विश्वजितले थपे आमा र श्रीमतीको नाम नागरिकतामा


प्रकाशित मिति :2018-12-03 12:22:50

–महिला खबर–

बाँके । नेपालगन्जका सूचना अभियन्ता अधिवक्ता विश्वजित तिवारीले आफ्नो नागरिकतामा श्रीमती र आमाको नाम थपेका छन् ।

लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान चलिरहेका बेला तिवारीले आमा तारादेवी तिवारी र श्रीमती सुधा (पाण्डे) तिवारीको नाम आफ्नो नागरिकतामा लेखाउन सफल भएका हुन् ।

आफ्नी आमा र श्रीमतीको नाम लेखाउँदै तिवारीले महिला हिंसा विरुद्ध सचेतना फैलाउन आमा र श्रीमतीको नाम लेखाएको बताए ।

तिवारीले आफ्नो नाागरिकतामा आमा र श्रीमतीको नाम लेखाउन सकिने सूचनाको हकबाट थाहा पाएको बताए ।

जिल्ला प्रशासन कार्यालय, बाँकेका प्रशासकीय अधिकृत अमरराज सेजवालले नागरिकता प्रदान गर्दै आमा र श्रीमतीको नाम लेखाएर नेपाली नागरिकता लिएको यो नै बाँके जिल्लामा पहिलो घटना भएको बताए ।

सोम गुरुङबाट

    Comment Here!

Related NEWS
मुख्य खबर

छहारीको राष्ट्रपतिद्वारा उद्घाटन

–महिला खबर– संविधानले नै महिलाको अधिकार सुनिश्चित गरेकाले यसको प्रभावकारी कार्यान्वयनका लागि सबै जागरुक हुनुपर्ने ।

महिनावारी श्रृष्टिको सुरुआतः मन्त्री थापा

–महिला खबर– महिनावारीका कारण महिलाले भोग्नुपरेको चर्काे विभेद विरुद्ध पुरुष सहभागिता अनिवार्य ।

निर्मला पन्त हत्याको १० महिना पुरा

बालिका पन्त २०७५ साउन १० गते साथी रोशनी बमको घरबाट घर फर्किने क्रममा बेपत्ता भएकी

हिमाल चढ्ने क्रममा श्रीमान गुमाएका महिला चढे सगरमाथा

–महिला खबर– अब आफूहरु जस्तै हिमालमा श्रीमान गुमाएका एकल महिलालाई सहयोग गर्ने लक्ष्य राखेका छन् ।

तीन महिनामा कुरीतिजन्य हिंसाका ८८ घटना

–महिला खबर– काठमाडौं । कुरीतिकै कारण ८ जनाको ज्यान गएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: