म गलत कि तिमी ?


प्रकाशित मिति :2018-12-03 10:51:01

मलाई देखेपछि सिठ्ठी बजाउने तिमी
अनि म कहाँ निर भएँ गलत ?
सिठ्ठी बजाउने तिम्रो बदनियत गलत
कि म महिला हुनु नै गलत ?

अनिता गुरुङ

तिमी प्रायःआधा रातमा नशामा लड्बडिदै घर फर्कछौ
त्यो तिम्रो सोसियोलाइजेसन र नेटवर्किङ जमघट ?
अनि म कहिले काहीँ हुने जमघटमा सहभागी भएर
राति घर फर्कंदा
म कसरी भएँ गलत ?
कसरी भएँ अमर्यादित ?
मलाई सधैं अधिनमा राख्ने
तिम्रो हैकमवादी मानसिकता गलत ?
कि
मेरो स्वतन्त्रताको अधिकार गलत ?

सवारी साधनमा यात्रा गर्दा जानी जानी
ठेलम ठेलम गर्दै म निर हुत्तिएर टाँसिन आउँछौ
त्यति बेला म कसरी भएँ गलत ?
मलाई छुने तिम्रो दुस्साहस र तिम्रो दुर्व्यवहार गलत
कि
सुरक्षित र सहज यात्रा गर्न पाउने मेरो अधिकार गलत?

तिमी हाफ पाइन्ट लगाउँदा
तिमी कम्फरटेबल, बिन्दास र कुल?
अनि मैले मिनिस्कर्ट लगाउँदा
म कसरी भएँ गलत ?
मेरो मिनिस्कर्ट कसरी भयो भड्किलो ?
अनि मैले कसरी दिएँ हिंसालाई बढावा ?
तिम्रो हिंसात्मक सोंचाइ गलत
कि
इच्छा अनुसार लगाउन पाउने मेरो अधिकार
र मेरो मिनिस्कर्ट गलत?
यी र यस्ता कुराहरु सहँदा सहँदा
अब अति भो
मलाई असह्य भइसक्यो
अब मेरो पनि सुन

र,
होस गर
होस गर सिठ्ठी बजाउँदा,
तिम्रो एक सिठ्ठीको बदला
थुप्रै हातहरु तिम्रो टाउकोमा टुटिल्को उठिन्जेल बज्रिएलान्
होस गर
मलाई मात्र लागू हुने मर्यादाको तिम्रो विभेदकारी कानुनको
अब पुनर्लेखन हुनेछ
होस गर
मलाई छुन दुस्साहस गर्ने
तिम्रा हात अनि शरीर
किनभने
त्यही ठेलम ठेलको भीडमा
तिम्रा हातहरु भाँच्चिएलान्
अनि
भीडले कुल्चिएर तिम्रो शरीर थिलोथिलो होला

होस गर
मेरो मिनिस्कर्ट र तिघ्रा माथिको तिम्रो त्यो कुदृष्टिमा
तिम्रा तिघ्रामा नीलडाम बस्ने गरी जुत्ताहरु बर्सिएलान्
किनकी
अब म आवाज उठाउँछु
अनि प्रतिकार गर्छु
म आत्मरक्षा, प्रतिरक्षा गर्छु
अनि
इन्काउन्टरमा तिम्रा पितृसत्तात्मक सोंच
र व्यवस्थाकाका खम्बाहरु
ढुनमुनिँदै ढल्नेछन् ।

र,
विभिन्न बहानामा लैंगिकताको आधारमा हुने
सबैखाले हिंसाको अन्त्य हुनेछ
म अनि थुप्रै निर्मलाहरु सुरक्षित र न्यायपूर्ण जीवन जिउन
पहिला म आफैबाट शुरुआत गर्छु
यो लडाईंको सामना
लैंगिक हिंसाको विरुद्धमा ।

    Comment Here!

Related NEWS
मुख्य खबर

खुकुरी प्रहार गरी घाइते बनाएको घटनाका आरोपित विरूद्ध प्रहरीमा उजुरी

–महिला खबर– पाँचथर । श्रीमती र सासूलाई खुकुरी प्रहार गर्ने व्यक्ति विरुद्ध प्रहरीमा उजुरी दर्ता भएको

मानव बेचबिखन : ४२ बिलियन डलरको कारोबार

-टीएन कुँवर- आजको आधुनिक युगमा पनि मानिसले मानिसलाई नै बेचबिखन गर्ने जस्तो घृणित कार्य रोकिएको छैन

यी हुन् नेकपाको विभाग प्रमुख पाउने भाग्यमानी महिला

-महिला खबर- ललितपुर । नेकपाले पार्टीको ३२ वटा विभागको प्रमुख तोकेको छ । तर ३२ विभागको

श्रीमती र सासूलाई खुकरी प्रहार गरी फरार

-महिला खबर- पाँचथर । पाँचथरमा एक व्यक्तीले श्रीमती र सासूलाई खुकुरी प्रहार गरी घाइते बनाएका छन्

डा. तुलाधर प्रदेश विकास परिषद्को सदस्यमा मनोनीत

-महिला खबर- ललितपुर । अधिवक्ता डा. जानकी तुलाधर गण्डकी प्रदेश सरकार मन्त्री परिषदको नीति तथा योजना आयोगमा

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: