समाचार संयोजक आर्जु हमालमाथि आक्रमण


प्रकाशित मिति :2018-11-07 17:11:49

-महिला खबर-

ललितपुर । कैलालीको धनगढीमा रहेको दिनेश खबरकी समाचार संयोजक आर्जु हमालमाथि आक्रमण भएको छ ।

मंगलबार साँझ कञ्चनपुरको गुलरियाबाट रिर्पोटिङ सकेर धनगढी फर्कने क्रममा हमाल र उनीसँगै रहेका संवाददाता जनक विष्टमाथि आक्रमण भएको हो ।

उनीहरुमाथि कञ्चपुरकी अधिकारकर्मी शारदा चन्दको ‘मेरो कथा’ रेकर्डिङ सकेर फर्किरहेका बेला आक्रमण भएको हो ।

घर फर्कने बेला पूर्वपश्चिम मार्गमा पर्ने दैजीको सम्झना होटलमा नास्ता गरिरहेका बेला बेदकोट नगरपालिकाका स्थानीय केदार भनिने केशव विष्टको समूहले आर्जुमाथि यौन दुर्व्यवहार गर्न खोजेपछि विवाद भएको संवाददाता विष्टले बताएका छन् ।

विवादपछि प्रहरी र स्थानीय जनप्रतिनिधिलाई खबर गरिएको थियो र केशव विष्टले आफ्नो गल्ती भएको भन्दै आर्जु र विष्टसँग माफी मागेका थिए।

घटनापछि दुवैजना पत्रकारलाई प्रहरीले स्कटीङ गरेर दैजीपुल सम्म पुगाएको थियो । तर त्यसभन्दा अली अगाडि कञ्चनपुरकै वाणीबाट मोटरसाइकलमा पिछा गर्दै आएका दुईजना युवाले गुलरिया चोक नजिक रोक्दै दुवैजनामाथि आक्रमण गरेका हुन् ।

‘दैजीमा लफडा गर्ने तै होस्’ भन्दै मोटरसाइकल रोकेर आफूहरुमाथि कुटपिट भएको विष्टले बताए ।

घटना लगत्तै गुलरिया प्रहरीलाई पनि खबर गरेको तर प्रहरी समयमै नआएपछि कुटपिट गर्नेहरु भाग्न सफल भएका उनले बताए ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले आक्रमणकारीको खोजी भइरहेको जनाएको छ । घटनाको नेपाल पत्रकार महासंघले विज्ञप्ति निकालेर निन्दा गरेको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

एचआइभी संक्रमित मथुरालाई गंगादेवी शान्ति पुरस्कार

–महिला खबर– अछामकी मथुरा कुँवर एचआइभी संक्रमित भएपछि आफ्नै समाजबाट भएको हिंसा, लाञ्छनाका बाबजुद समाज

आफ्नै पाठेघरबाट जन्मिएकाे सन्तानलाई मेराे भन्न नपाउने ?

–डा.अरुणा उप्रेती– पाँच पाण्डव बाबुबाट जन्मेका थिए । कुन्ती र माद्रीले पाँच पाण्डवलाई नागरिकता दिलाउनु

सर्वोच्चले खाेलिदियाे जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजको नागरिकता लिने बाटाे

–महिला खबर– ललितपुर । जन्मको आधारमा नागरिकता लिएका नेपाली नागरिकका सन्तानलाई वंशजको नागरिकता वितरण गर्न सर्वोच्च

‘तान्ने प्रथा’ अझै

मञ्जुरीबिना जबरजस्ती तानेर लाने र त्यसलाई ‘मौलिक परम्परा’ ठानेर नयाँ पुस्ताले पनि चुपचाप सहिदिँदा महिलाहरू

६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गर्ने पक्राउ

–महिला खबर– झापाको बिर्तामोडमा रहेको पसलमा सामान किन्न गएकी एक बालिकालाई पसलका सञ्चालकले यौन

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: