् ।

महिलाको भूमिका सशक्त हुन सक्यो भने समाजमा खुलेर आफू अन्यायमा परेको बताउँन सक्ने हुँदा शिक्षा महिलालाई मात्रै होइन पुरुषलाई पनि आवश्यक रहेको थारुको भनाइ थियो ।

उनले सांस्कृतिक मुल्य र मान्यताले गर्दा पनि समाजमा हिंसाले प्रसय पाइरहेको बताइन् ।

कार्यक्रममा बोल्दै इलाका प्रहरी कार्यलय बुटवलका प्रहरी नायब उपरीक्षक डिलबहादुर मल्लले प्रहरी पनि यो देशको नागरिक भएकाले प्रहरीबाट भएका हिंसा घटनाप्रति पनि खबरदारी गर्न आगह गरे । उनले प्रहरीबाट हिंसा भएको छ भने उ पनि सजायको भागीदार हुने बताए ।

कार्यक्रमका सहभागीहरुले यस्ता अभियानहरू शहर केन्द्रित नभएर गाउँमुखी हुनुपर्ने र वास्तविक पीडितसम्म सचेतनाका कार्यक्रमहरू पुग्नुपर्नेमा जोड दिए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

द्वन्द्व प्रभावित महिलाका कानून मन्त्रीलाई प्रश्न– १२ वर्षसम्म नपाएको न्याय कहिले पाउँछौं ?

-महिला खबर- बुधबार काठमाडौंमा भएको एक कार्यक्रममा द्वन्द्व प्रभावित महिलाहरुले कानून न्याय तथा संसदीय मामिला

महिलाहरुको अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न

विभिन्न धार्मिक ग्रन्थहरुका सकारात्मक पक्षहरुलाई सबैले मनन गरी आत्मसात् गर्नुपर्नेमा पनि सम्मेलनले जोड दिएको छ

गाउँपालिका अध्यक्षको पहलमा खोरमा थुनिएकी महिलाको उद्धार

खोरमा थुनिएकी महिलाको फोटो सामाजिक सञ्जालमा भाइरल भएपछि गाउँपालिकाले उद्धारमा चासो देखाएको हो ।

किशोरी भलिबल प्रतियोगिता हुने

सुरुआती चरणमा भलिवल खेलमा किशोरीको सहभागिता नभए पनि अहिले जिल्लामा भलिवल खेलप्रति किशोरीहरुको चासो बढ्दै

सुस्त मनस्थितिकी युवती बलात्कृत

–महिला खबर– जन्मजात देख्न र सुन्न सक्ने भए पनि ती युवती बोल्न भने सक्दिनन् ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: