पत्रकारसहित पाँच महिला सम्मानित


प्रकाशित मिति :2018-11-29 17:05:32

–महिला खबर–

ललितपुर । महिला मानव अधिकार रक्षक दिवसको अवसरमा आज पत्रकारसहित पाँच महिला सम्मानित भएका छन् ।

महिला मानव अधिकार रक्षक राष्ट्रिय सञ्जालले महिलाको अधिकार स्थापनाका लागि सञ्चार वकालत गरेको भन्दै पत्रकार महिलासहित महिलाहरुलाईसम्मान गरेको हो ।

आज राजधानीमा आयोजित एक कार्यक्रममा वरिष्ठ पत्रकार तथा सञ्चारिका समूहका निवर्तमान अध्यक्ष निर्मला शर्मा, महिला खबरका सम्पादक लोग्शरी कुँवर, महिला न्युजका सम्पादक लक्ष्मी बस्नेत र अन्नपूर्ण पोष्टका धनुषा समाचारदाता मनिका झालाई राष्ट्रिय मानव अधिकार आयोगका सदस्य तथा प्रवक्ता मोहना अन्सारी र संजालका केन्द्रीय अध्यक्ष डा. रेणु अधिकारीले सम्मान पत्र प्रदान गरे ।

यस्तै सोही कार्यक्रममा बीबीसीले प्रकाशित गरेको विश्वका एकसय महिलाको सूचीमा पर्न सफल प्रदेश सांसद उमा वादीलाई पनि सम्मान गरियो ।

कार्यक्रममा लामो समयदेखि सञ्जालमा आवद्ध रही काम गरेको भन्दै महिला मानव अधिकार रक्षक पुनम पाल्पालीलाई प्रशंसा पत्र दिइएको थियो ।

 

    Comment Here!

Related NEWS
मुख्य खबर

द्वन्द्व प्रभावित महिलाका कानून मन्त्रीलाई प्रश्न– १२ वर्षसम्म नपाएको न्याय कहिले पाउँछौं ?

-महिला खबर- बुधबार काठमाडौंमा भएको एक कार्यक्रममा द्वन्द्व प्रभावित महिलाहरुले कानून न्याय तथा संसदीय मामिला

महिलाहरुको अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न

विभिन्न धार्मिक ग्रन्थहरुका सकारात्मक पक्षहरुलाई सबैले मनन गरी आत्मसात् गर्नुपर्नेमा पनि सम्मेलनले जोड दिएको छ

गाउँपालिका अध्यक्षको पहलमा खोरमा थुनिएकी महिलाको उद्धार

खोरमा थुनिएकी महिलाको फोटो सामाजिक सञ्जालमा भाइरल भएपछि गाउँपालिकाले उद्धारमा चासो देखाएको हो ।

किशोरी भलिबल प्रतियोगिता हुने

सुरुआती चरणमा भलिवल खेलमा किशोरीको सहभागिता नभए पनि अहिले जिल्लामा भलिवल खेलप्रति किशोरीहरुको चासो बढ्दै

सुस्त मनस्थितिकी युवती बलात्कृत

–महिला खबर– जन्मजात देख्न र सुन्न सक्ने भए पनि ती युवती बोल्न भने सक्दिनन् ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: