झारफुकको निहुँमा बलात्कार गर्ने पक्राउ


प्रकाशित मिति :2018-11-04 14:45:50

–महिला खबर–

ललितपुर । बर्दियाको बारबर्दिया नगरपालिका–१० बैदीका ७१ वर्षीय वृद्धले झारफुकको नाममा महिलालाई बलात्कार गरेको आरोप लागेको छ ।

स्थानीय सुब्बा थारुले क्यान्सर रोग पीडित ४३ वर्षीया महिलालाई रोक निको पारिदिने भन्दै यहि कात्तिक ९ गते घरमै आएर बलात्कार गरेको पीडित महिलाले आरोप लगाएकी छिन् । थारु गाउँमा धामी झाँक्रीको काम गर्दै आएका थिए ।

पीडित महिलाले कात्तिक १६ गते इलाका प्रहरी कार्यालय बाँसगढीमा बलात्कार गरेको भन्दै थारु विरुद्ध जाहेरी दिएकी थिइन् ।
जाहेरीको आधारमा आरोपित थारुलाई प्रहरीले कात्तिक १६ गते नै पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय बाँसगढीका सई झकुप्रसाद पौडेलले पक्राउ परेका थारुलाई आज म्याद थपको लागि जिल्ला अदालत लगिएको बताए ।

पीडित महिलाको भने स्वास्थ्य परिक्षणका लागि जिल्ला अस्पताल बर्दिया पठाइएको सई पौडेलको भनाइ छ ।

पीडित महिलाले रोग ठीक हुनुभन्दा दिनानुदिन बढ्दै गएर थला पार्न थालेपछि भने चितवनल स्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा परीक्षण गराउँदा डाक्टरले क्यान्सर भएको पुष्टि गरेका थिए । उनले सोहीअनुसार उपचार गराइरहेकी छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

धर्ना बसेका निर्मलाका परिवारको स्वास्थ्य अवस्था बिग्रदै

धर्नामा बसेका बुवा यज्ञराज पन्त, आमा दुर्गादेवी पन्त र कान्छी आमा लक्ष्मी पन्तको स्वास्थ्य अवस्था

छात्रालाई सेनेटरी प्याड

सात मावि र आठ आधारभूत विद्यालयमा ७२ प्याक सेनेटरी प्याड वितरण गरिएको छ ।

एन्जिना हत्या घटनाः दुई बालक सार्वजनिक

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख चन्द्रदेव राईले पत्रकार सम्मेलन गरी उक्त घटनाबारे जानकारी दिएका

बाल गृह र घरबाट भागेका ६ बालबालिका परिवारको जिम्मा

अधिकारको लागि बाल संरक्षण केन्द्र (सीपीसीआर) बाट भागेका चार बालक र घरबाट भागेका दुई बालिका

न्यूयोर्कमा पत्रकार मच्छेदेवी सम्मानित

अमेरिकाको न्यूयोर्कबाट प्रकाशन हुँदै आएको नेपाली पत्रिका एभरेष्ट टाइम्स १० वर्ष पुरा भई ११ औ

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: