महिला मानव अधिकार रक्षक बारे


प्रकाशित मिति :2018-11-29 06:00:23

नेपालमा महिला मानव अधिकार रक्षकहरूको अभियान अनौपचारिक रूपमा सन् २००४ देखि नै सुरु भयोे ।

तत्कालिन समयमा देशमा हिंसात्मक सशस्त्र द्वन्द्वले सिङ्गो नेपाली समाज प्रभावित त थियो नै, विकासको मूल प्रवाहबाट पाखा पारिएका महिला लगायत सिमान्तकृत समुदाय अझ बढी दोहरो मारमा परेको अवस्था थियो । असुरक्षाका कारण हजारौं नेपाली विस्थापित हुन बाध्य भएका थिए । शान्ति र सामाजिक न्यायका साथै अधिकारका लागि आवाज उठाउने धेरै महिलाहरू विभिन्न नाममा दुर्व्यवहार, हिंसा, हत्या, बलात्कारमा समेत पर्नुभयो । यो परिस्थितिमा जोखिम र कठिनाइका बाबजुद पनि महिलाहरू हतोत्साहित नभई अधिकारको लागि आवाज उठाइरहनु भएको थियो ।

साथै अन्तराष्ट्रिय तहमा पनि मानव अधिकारको विश्वव्यापी घोषणापत्र जारी भएपछि नागरिकका अधिकारहरूको संरक्षण र सम्बद्र्धनका लागि राज्यलाई उत्तरदायी बनाउन मानव अधिकार रक्षकहरूले विश्वभर नै धेरैसंघर्ष गरे । मानव अधिकारको पैरवी गरेकै कारणले मानव अधिकार रक्षकहरूले खेप्नुु परेको सास्ती, यातना, हिंसा विभेदलाई आत्मसात गर्दै संयुक्त राष्ट्रसंघको महासभाले सन् १९९८ मामानव अधिकार रक्षकहरूसम्बन्धी घोषणापत्र पारित गर्यो ।

मानव अधिकार रक्षकहरूको दृष्टिकोणबाट यो महत्वपूूर्ण उपलब्धिको रुपमा लिइए पनि घोषणा पत्रले महिला मानव अधिकार रक्षकहरूका विषयमा भने आवश्यक संबोधन गर्न नसकेको अनुुभव गरेपछि विश्वभरिका महिला मानव अधिकार रक्षकहरूले सामूहिक र सशक्त अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता महशुुस गरी महिला मानव अधिकार रक्षकहरूको अभियान शुुरु गरेका थिए ।

सन् २००४ देखि शुुरु गरेको अभियानलाई सन् २००५को नोभेम्बर २९ देखि डिसेम्बर २ सम्म श्रीलंकाको कोलम्बोमा आयोजित अन्तर्राष्ट्रिय परामर्श गोष्ठीले अभियानलाई सशक्त रुपमा लैजाने आधार तयार पारेको थियो । त्यसै दिनको सम्झनामा २९ नोभेम्बरमा महिला मानव अधिकार रक्षक दिवसहरूको दिवसको रुपमा संसार भर मनाउने गरिन्छ ।

तत्कालिन अवस्थामा सबै खेमा, तप्का र तहका नेता बुद्धिजीवी, नागरिक समाजका अगुवा, लगाएत युवा, महिलाहरूलाई एउटै थलोमा ल्याई शान्ति र एकता कायम गर्न गम्भीर बहस गर्नु आवश्यकता ठानी ओरेकको नेतृत्वमा विभिन्न संघ संस्था, सञ्जालहरूसंगको समन्वय र सहकार्यमा पाँचवटै विकास क्षेत्रमा शान्ति सम्मेलन, राष्ट्रिय परामर्श गोष्ठी तथा पदयात्रा जस्ता कार्यक्रमका सम्पन्न भएका थिए ।

ती कार्यक्रममा भएका छलफलबाट विभिन्न समस्या र सवालहरूलाई लिएर अगाडि बढ्न सहजिकरण गर्ने र महिला अधिकारको सवालमा काम गर्ने अधिकार रक्षकहरूलाई एक ठाउँमा संगठित गर्दै उनीहरूको सुरक्षाको लागि पनि काम गर्न पर्ने आवश्यकता महशुस गरियो ।

फलस्वरुप महिला अधिकारको क्षेत्रमा अग्रपंतिमा रहेर काम गर्ने स्थानीय स्तरदेखि केन्द्रियस्तरसम्मका मानव अधिकार रक्षकहरू संगठित हुँदै आफ्ना आवाजहरू बुलन्द गर्ने क्रममा एकअर्कामा सहकार्य, समन्वय र सहयोग गर्दै अगाडि बढ्ने क्रममा महिला मानव अधिकार रक्षक सञ्जालको जन्म भयो ।

यो सहकार्य र समन्वयको अवस्थालाई अझ बलियो र व्यवस्थित गर्न सञ्जालले विभिन्न महिला अधिकारको आन्दोलनको प्रतिनित्व गर्ने संस्था तथा व्यक्तिहरू एक ठाउँमा संगठित गर्दै छलफल एवं चिन्तन गरी जुट्ने र सामूहिक आवाज निकाल्ने योजना बनाउँदै देशभर नै सञ्जाल बिस्तार गर्दै अगाडि बढ्यो ।

त्यसैबीच २०६१ माघ १९ मा तत्कालीन राजा ज्ञानेन्द्रले निरंकुश कदमसँंगै मानव अधिकारका क्षेत्रमा व्यापक प्रतिकूलता थपिए । तत्कालिन राजा ज्ञानेन्द्रको कदमका विरुद्ध देशभर भएको जन आन्दोलनमा महिला अधिकार रक्षकहरूले साहसिक र अग्रणीय भूमिका खेले ।

जनआन्दोलन २०६२\0६३ को सफलतापछि देशमा ठूलो परिवर्तन भएको छ । विभिन्न क्षेत्रमा अधिकारको आन्दोलनमा क्रियाशील महिला मानव अधिकार रक्षकहरूको राष्ट्रिय अभियान योजनाबद्ध र व्यवस्थित रूपमा अगाडि बढिरहेको छ ।

महिला हिंसा, महिला अधिकार र विभेदका विरुद्ध काम गर्ने अधिकांश महिला अधिकारकर्मीहरूको दिनप्रतिदिन जोखिम बढ्दै गैरहेको परिस्थितिमा महिला मानव अधिकारकर्मीहरू अझ बढि संगठित र बलियो बन्दै जानका लागि महिला मानव अधिकार रक्षक संजालको अभियान एक सशक्त माध्यम बनेको छ ।

महिला मानव अधिकार रक्षकहरूको राष्ट्रिय सञ्जाल समुदायदेखि राष्ट्रिय तहसम्म महिला अधिकारमैत्री वातावण निर्माण तथा संयुक्त रुपमा वकालत अभियान सञ्चालन गरी पीडितलाई समूचित न्याय दिलाउनका लागि पहल गर्ने प्रमुख लक्ष्य हासिल गर्न विभिन्न चुनौती, स्रोत, साधनको कमीका वावजुद पनि स्वयंसेवी भावनाबाट ओतप्रोत भई सदैव लागि परिरहेको छ ।

महिला मानव अधिकार रक्षकहरूको संगठित आवाज महिला मानव अधिकार रक्षकहरूको राष्ट्रिय अभियान हो ।

महिला हिंसा, महिला अधिकार र विभेदका विरुद्ध काम गर्ने अधिकांश महिला अधिकारकर्मीहरूको दिनप्रतिदिन जोखिम बढ्दै गैरहेको परिस्थितिमा महिला मानव अधिकारकर्मीहरू अझ बढि संगठित र बलियो बन्दै जानका लागि महिला मानव अधिकार रक्षक संजालको अभियान एक सशक्त माध्यम बनेको छ ।

जिल्लादेखि समुदाय तहसम्म काम गर्ने अधिकाारकर्मीहरूको संयुक्त पहलकै कारण महिला मानव अधिकार रक्षकहरूको अभियानको दायरा फैलिदै ७५ वटै जिल्लामा सञ्जालहरू विस्तार भइसकेका छन् ।

यसरीे विभिन्न विधा र क्षेत्रमा क्रियाशील देश भरीका महिलाहरूको फरक आवश्यकता र फरक सवालहरूलाई एउटै थलोमा ल्याई एक अर्काको सहयोग, समन्वय र सहकार्य गर्दै अधिकारको आन्दोलनलाई स्थानिय, राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरसम्म सवालहरूलाई पु¥याउन नेतृत्वदायि भूमिका निर्वाह गर्नुका साथै महिलाहरूको विषयगत सवालमा दक्षता अभिबृद्धि गर्ने कार्यलाई निरन्तरता दिइरहेको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

द्वन्द्व प्रभावित महिलाका कानून मन्त्रीलाई प्रश्न– १२ वर्षसम्म नपाएको न्याय कहिले पाउँछौं ?

-महिला खबर- बुधबार काठमाडौंमा भएको एक कार्यक्रममा द्वन्द्व प्रभावित महिलाहरुले कानून न्याय तथा संसदीय मामिला

महिलाहरुको अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न

विभिन्न धार्मिक ग्रन्थहरुका सकारात्मक पक्षहरुलाई सबैले मनन गरी आत्मसात् गर्नुपर्नेमा पनि सम्मेलनले जोड दिएको छ

गाउँपालिका अध्यक्षको पहलमा खोरमा थुनिएकी महिलाको उद्धार

खोरमा थुनिएकी महिलाको फोटो सामाजिक सञ्जालमा भाइरल भएपछि गाउँपालिकाले उद्धारमा चासो देखाएको हो ।

किशोरी भलिबल प्रतियोगिता हुने

सुरुआती चरणमा भलिवल खेलमा किशोरीको सहभागिता नभए पनि अहिले जिल्लामा भलिवल खेलप्रति किशोरीहरुको चासो बढ्दै

सुस्त मनस्थितिकी युवती बलात्कृत

–महिला खबर– जन्मजात देख्न र सुन्न सक्ने भए पनि ती युवती बोल्न भने सक्दिनन् ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: