वडाध्यक्षले ३० हजारमा मिलाए बलात्कारको घटना


प्रकाशित मिति :2018-11-28 13:42:07

–महिला खबर–

ललितपुर । सिन्धुपाल्चोकको पाँचपोखरीमा वडाध्यक्षको अगुवाइमा बलात्कारको घटना मिलाइको छ । सोमबार सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकाको वडा नम्बर ६ मा भएको बलात्कारको घटना वडाध्यक्ष मानबहादुर तामाङको पहलमा गाउँमै मिलाइएको हो ।

वडाध्यक्ष मानबहादुर तामाङ

सो गाउँपालिकाकी १० वर्षीया बालिका बलात्कारको घटना ३० हजार रुपैयाँमा वडा अध्यक्ष तामाङले मिलाएका हुन् । सोही ठाउँका विर्खबहादुर तामाङले भतिजी नाता पर्ने बालिकाको बलात्कार गरेका थिए ।

तामाङले सोमबार दिउँसो लप्सी खाने बहानामा एकान्त स्थानमा लगी बालिकालाई बलात्कार गरेको जनाइएको छ । बालिका बलात्कृत भइरहँदा बालिकाको बाबुले पीडकलाई रंगेहात भेटेपछि घटना बाहिर आएको थियो ।

घटना सार्वजनिक भएसँगै गाउँमा बैठक बसेर सोधपुछ गर्दा तामाङले आफूले बलात्कार गरेको कुरा गाउँलेको सामु स्वीकारेका थिए ।

बलात्कारको घटना बाहिर आएपछि गाउँलेले प्रहरीलाई खबर गरे पनि सोही वडाका वडाध्यक्ष मानबहादुर तामांङले गाउँको इज्जत जाने भन्दै घटना मिलाएका हुन् ।

पीडितलाई पीडक पक्षले ३० हजार रुपैयाँ दिने सहमति गराएर घटना लुकाएको एक स्थानीयले महिला खबरलाई बताए । (स्थानीयलाई हुन सक्ने जोखिमको कारण नाम गोप्य राखिएको छ ।)

सोही गाउँपालिका अन्तर्गत पर्ने खाल्डेचौकी प्रहरी पोष्टका प्रमुख प्रहरी सहायक निरीक्षक (असई) सन्तोषकुमार झाले बालिका बलात्कृत भएको खबर सुनेर प्रहरी सोमबार राती नै घटनास्थल पुगेपनि पीडक घरमा नभएकोले उसलाई पक्राउ गर्न नसकिएको बताए ।

‘सोमबार रातभर र मंगलबार दिनभर पीडकको खोजी गरिएपनि पीडक तामाङलाई पक्राउ गर्न सकिएको छैन’ उनले भने । बलात्कारको घटना यसरी आपसमा मेलमिलाप गरेर लुकाउन हुँदैन यसले पीडकलाई झन् आत्मबल पुग्ने छ असई झाले थपे ।

स्थानीय बासिन्दाका अनुसार सोमबार प्रहरी घटनास्थलमा पुगेपनि वडाध्यक्ष मानबहादुरले सो घटना आफूहरुले नै मिलाउने भनी प्रहरीलाई फर्काएका थिए ।

यसबारे वडाध्यक्ष मानबहादुर तामाङलाई सम्पर्क गर्न खोज्दा उनलाई सम्पर्क हुन सकेन । प्रहरीका अनुसार मंगलबार घटनास्थलमा प्रहरी पुग्दा पीडितले प्रष्ट रुपमा आफ्नो समस्या नराखेको र यस घटनालाई धेरै नउचाल्नका लागि पीडित पक्षले नै आग्रह गरिरहेको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

छहारीको राष्ट्रपतिद्वारा उद्घाटन

–महिला खबर– संविधानले नै महिलाको अधिकार सुनिश्चित गरेकाले यसको प्रभावकारी कार्यान्वयनका लागि सबै जागरुक हुनुपर्ने ।

महिनावारी श्रृष्टिको सुरुआतः मन्त्री थापा

–महिला खबर– महिनावारीका कारण महिलाले भोग्नुपरेको चर्काे विभेद विरुद्ध पुरुष सहभागिता अनिवार्य ।

निर्मला पन्त हत्याको १० महिना पुरा

बालिका पन्त २०७५ साउन १० गते साथी रोशनी बमको घरबाट घर फर्किने क्रममा बेपत्ता भएकी

हिमाल चढ्ने क्रममा श्रीमान गुमाएका महिला चढे सगरमाथा

–महिला खबर– अब आफूहरु जस्तै हिमालमा श्रीमान गुमाएका एकल महिलालाई सहयोग गर्ने लक्ष्य राखेका छन् ।

तीन महिनामा कुरीतिजन्य हिंसाका ८८ घटना

–महिला खबर– काठमाडौं । कुरीतिकै कारण ८ जनाको ज्यान गएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: