चरित्रवान छोरा


प्रकाशित मिति :2018-11-26 13:37:24

-पशुपती कुँवर-

कति बस्ने हिंसा सही, उठौं जागौं दिदी बहिनी
घर धन्दा गर्दागर्दै, सारा जीवन बिति
सुख छैन घरमा बस्दा, बाहिर जान पाइन
२४ घण्टा काम गर्दा नी, असल महिला भइन ।

घरको सारा काम गर्छौ, साथमा बच्चा पनि
हर दिन शोषण हुन्छ, सुख छैन अनि
महिला भनि हेला गर्छन्, सम्मान छैन हाम्रो
रात दिन काम गर्छौ, खाना छैन राम्रो ।

पशुपती कुँवर

अन्याय सहेर बस्छौं, पीडा लुकाइकन
महिलाले सहेर बस्नु, कस्तो यो चलन ?
पुरुष जस्तै महिला पनि, फरक किन भो ?
दोष जति महिलाले खप्नु, अत्याचार अति भो ।

बुझ्न पनि सकिदैन, के हो यस्तो चलन ?
महिलामाथि अन्याय र अत्याचारको दमन ।
कामको मुल्याङ्कन छैन, घरमा छैन हक
उठौं जागौं दिदी बहिनी, नमानेर धक ।

बलात्कार हत्या फेरि, दिनदिनै बढ्दै छन्
अत्याचार सहन गाह्रो, झुन्डेर मर्दैछन्
पुरुष हुन्छन् परनिर्भर, महिलाको भरमा
फेरि किन बस्छन् महिला, पुरुषको डरमा ?

नैतिकवान र चरित्रवान, असल बनाऊ छोरा
विभेदरहित दिगो विकास, तब हुन्छ पुरा ।।

    Comment Here!

Related NEWS
मुख्य खबर

बालबालिकाहरु यसरी सृजनशील हुँदै

पकली माविको वालक्वलले विद्यालयमा खाजामा जंक फुड ल्याउन निषेध गरेका छन् ।

गण्डकी प्रदेश भगवती न्यौपाने विजयी

-महिला खबर- पोखरा । राष्ट्रिय सभा गण्डकी प्रदेशको महिला पदमा (नेपाल कम्युनिष्ट पार्टी) नेकपाकी भगवती

प्रदेश–२ मा नेकपा–राजपा गठबन्धनकी तुलसा दाहाल विजयी

ललितपुर । राष्ट्रिय सभाको प्रदेश–२ को महिलातर्फ नेकपा–राजपा गठबन्धनकी तुलसा दाहाल विजयी भएकी छन् ।

छाउगोठमा भाइबुहारीको मृत्युपछि पक्राउ परेका छत्रलाई ४५ दिन कैद फैसला

रावतलाई भेदभाव तथा अन्य अपमानजनक व्यवहार शिर्षकमा गएको पुस १३ गते अभियन्ता पशुपती कुँवर लगायतले

बलविवाह न्यूनीकरण गर्ने प्रतिबद्धता

तुलसीपुर । दाङको शान्तिनगर र दंगीशरण गाउँपालिकामा बाल विवाह न्यूनीकरण गर्न सरोकार पक्षले प्रतिबद्धता जनाएका

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: