गाउँपालिका अध्यक्ष सोध्छन् – गर्भजाँच गर्नुभयो ?


प्रकाशित मिति :2018-11-04 14:05:56

–महिला खबर–

ललितपुर । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका निमा ग्यालजेन शेर्पा अध्यक्षमा निर्वाचित भएपछि पहिलोपटक यहि कात्तिकमा ७ नम्बर वडामा रहेको इचोक स्वास्थ्य चौकी पुगे ।

प्रसूति गृह पुगेपछि त्यहाँ सुत्केरी गराउन पुग्ने महिलाको विवरण मागे । प्रसूति गृह प्रमुखले तथ्याङ्क देखाए, गतवर्ष २ जनाले प्रसूति सेवा लिए ।

              निमा ग्यालजेन शेर्पा

गाउँपालिकाभरमा हुने सुत्केरीको संख्या दुई मात्रै त हुँदै होइन । त्यसैले उनलाई हिजोआज आफ्नो गाउँपालिकाका महिलाको स्वास्थ्य अवस्थाले चिन्तित बनाउन थालेको छ ।

उनी महिला भेट्यो कि तिनका गर्भावस्था, सुत्केरी अवस्था र अहिलेको स्वास्थ्यको अवस्थाबारे जानकारी लिन थालिहाल्छन् । गाउँमा पुरुषका अघि यस्ता गर्नुहुन्न भन्ने मान्यता छ ।

गाउँपालिकाकै अध्यक्षको कुरा सुन्दा केही महिला लाजले शिर निहुराउँछन् त कोही जावाफ दिन्छन् ।

उनले सोध्ने प्रश्न यस्ता हुन्छ – ‘तपाई गर्भवती हुँदा जँचाउन अस्पताल जानुभयो ? गर्भ जाँच गर्नुभयो/गर्नुहुन्छ ? सुत्केरी हुन स्वास्थ्य संस्था जानुहुन्छ कि घरमै ?’

हेलम्बु गाउँपालिकाको वडा नम्बर ७ इचोककोे स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर गृह छ । २०७४ असारदेखि स्थापना भएको बर्थिङ सेन्टरले एक पटकमा दुई जनासम्मलाई सेवा दिन सक्छ । गृहमा दुई वटा शैय्या पनि छ । तर सेवा लिन महिला स्वास्थ्य संस्था जाँदैनन् ।

‘यहाँका अधिकांश महिला अहिले पनि घरमै सुत्केरी हुन्छन् । स्वास्थ्य संस्था जानुपर्छ भन्दा समेत उनीहरु जाँदैनन् ।’ अध्यक्ष शेर्पाले भने, ‘कतिपयको घरपरिवारले समेत यो कुरा मान्दैनन् भने कतिपय गर्भवती महिला आफै जान मान्दैनन् ।

अध्यक्ष शेर्पाका अनुसार हेलम्बु गाउँपालिकाभित्र एक वर्षको अवधिमा कम्तिमा ३ सय जना महिला सुत्केरी हुन्छन् । ‘तर स्वास्थ्य संस्थामा आएर २ जना महिलाले मात्रै बच्चा जन्माउँदा मलाई दुःख लाग्यो ।’ अध्यक्ष निमा ग्यालजेन शेर्पाले भने ।

दलित र जनजाती बढी बसोबास रहेको सो गाउँपालिकामा बच्चा जन्माउन स्वास्थ्य संस्था जानुपर्छ भन्ने कुरा थाहा पाएपनि उनीहरुले सुरक्षित प्रसूति सेवालाई प्राथमिकतामा राख्दैनन् ।

पहिलेदेखि घरमै बच्चा जन्माउने चलन रहेकाले अहिलेको नयाँ पुस्ता पनि स्वास्थ्य संस्था आउन नमानेको अध्यक्ष शेर्पाको भनाइ छ ।
अहिले गाउँपालिकाको जुनसुकै ठाउँमा कार्यक्रम हुँदा पनि आफुले यो कुरालाई प्रमुखताका साथ उठाउने गरेको उनले बताए ।

                                                                                                   इचोक स्वस्थ्य चौकी

‘सबै घरघरमा जान समयले नि भ्याउँदैन तर, हरेक कार्यक्रममा मैले यो कुरा उठाउँछु’ अध्यक्ष शेर्पाले थपे, ‘अरु जनप्रतिनिधिलाई पनि सार्वजनिक कार्यक्रममा महिला गर्भवती भइसकेपछि नियमित गर्भजाँच र सुत्केरी हुन स्वास्थ्य संस्थामा जानुपर्छ भन्ने सन्देश दिन आग्रह गरेको छु ।’

सिरेसे हेल्थ पोष्टका अनमी जसमाया जिरेलका अनुसार सिन्धुपाल्चोकमा गर्भवती महिलाले नियमित गर्भ जाँच गरेबापत तीन हजार रुपैयाँ र न्यानो कपडा पाउँछन् । उनले भनिन्, ‘यहाँका महिला सुत्केरी हुन स्वास्थ्य संस्थामा भने आउँदैनन् ।’

गाउँपालिकाले स्वास्थ्य संस्थामै बच्चा जन्माउने महिलालाई थप ३ हजार प्रोत्साहन भत्ता दिने, ब्यथा लागेको महिलाको घरमा एम्बुलेन्स पठाउने, बर्थिङ सेन्टरमा बच्चा जन्माउन असम्भव हुँदा अन्त रिफर गर्ने लगायतका सेवा उपलब्ध गराउँदै आएको छ ।

गाउँपालिकाले स्वास्थ्य संस्थामै बच्चा जन्माउनुपर्छ भन्ने सचतेना जगाइसकेपछि अहिले २ महिनाको अवधीमा इचोक हेल्थपोष्टमा ९ जना महिलाले प्रसूति गराएका अनमी सरिता खनालले बताइन् । भने वडा नम्बर ५ मा रहेको सिरेसे हेल्थ पोष्टमा २ जना महिलाले स्वास्थ्य संस्थामा गएर बच्चा जन्माएका उनले जानकारी दिईन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

‘म घरको काम गर्छु’

–महिला खबर– ललितपुर । अति भो ! आउनुस् महिला तथा बालबालिका माथि हुने हिंसा बिरुद्ध हामी

छाउगोठमा आमा र दुई छोराको ज्यान गएकोबारे अध्ययन गर्न संसदीय समिति

–यशोदा अधिकारी– ललितपुर । बाजुरामा छाउपडी बस्दा ज्यान गुमाएकी अम्बा बोहरा र उनका दुई छोराको मृत्यु

सञ्चारमा महिला सहभागिता बढाउन माग

सञ्चार गृह अहिले पनि पत्रकार महिलालाई, महिलाका विषयबस्तु भन्दा अरु कुरामा रिपोर्टिङ्ग गर्न दिन डराउने

अधिकारकर्मी भूमिका श्रेष्ठको आत्मकथा सार्वजनिक

-महिला खबर- लतिपुर । तेस्रोलिंगीलाई बुझ्ने माध्यमको रुपमा यो किताब कोशेढुंगा हुनेमा बिश्वास ।

बेचिएर कुवेत पुगेकी युनिकाले भनिन्, ‘मम्मी नेपाल फर्किन पाइन भने म मर्छु’ (अडियोसहित)

-उमा पौडेल- ‘मम्मी म त मर्छु होला । ४ जना बच्चा हेर्नुपर्छ । तीनवटालाई काखमा

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: