कुटपिटपछि मरी भनेर नालीमा फ्याँकिएकी किशोरी अस्पतालमा


प्रकाशित मिति :2018-11-13 16:22:01

-महिला खबर-

ललितपुर । कैलालीको गोदावरी नगरपालिका अत्तरियामा एक किशोरीलाई निर्घात कुटपिट गरिएको छ । सोमबार बिहान कलेजबाट फर्केकी १७ वर्षीया ईश्वरी चौधरीमाथी कुटपिट भएको हो ।

कुटपिटपछि मरिसकी भनेर नालीमा फ्याँकिएकी उनी होस आएपछि सडकमा गएकी थिइन् । स्थानीय व्यापारीहरुले सडकमा छटपटाइरहेको अवस्थामा चौधरीलाई देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

इलाका प्रहरी कार्यालय मालाखेतीबाट गएको प्रहरी टोलीले किशोरीलाई उपचारका लागि पद्मा अस्पताल अत्तरीयामा भर्ना गरेको थियो । अहिले चौधरीको अवस्था सामान्य रहेको इलाका प्रहरी कार्यालय मालाखेतीका इनेस्पेक्टर किसन चन्दले बताए ।

अहिले किशोरीको पद्मा अस्पतालमा उपचार भईरहेको छ भने कुटपिटमा संग्लनको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

द्वन्द्व प्रभावित महिलाका कानून मन्त्रीलाई प्रश्न– १२ वर्षसम्म नपाएको न्याय कहिले पाउँछौं ?

-महिला खबर- बुधबार काठमाडौंमा भएको एक कार्यक्रममा द्वन्द्व प्रभावित महिलाहरुले कानून न्याय तथा संसदीय मामिला

महिलाहरुको अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न

विभिन्न धार्मिक ग्रन्थहरुका सकारात्मक पक्षहरुलाई सबैले मनन गरी आत्मसात् गर्नुपर्नेमा पनि सम्मेलनले जोड दिएको छ

गाउँपालिका अध्यक्षको पहलमा खोरमा थुनिएकी महिलाको उद्धार

खोरमा थुनिएकी महिलाको फोटो सामाजिक सञ्जालमा भाइरल भएपछि गाउँपालिकाले उद्धारमा चासो देखाएको हो ।

किशोरी भलिबल प्रतियोगिता हुने

सुरुआती चरणमा भलिवल खेलमा किशोरीको सहभागिता नभए पनि अहिले जिल्लामा भलिवल खेलप्रति किशोरीहरुको चासो बढ्दै

सुस्त मनस्थितिकी युवती बलात्कृत

–महिला खबर– जन्मजात देख्न र सुन्न सक्ने भए पनि ती युवती बोल्न भने सक्दिनन् ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: