गाउँमा पुरुष नभएपछि सबै काम महिलाको ठेक्का


प्रकाशित मिति :2018-11-14 14:51:10

–प्रकाश सिंह–

बाजुरा । बडिमालिका नगरपालिका ४ ओलेन गाउँमा विकास निर्माणको जिम्मा महिलाले लिने गरेका छन् । अधिकांश पुरुष रोजगारीको लागि गाउँबाहिर हुँदा विकास निर्माणको जिम्मा महिलाले लिने गरेका छन् ।

हिजोआज पनि गाउँदेखि लेक जाने बाटोको निर्माणमा महिलाहरू जुटेका छन् । बडिमालिका ४ कि वडा सदस्य तुलसी नाथले भनिन्, ‘पुरुष पैसा कमाउन भारत गएका छन् । पुरुष नहुँदा अप्ठ्यारा काम समेत महिलाले गर्नुपरेको छ ।’ उनका अनुसार अहिले गाउँको विकास निर्माणको काम महिलाकै ठेक्का जस्तो छ ।

बडिमालिका नगरपालिका ८ मार्तडी गाउँमा पनि विकास निर्माण र सामाजिक काममा महिला नै सक्रिय छन् । ओलेनमा जस्तै त्यहाँका पुरुष पनि रोजगारीको लागि गाउँ भन्दा बाहिर रहेकाले महिलाकै काँधमा विकास निर्माणको जिम्मेवारी आएको हो ।

बडिमालिका नगरपालिका उपप्रमुख कविता बिष्टले भनिन्, ‘पुरुष कमाउन भारततिर जान्छन् । विकास निर्माणको काम सबै महिलाको भए ।’

स्वामीकार्तिक गाउँपालिका १, साप्पाटा गाउँमा बृद्ध, महिला र बालबालिका मात्रै छन् । स्थानीय शिक्षक मनबहादुर रोकाया गाउँमा मलामी जाने पुरुष समेत नरहेको बताउँछन् । उनले भने, ‘पुरुषहरू खाद्यान्नको जोहो गर्न भारत पसेका छन् । मलामी जानुपरे पनि महिला नै जानुपर्ने अवस्था छ ।’

सुदुरपश्चिममा खेती आकाशे पानीको भरमा लगाउनुपर्छ । तर, लामो समय पानी नपर्दा उत्पादन नहुने भएपछि खाद्यान्नको जोहो गर्न पुरुषहरू भारत लागेका छन् । गाउँको विकास निर्माण, अर्मपर्म लगायत सबै कामको जिम्मा महिलाले लिनुपर्ने अवस्था आएको ताजाकोट मैला गाँउपालिकाका अध्यक्ष बागदल मल्लले बताए ।

बडिमालिका नगरपालिका ४ ओलेनमा पुरुष नहुँदा विकास निर्माणको काम गदै महिला । तस्वीरः प्रकाश सिंह\बाजुरा

    Comment Here!

Related NEWS
मुख्य खबर

छहारीको राष्ट्रपतिद्वारा उद्घाटन

–महिला खबर– संविधानले नै महिलाको अधिकार सुनिश्चित गरेकाले यसको प्रभावकारी कार्यान्वयनका लागि सबै जागरुक हुनुपर्ने ।

महिनावारी श्रृष्टिको सुरुआतः मन्त्री थापा

–महिला खबर– महिनावारीका कारण महिलाले भोग्नुपरेको चर्काे विभेद विरुद्ध पुरुष सहभागिता अनिवार्य ।

निर्मला पन्त हत्याको १० महिना पुरा

बालिका पन्त २०७५ साउन १० गते साथी रोशनी बमको घरबाट घर फर्किने क्रममा बेपत्ता भएकी

हिमाल चढ्ने क्रममा श्रीमान गुमाएका महिला चढे सगरमाथा

–महिला खबर– अब आफूहरु जस्तै हिमालमा श्रीमान गुमाएका एकल महिलालाई सहयोग गर्ने लक्ष्य राखेका छन् ।

तीन महिनामा कुरीतिजन्य हिंसाका ८८ घटना

–महिला खबर– काठमाडौं । कुरीतिकै कारण ८ जनाको ज्यान गएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: