समाजसेवी सावित्रीको ‘हिरक महोत्सव’


प्रकाशित मिति :2018-11-06 14:06:01

–महिला खबर–

ललितपुर । पूर्व प्रधान न्यायाधीश सुशिला कार्कीले नेपालमा सावित्री जङ्गम थापा जस्तै अरु महिला जन्मन आवश्यक भएको बताएकी छन् ।

समाजसेवी सावित्री जङ्गम थापाको ७५ औ जन्मोत्सवको अवसरमा आयोजना गरिएको ‘हिरक महोत्वस’मा बोल्दै उनले सो कुरा बताएकी हुन् ।

कार्कीले लामो समयदेखि समाजसेवामा आवद्ध भई गरिब र दीन दुःखीहरूको सेवामा समर्पित साहित्यकार थापाले गरेका कामको उच्च सराहना गरिन् ।

कार्यक्रममा छोरीले केही गर्न सक्दैनन् भन्ने मान्यतालाई तोड्दै २० वर्षको उमेरमा स्नातोकोत्तर गरेकी थापाले स्वास्थ्य, शिक्षा, संस्कृति, साहित्य लगायतका क्षेत्रमा कलम चलाई समाजसेवा गरेको बारे चर्चा गरियो ।

पूर्व राज्यमन्त्री कान्ता भट्टराईले महिला पुरुषभन्दा बढि शक्तिशाली हुने बताइन् । घरपरिवारलाई मिलाउदै उच्च तहसम्म शिक्षा हासिल गर्न सक्नुले पनि महिलाको साहसीपन झल्किने उनले बताइन् ।

जङ्गम प्रतिष्ठान नेपालले आयोजना गरेको ‘हिरक महोत्वस’मा सावित्रीको अभिनन्दन गरिएको थियो । विभिन्न संघसंस्था लगायतले सो अवसरमा सावित्रीलाई अभिनन्दन गरेका थिए ।

‘आत्मबोध’ उपन्यासको लोकार्पण

सोही अवसरमा समाजसेवी सावित्री जङ्गम थापाको ‘आत्मबोध’ उपन्यासको लोकार्पण गरिएको छ ।

कार्तिक १९ गते थापाको जन्मोत्सवको अवसर पारेर लोकार्पण गरिएको उपन्यास महिला सशक्तिकरणको विषयमा केन्द्रीत रहेको छ ।

नेपालमा महिलाको अवस्थाको विषयलाई उपन्यासमा समाबेश गरिएको थापाले बताइन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

धर्ना बसेका निर्मलाका परिवारको स्वास्थ्य अवस्था बिग्रदै

धर्नामा बसेका बुवा यज्ञराज पन्त, आमा दुर्गादेवी पन्त र कान्छी आमा लक्ष्मी पन्तको स्वास्थ्य अवस्था

छात्रालाई सेनेटरी प्याड

सात मावि र आठ आधारभूत विद्यालयमा ७२ प्याक सेनेटरी प्याड वितरण गरिएको छ ।

एन्जिना हत्या घटनाः दुई बालक सार्वजनिक

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख चन्द्रदेव राईले पत्रकार सम्मेलन गरी उक्त घटनाबारे जानकारी दिएका

बाल गृह र घरबाट भागेका ६ बालबालिका परिवारको जिम्मा

अधिकारको लागि बाल संरक्षण केन्द्र (सीपीसीआर) बाट भागेका चार बालक र घरबाट भागेका दुई बालिका

न्यूयोर्कमा पत्रकार मच्छेदेवी सम्मानित

अमेरिकाको न्यूयोर्कबाट प्रकाशन हुँदै आएको नेपाली पत्रिका एभरेष्ट टाइम्स १० वर्ष पुरा भई ११ औ

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: