जन्मदर्ता नहुँदा ४ वर्षदेखि एउटै कक्षामा


प्रकाशित मिति :2018-12-05 12:05:07

–लेखनाथ खतिवडा–

पाँचथर । पाँचथर हिलिहाङ ७ कि एक बालिका जन्म दर्ता प्रमाणपत्रको अभावमा ४ वर्षदेखि एउटै कक्षामा छिन् ।

हिलिहाङ–७, एकचेपास्थित सिद्धेश्वरी माध्यामिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत वर्सिना बराइली ४ वर्षदेखि एउटै कक्षामा पढिरहेकी हुन् । उनीसँगै पढेका साथीहरू कक्षा १२ मा पुगिसके । तर उनले भने जन्म दर्ता नहुँदा कक्षा अगाडि बढाउन सकेकी छैनन् । चार वर्षसम्म ८ कक्षा मै पढ्नुपरेपछि दिक्क लागेको उनले दुखेसो गरिन् ।

चार वर्ष अघि पनि उनी कक्षा ८ मा अध्ययन गर्दै थिइन् । तर, जब परीक्षा फाराम भर्न जन्म दर्ता, नागरिकताको प्रमाणपत्रका आधारमा बावु आमाको नाम र जन्म मिति आवश्यक प¥यो, तब वर्सिनाले अध्ययनलाई निरन्तरता दिन सकिनन् । किनकी उनीसँग यी कुनै पनि कागजात थिएनन् । दुई वर्षसम्म फिदिममा अरुको घरमा बसेर काम सघाउँदै आएकी उनी यस वर्षबाट हिलिहाङ–७, सल्लेरीका रुद्र तामाङको घरमा बसेर घरायसी काम सघाउँदै पुन विद्यालय जान थालेकी छन् ।

‘सरहरूले यो पुससम्ममा जन्म दर्ता ल्याउनु भन्नुभएको छ । मैले ल्याउँछु भनेकी छु’ वर्सिनाले भनिन्, ‘पहिला पनि जन्म दर्ता नभएर पढाई छोडेँ । अब के हुने हो थाहा छैन ।’

वर्सिनासँगै विद्यालय जान थालेकी आफ्नी छोरीले कक्षा १२ को अध्ययन सकेको तर, कागजात नभएकै कारण वर्सिनाले थप अध्ययन गर्न नपाएको एक छिमेकीले बताए ।

‘सम्बन्धित ठाउँमा पहल गरिदिने मान्छे भएन । बावु आमाका कारण छोराछोरीले पढ्न पाएनन्’ सिद्धेश्वरी माध्यामिक विद्यालयका प्रधानाध्यापक टंकप्रसाद खनाल परिवारको अवस्था अत्यन्तै नाजुक भएकाले बालिकाको पढाईको निरन्तरताका लागि सहयोग गर्न उनका संरक्षकसहित स्थानीय अगुवाहरूलाई आग्रह गरेको बताउँछन् ।

वर्सिना मात्रै होइन्, बावु आमाको नागरिकताको प्रमाणपत्र नभएकै कारण उनका भाई बहिनीको पढाई समेत अन्यौलग्रस्त छ । जेठो भाई सन्तोष बराइलीले परिवारको अवस्था र कागजपत्रको अभावमा कक्षा ३ बाटै पढाई छाडे ।

उनी अहिले ट्रयाक्टरमा सहचालकको काम गर्न थालेका छन् । चन्द्रलालकी अर्की छोरी करिस्मा छिमेकीहरूको सहयोगमा कक्षा ६ मा पढ्दैछिन् । आफूले समेत दिदीजस्तै समस्या भोग्नुपर्ने चिन्ता करिस्मालाई छ । उनैले कान्छो भाई दीपकलाई विद्यालय लैजाँदै आएकी छन् । ‘खाने, लगाउने टुङ्गो नभए पनि स्कुल जाँदैछौँ” करिस्माले भनिन् । बराइलीकी छिमेकी समेत रहेकी हिलिहाङ गाउँपालिका कार्यपालिका सदस्य माया कन्दङ्वा उनीहरूको परिवारमा सबै पक्षको सहयोगको जरुरी भएको भन्दै सबै भन्दा पहिले नानीहरूको पठनपाठनमा सहयोग जरुरी रहेको बताउँछिन् ।

स्थानीय अगुवाहरूले बराइली दाजुभाईलाई नागरिकताको प्रमाणपत्र उपलब्ध गराउन पहल भने थालेका छन् । आइतबार मात्र जिल्लास्थित संचारकर्मी र अधिकारकर्मीहरू उनको घरमा पुगेर अवस्थाको जानकारी लिएका थिए । साथै उनीहरूले उक्त परिवारको लागि आवश्यक पहल गर्ने बताएका छन् ।

वर्षिनाको परिवार

वर्षिना र उनीहरू बस्ने घर । फोटो ; लेखनाथ खतिवडा/महिला खबर

    Comment Here!

Related NEWS
मुख्य खबर

द्वन्द्व प्रभावित महिलाका कानून मन्त्रीलाई प्रश्न– १२ वर्षसम्म नपाएको न्याय कहिले पाउँछौं ?

-महिला खबर- बुधबार काठमाडौंमा भएको एक कार्यक्रममा द्वन्द्व प्रभावित महिलाहरुले कानून न्याय तथा संसदीय मामिला

महिलाहरुको अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न

विभिन्न धार्मिक ग्रन्थहरुका सकारात्मक पक्षहरुलाई सबैले मनन गरी आत्मसात् गर्नुपर्नेमा पनि सम्मेलनले जोड दिएको छ

गाउँपालिका अध्यक्षको पहलमा खोरमा थुनिएकी महिलाको उद्धार

खोरमा थुनिएकी महिलाको फोटो सामाजिक सञ्जालमा भाइरल भएपछि गाउँपालिकाले उद्धारमा चासो देखाएको हो ।

किशोरी भलिबल प्रतियोगिता हुने

सुरुआती चरणमा भलिवल खेलमा किशोरीको सहभागिता नभए पनि अहिले जिल्लामा भलिवल खेलप्रति किशोरीहरुको चासो बढ्दै

सुस्त मनस्थितिकी युवती बलात्कृत

–महिला खबर– जन्मजात देख्न र सुन्न सक्ने भए पनि ती युवती बोल्न भने सक्दिनन् ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: