यातना पीडितलाई बेवास्ता गरेको गुनासो


प्रकाशित मिति :2018-11-05 16:15:17

–महिला खबर–

ललितपुर । द्वन्द्वको समयमा यातना भोगेका महिलालाई राज्यले कुनै सम्बोधन नगरेको यातना पीडित महिलाहरूले गुनासो गरेका छन् ।

राज्यले मृतक, घाइते तथा अंगभंग भएकालाई सम्बोधन गरे पनि यातनाबाट आजीवन समस्या भोग्ने अवस्थामा रहेका महिलालाई बेवास्ता गरेको उनीहरूको गुनासो छ ।

मानव अधिकारका लागि महिला एकल महिला समूहले गरेको अन्तरक्रियामा सहभागी द्वन्द्वमा यातना भोगेका महिलाले उक्त गुनासो गरेका हुन् ।

द्वन्द्वको समयमा यातना भोगेकी दाङकी सुशीला चौधरीले भनिन्, ‘यातना पीडित महिलाहरू घरमै थलिएर बस्नुपर्ने अवस्था छ । सरकारले दिने राहत पनि राजनीतिक पहुँचका आधारमा वितरण हुन्छ ।’

जाजरकोटकी मैना कार्की यातना पीडितको साथै द्वन्द्वकालको विस्थापित पनि हुन् । उनले त्यतिबेला सरकार र विद्रोही दुवै पक्षबाट यातना पाएको बताईन् । राज्यले यातनाबाट पीडित महिलालाई कुनै सम्बोधन नगरेको उनको गुनासो छ ।

कार्कीले जाजरकोटमा अझैं पनि कति महिला द्वन्द्वकालमा भएको यातनाकै कारण हिँडडुल गर्न नसक्ने अवस्थामा भएको बताईन् । उनले भनिन्, ‘आजीवन औषधि सेवन गर्नुपर्ने अवस्थाका महिलाको सम्बोधन कहिले हुन्छ, थाहा छैन ।’

घाइते, अंगभंग भएकालाई राज्यले द्वन्द्व प्रभावितको सूचीमा राखे पनि यातना पीडितलाई सम्बोधन गर्ने कुनै पनि नीति तथा कार्यक्रम छैन ।

मानवअधिकारको लागि महिला एकल महिला समूहका कार्यक्रम प्रबन्धक राजिन रायमाझीले सरकारले अहिले द्वन्द्व प्रभावितका विषयलाई प्राथमिकतामा नराखेको भन्दै आफ्ना समस्याको लागि प्रभावितहरूले पनि आवाज उठाउनुपर्ने सुझाव दिईन् ।

‘द्वन्द्वका घाउ सकिइसक्यो भन्ने राज्यको बुझाइ छ’ रायमाझीले भनिन्, ‘उहाँहरूको समस्या अझैं सम्बोधन नभएकोले अब पीडितहरूले नै आफ्ना समस्याको लागि आवाज उठाउन आवश्यक छ ।’

    Comment Here!

Related NEWS
मुख्य खबर

धर्ना बसेका निर्मलाका परिवारको स्वास्थ्य अवस्था बिग्रदै

धर्नामा बसेका बुवा यज्ञराज पन्त, आमा दुर्गादेवी पन्त र कान्छी आमा लक्ष्मी पन्तको स्वास्थ्य अवस्था

छात्रालाई सेनेटरी प्याड

सात मावि र आठ आधारभूत विद्यालयमा ७२ प्याक सेनेटरी प्याड वितरण गरिएको छ ।

एन्जिना हत्या घटनाः दुई बालक सार्वजनिक

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख चन्द्रदेव राईले पत्रकार सम्मेलन गरी उक्त घटनाबारे जानकारी दिएका

बाल गृह र घरबाट भागेका ६ बालबालिका परिवारको जिम्मा

अधिकारको लागि बाल संरक्षण केन्द्र (सीपीसीआर) बाट भागेका चार बालक र घरबाट भागेका दुई बालिका

न्यूयोर्कमा पत्रकार मच्छेदेवी सम्मानित

अमेरिकाको न्यूयोर्कबाट प्रकाशन हुँदै आएको नेपाली पत्रिका एभरेष्ट टाइम्स १० वर्ष पुरा भई ११ औ

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: