मैले किन केटी जिस्काइन ?


प्रकाशित मिति :2018-12-03 11:19:42

किशोरावस्थामा मेरा केटा साथीहरू जिस्काउँथे मलाई, जोगी भनेर । कारण, न म चुरोट खान्थेँ, न रक्सी नै पिउँथेँ, न त केटी साथीहरूलाई प्रेम प्रस्ताव राख्दै हिँडियो । सबैभन्दा ठूलो कुरा साथीहरूजस्तो केटीहरूलाई जिस्काउने, केटीहरूका नाम स्कुलको बाथरुममा लेख्ने, बाटोमा विभिन्न थरी नामले चिढाउने कहिल्यै गरिएन ।

म त घरको काम गर्थेँ । आमालाई सघाउँथे । दिदीलाई सघाउँथे । त्यसैले साथीहरू मलाई केटीजस्तो भनेर पनि जिस्काउन पछि पर्दैनथे । जुन क्रम घर वरपर, स्कुलदेखि क्लब र कलेजसम्म चल्यो ।

सन्जोग ठकुरी

मेरा कतिपय साथीहरू अहिले पनि केटा भएर मैले अहिलेसम्म एक जना पनि केटीलाई बाटोमा जिस्काएको छैन भन्दा विश्वास गर्दैनन्, अचम्ममा पर्छन् । लाग्छ, मैले केटी नजिस्काएर म पुरुष हुनुको वास्तविक परिचय नै दिन सकिन । मेरो ‘पुरुषार्थ’को प्रमाण नै देखाउन सकिन । दुःख कतिबेला लाग्छ भने जब पढेलेखेका साथीहरू पनि ओठ टोक्छन् । त्यस बेला धुरुधुरु रुन मन लाग्छ । हुन पनि यिनै कुराहरू त हुन् महिला र पुरुष सँगसँगै भन्ने अभियानमा मलाई अघि बढ्न साथ दिने प्रेरणाका स्रोत ।

घरमा छोरा र छोरी दुबै साना छन् भने हामी छोरीलाई पुतलीसँग खेल्न, पुतलीका लुगा फेर्न र पुतलीको लुगा धुन सिकाउँछौँ । उनी स्वाबलम्बी त बन्छिन्, सँगसँगै उनले कहिल्यै पनि बुबा, हजुरबुबा, काका आदि पुरुषको जमातले घरको काम नगरेको देख्दा मानसपटलमा लैङ्गिकताको गहिरो नकारात्मक छाप पनि लिएर हुर्किन्छिन् । उता छोरो भने बुबा, काकाले कहिले पनि घरायसी काममा सहयोग नगरेको र यस्ता कामहरूमा बरु वृद्ध नै भए पनि हजुरआमाले काम गरेको देख्दा यी महिलाका काम रहेछन् भन्ने मानसिकतामा हुर्कन्छन् ।

तसर्थ बालापन साँच्चै नै महत्वपूर्ण हुन्छ धेरै अर्थमा १ हाम्रा बा र आमाले हामीलाई सानैमा घरको काममा दिदी जत्तिकै बराबरको साझेदारी हाम्रो पनि हो भन्ने नसिकाउनु भएको भए आज यो लेख लेखिरहने आँट कहाँ आउथ्यो होला र रु हुर्कने क्रममा मेरो जीवनमा केही यस्ता घटनाहरू घटे जसले मलाई महिलाहरूप्रति ज्यादै नै धेरै संवेदनशील बनाइदियो । यसका कारण मैले महिलाहरूप्रति हेर्ने, सोच्ने आयाम नै परिवर्तन भयो । सायद् अङ्ग्रेजीको प्याराडाइम सिफ्ट (paradigm shift) पनि यसैलाई नै भनेको हुनुपर्छ ।

तपाईँ हामीले सानो बेलाको घटना सम्झनुपरेमा केके सम्झन्छौँ रु खेलेको, रमाइलो गरेको, रोएको, दाजुभाइ वा दिदीबहिनीहरूसँगको रमाइलो १ मेरो भने फरक भयो । जब म बाल्यकालको स्मृतिका पहिला पानाहरू पल्टाउँदै जान्छु, तब त्यो दिन याद आउँछ, जब घरमा बा र आमाको झगडा हुँदै थियो । बा आमालाई पिट्दै थिए, आमा रुँदै थिइन् । मेरा दुई दिदी र एक दाजु, माथि घरबेटीकामा टिभी हेर्न गएका थिए । म सायद ५्६ वर्षको बच्चो, शरीर कमाउँदै सब हेरिरहेँ ।

हाम्रा बा मनले नराम्रा मानिस होइनन् । तिनले बाँचुन्जेलसम्म मेरा लागि राम्रै सोचे र गरे । तर त्यो घटनाको कारण मैले तिनलाई कहिल्यै पनि माफ गरिन । त्यस घटनाले मलाई महिलाको जीवनमा एउटा संवेनशील पुरुष, दाइ, भाइ, बुबा, श्रीमान्, साथी आदिका रूपमा, कत्ति महत्वपूर्ण हुँदोरहेछ भन्ने कुरा सिकायो । म अहिले पनि सोच्छु, यदि बा ले त्यस दिन आमासँग झगडा नगरेका भए तिनलाई अँगालो हालिरहने अर्को एउटा पनि छोरो हुँदो हो, जसको अभाव तिनलाई र बा को अभाव अब बाँचुन्जेल मलाई सधैँ खट्किरहनेछ ।

त्यति बेला बालख थिएँ । यो विश्लेषण त धेरै पछि आएर गरियो । बरु अर्को घटना छ, म कक्षा ५ तिर हुँदाको हो । सायद मेरी सान्दिदी कक्षा ८ मा पढ्थिन् । तिनताक मिना कार्टुन चल्तीको थियो, भर्खरै त्यसको नयाँ भाग पनि आएको थियो रिताको, जहाँ केटाहरू मिलेर रितालाई बाटोमा “रिता ओ रिता, किन नबोलेकी” भन्दै जिस्काउँथे । मेरी दिदीको नाम पनि रिता, अनि त के चाहियो त्यो भोटेबहालमा स्कुल नगई केटी जिस्काउन फुर्सद लिएर बस्ने केटाहरूलाई १ दिदी दैनिक दिक्क हुन्थिन् । म उनको अनुहार पढ्थेँ । त्यो कार्टुन बनाउने युनिसेफलाई के थाह देशको केही कुनामा केही बहिनीहरूलाई यस्तो भइरहेको होला भनेर रु

एक दिन दिदीसँगै स्कुलबाट फर्कदै गर्दा घरनेर केटाहरूको ढुकी बसेको हुलले दिदीलाई जिस्काए । म फिस्स हाँसे । घर पुगेपछि दिदीले भनिन्, àतँ त तेरी दिदीलाई जिस्काउँदा खुब हासिस्, तँले कहिले भोग्नुपर्दैन र थाहा हुन्न बाटोमा त्यस्तो व्यवहार आफूमाथि आइलाग्दा, पुतलाजस्तो भएर हिँड्नुपर्दा । कुनै दिन तेरै अघि तेरी छोरी, बुढी वा गर्लफ्रेन्डलाई जिस्काउँदा चाल पाउलास् ।’ मेरो हंसले ठाम् छोडो, ओठ सुक्यो । बोल्नु त के सोच्नसम्म पनि क्यै शब्द फुरेन । मैले त्यस्तो त क्यै सोचेकै थिइँन, न तिनलाई परेको व्यथालाई नै बुझेको थिएँ ।

त्यस दिन आफैसँग गरेको वाचा मैले आजसम्म तोडेको छुइँन, केटीलाई कहिल्यै बाटामा हैरान पारिन । मन लाग्थ्यो बाटामा कुनै राम्री केटी देखेँ भने फ्याट्ट एक बार क्यै भनिहालम् भनेर । अनि फेरि तिनलाई आफ्नै सान्दिदी, प्रेमिका वा छोरी भएको भए ‘ भनेर सोच्थेँ, अनि चुप लागेर बाटो तताउँथे । अर्को कुरा, मैले त रमाइलोका लागि जिस्काउँला रे । तर घर पुगेपछि उनको अनुहार फेरी मेरी दिदीको जस्तै त हुनेछ । अनि त्यो बालख सन्जोगको मन कत्ति बिझ्दो हो त्यो घरमा रु सम्झनाको हुन्डरीले घुमाउँछ । हो, कहिल्यै केटी नजिस्काएको मलाई बाटामा केटीहरूको समूहले हत्तु पारेका घटनाहरू पनि छन् । तर सायद तिनीहरू अपवाद होलान्, थाहा छैन ।

कहिलेकाहिँ महिला हिंसा रोक्न पुरुषको पनि साथ आवश्यक छ भन्दै जाँदा पुरुषको भूमिका अपरिहार्य छैन भनेर यदाकदा केहि कट्टर महिला अधिकारवादी (extreme feminist)हरूले भन्ने गरेको पनि सुनिन्छ । अहिलेको समाज महिलालाई थिचोमिचोमै राख्ने र पुरुषहरूलाई मात्र अवसर दिने सोचले परिभाषित गरेर हुँदैन र सकिन्न पनि । अहिले सहज देखिए पनि कालान्तरमा यसको परिणाम विध्वंस बाहेक केही पनि हुन्न । मानिसलाई मानिस जस्तो व्यवहार नगरिँदा नै भएका छन् विश्वमा कैयन् युद्ध र लडाइँ । तर नेपाली समाजमा हामीले मान्नैपर्ने कुरा के पनि हो भने देश पुरुषवादी छ र समाज पित्तृसत्तात्मक । हामीेले महिलालाई कमजोर आँकेका होइनौँ तर समाजको शक्ति संरचनामा हामीले पुरुषलाई महिलाप्रति संवेदनशील बनाउन सकेको खण्डमा मात्र समतामूलक समाजको परिकल्पनालाई साकार पार्न सक्छौँ ।

हामी पुरुषहरूले सोच्नुपर्ने कुरा के मात्र हो भने हामी हाम्रा दिदी, बहिनी, साथी, प्रेमिका, श्रीमती, छोरी बाटामा स्वतन्त्रता पूर्वक हिँडेको परिकल्पना गर्न चाहन्छौँ कि चाहन्नौँ रु उनीहरू एकैछिन ढिलो आउँदा मनलाई त्रसित बनाउन चाहन्छौँ या चाहन्नौँ रु यदि चाहन्नौँ भने सुरुवात हामी आफैँबाट हुनु जरुरी छ ।

केही वर्षअघि मात्रै दिदीकी एक साथीकी १३ वर्षकी बहिनी होली सुरु हुनुभन्दा ८–९ दिनअघि त्रसित मुद्रामा घर आएको मलाई याद छ । म छक्कै परेँ, हामी पुरुषले ती कलिला बालिका र किशोरीहरूप्रति कस्तो छाप छोडेका रहेछौँ भनेर, अनि कस्तो त्रसिद जीवन बाँच्न बाध्य बनाएका रहेछौँ हामीले । हामी ३० मिनेटको हरर टेलिफिल्म हेरेर अर्को कोठा जान तर्सन्छौँ । तर, धन्न छन् हाम्रा दिदीबहिनीहरू, जो हरेक दिन सडकमा यस्तै हरर फिल्मबाट गुज्रिरहेका छन् ।

हामीले हाम्रै समाजमा अव्यक्त किसिमले हरेक दिन, हर समय किशोरी र महिलाहरूलाई सडक, बाटा, पधेँरा, सार्वजनिक यातायातमा दुव्र्यवहार गरिरहेका छौँ । हामी पुरुषहरूले सोच्नुपर्ने कुरा के मात्र हो भने हामी हाम्रा दिदी, बहिनी, साथी, प्रेमिका, श्रीमती, छोरी बाटामा स्वतन्त्रता पूर्वक हिँडेको परिकल्पना गर्न चाहन्छौँ कि चाहन्नौँ रु उनीहरू एकैछिन ढिलो आउँदा मनलाई त्रसित बनाउन चाहन्छौँ या चाहन्नौँ रु यदि चाहन्नौँ भने सुरुवात हामी आफैँबाट हुनु जरुरी छ ।

यति भनिरहँदा बुझ्नुपर्ने कुरा के पनि हो भने समाजका सबै पुरुषहरू राक्षस होइनन् । यो त उनीहरूको हुर्काइमा भर पर्ने कुरा हो । तसर्थ हामी सबै पुरुष (र महिलाले पनि) आफूभन्दा साना बालक र बालिकासँगका क्रियाकलापमा लैङ्गिक असमानतापूर्ण व्यवहार (Gender Stereotypes)हरू लाई कम गरी उनीहरूलाई एकअर्काप्रति संवेदनशील बनाउन सकेको खण्डमा मात्र हामी समान समाजको परिकल्पनालाई वास्तविक जीवनमा नै पाउन सक्छौँ ।

यतिखेर हामी बाटाघाटामा हुने दुव्र्यवहार विरुद्धको सप्ताह (Anti-Street Harassment Week) मनाइरहँदा हाम्रो व्यक्तिगत प्रतिबद्धताको खाँचो सबैभन्दा धेरै छ । मुख्य सचिव आदरणीय लीलामणि पौड्यालले किशोरी र महिलामाथि हुने हिंसा विरुद्ध नेपालमा पहिलो पटक आयोजित पुरुषहरूको पदयात्राको समापन कार्यक्रममा भन्नुभएको थियो, ‘महिलामाथि हिंसा गर्ने व्यक्ति अपराधी मात्र हुन सक्छ, तिनीहरूलाई पुरुष भन्न सकिन्न ।’ सायद पुरुष पनि धेरै माथिको दर्जा हो, महिलाजस्तै, आमाजस्तै । हाम्रा सडक हाम्रा भविष्यका आमाहरूप्रति संवेदनशील छन् रु उहाँहरू सुरक्षित हुनुहुन्छ र रु किनकि त्यही सडकमै हुर्कदैँ छन् हाम्रा ज्वाइ साहेबहरू पनि !

लेखक हामी दाजुभाइका संयोजक हुनुहुन्छ । @nicesanjog

    Comment Here!

Related NEWS
मुख्य खबर

द्वन्द्व प्रभावित महिलाका कानून मन्त्रीलाई प्रश्न– १२ वर्षसम्म नपाएको न्याय कहिले पाउँछौं ?

-महिला खबर- बुधबार काठमाडौंमा भएको एक कार्यक्रममा द्वन्द्व प्रभावित महिलाहरुले कानून न्याय तथा संसदीय मामिला

महिलाहरुको अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न

विभिन्न धार्मिक ग्रन्थहरुका सकारात्मक पक्षहरुलाई सबैले मनन गरी आत्मसात् गर्नुपर्नेमा पनि सम्मेलनले जोड दिएको छ

गाउँपालिका अध्यक्षको पहलमा खोरमा थुनिएकी महिलाको उद्धार

खोरमा थुनिएकी महिलाको फोटो सामाजिक सञ्जालमा भाइरल भएपछि गाउँपालिकाले उद्धारमा चासो देखाएको हो ।

किशोरी भलिबल प्रतियोगिता हुने

सुरुआती चरणमा भलिवल खेलमा किशोरीको सहभागिता नभए पनि अहिले जिल्लामा भलिवल खेलप्रति किशोरीहरुको चासो बढ्दै

सुस्त मनस्थितिकी युवती बलात्कृत

–महिला खबर– जन्मजात देख्न र सुन्न सक्ने भए पनि ती युवती बोल्न भने सक्दिनन् ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: