अष्ट्रेलिया टि–ट्वान्टी महिला विश्वकप क्रिकेटको सेमिफाइनलमा


प्रकाशित मिति :2018-11-14 15:31:36

ललितपुर । अष्ट्रेलिया वेष्ट इन्डिजमा जारी टि–ट्वान्टी महिला विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बुधबार विहान भएको खेलमा न्यूजील्यान्डलाई ३३ रनले पराजित गर्दै अष्ट्रेलिया १ खेल अघि नै विश्वकपको सेमिफाइनल प्रवेश गरेको हो । १५४ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको न्यूजील्यान्डले १७.३ ओभरमा सबै विकेटको क्षतिमा १२० रन मात्रै बनउन सकेपछि अष्ट्रेलियाले सहज जित निकालेको हो ।

न्यूजील्यान्डका लागि सुजिई बाटेसले ४८ र क्याटिय मार्टिनले २४ रन बनाएपनि अन्या खेलाडीले राम्रो रन बनाउन सकेनन् ।

बलिङतर्फ अष्ट्रेलियाकी मेगन स्कुटले ३ विकेट लिइन् ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १५३ रन बनाएको थियो । अष्ट्रेलियाका लागि अलिसा हेयलीले ५३ रनको योगदान दिएकी थिइन् ।

अष्ट्रेलियाले लगातार ३ खेलमा शतप्रतिशत नतिजा निकाल्दै ६ अंक बनाएर १ खेलअघि नै सेमिफाइनल यात्रा तय गरेको हो । समूह बी मा रहेको अष्ट्रेलियाले समूह चरणको अन्तिम खेलमा भारतसँग १७ तारिखमा खेल्नेछ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

द्वन्द्व प्रभावित महिलाका कानून मन्त्रीलाई प्रश्न– १२ वर्षसम्म नपाएको न्याय कहिले पाउँछौं ?

-महिला खबर- बुधबार काठमाडौंमा भएको एक कार्यक्रममा द्वन्द्व प्रभावित महिलाहरुले कानून न्याय तथा संसदीय मामिला

महिलाहरुको अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न

विभिन्न धार्मिक ग्रन्थहरुका सकारात्मक पक्षहरुलाई सबैले मनन गरी आत्मसात् गर्नुपर्नेमा पनि सम्मेलनले जोड दिएको छ

गाउँपालिका अध्यक्षको पहलमा खोरमा थुनिएकी महिलाको उद्धार

खोरमा थुनिएकी महिलाको फोटो सामाजिक सञ्जालमा भाइरल भएपछि गाउँपालिकाले उद्धारमा चासो देखाएको हो ।

किशोरी भलिबल प्रतियोगिता हुने

सुरुआती चरणमा भलिवल खेलमा किशोरीको सहभागिता नभए पनि अहिले जिल्लामा भलिवल खेलप्रति किशोरीहरुको चासो बढ्दै

सुस्त मनस्थितिकी युवती बलात्कृत

–महिला खबर– जन्मजात देख्न र सुन्न सक्ने भए पनि ती युवती बोल्न भने सक्दिनन् ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: