सुनौली नाकाबाट किशोरीको उद्धार


प्रकाशित मिति :2018-12-03 10:36:28

-ज्ञानु पंगेनी-

नवलपरासी । नवलपरासी पूर्वको देवचुली नगरपालिकाकी एक किशोरीको रुपन्देहीको नाका सुनौलीबाट उद्धार गरिएको छ । सीमामा रहेको माईती नेपालको टोलीले उनको उद्धार गरेको माईती नेपालकी क्षेत्रीय संयोजक माया क्षेत्रीले जानकारी दिईन् ।

मधेशी मुलका एक पुरुषले उनलाई सुनौलीबाट साईकल किनेर ल्याउने भनि बोर्डर कटाउने प्रयास गरेका थिए । अहिले ती किशोरीलाई माईती नेपालको क्षेत्रीय कार्यालय भैरहवामा राखिएको जनाइएको छ ।

किशोरीलाई गत शुक्रबार देवचुलीबाट ती पुरुषले भगाएरका थिए । दुई दिनसम्म भैरहवा स्थित एक होटल राखेर आईतबार सीमा पार गराउन खोज्दा उनलाई माईती नेपालको टोलीले उद्धार गरेको हो ।

किशोरीले आफुमाथी जबरजस्ती गरेको समेत बताएको क्षेत्रीले जानकारी दिईन् । होटलमा राखेर दुईदिनसम्म पटक – पटक जबजस्ती गरेको किशोरीले बताएको क्षेत्रीले बताएकी छिन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

छहारीको राष्ट्रपतिद्वारा उद्घाटन

–महिला खबर– संविधानले नै महिलाको अधिकार सुनिश्चित गरेकाले यसको प्रभावकारी कार्यान्वयनका लागि सबै जागरुक हुनुपर्ने ।

महिनावारी श्रृष्टिको सुरुआतः मन्त्री थापा

–महिला खबर– महिनावारीका कारण महिलाले भोग्नुपरेको चर्काे विभेद विरुद्ध पुरुष सहभागिता अनिवार्य ।

निर्मला पन्त हत्याको १० महिना पुरा

बालिका पन्त २०७५ साउन १० गते साथी रोशनी बमको घरबाट घर फर्किने क्रममा बेपत्ता भएकी

हिमाल चढ्ने क्रममा श्रीमान गुमाएका महिला चढे सगरमाथा

–महिला खबर– अब आफूहरु जस्तै हिमालमा श्रीमान गुमाएका एकल महिलालाई सहयोग गर्ने लक्ष्य राखेका छन् ।

तीन महिनामा कुरीतिजन्य हिंसाका ८८ घटना

–महिला खबर– काठमाडौं । कुरीतिकै कारण ८ जनाको ज्यान गएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: