साइबर अपराध : ९९ प्रतिशत महिला पीडित


प्रकाशित मिति :2018-11-02 16:41:18

–महिला खबर–

ललितपुर । साइबर अपराधका घटनामा ९९ प्रतिशत महिला तथा बालबालिका पीडित हुने गरेका छन् ।

महानगरीय अपराध अनुसन्धान महाशाखा टेकुको सामाजिक अपराध शाखामा उजुरी परेका अधिकांश साइबर अपराधका उजुरीमा महिला, बालिका, किशोरी पीडित हुने गरेका छन् ।

अपराध महाशाखाका एसपी नरेन्द्रप्रसाद उप्रेती भन्छन्, ‘साइबर अपराधका ९९ प्रतिशत घटनामा महिला पीडित भएको देखिन्छ । यस्ता घटनामा गाली गलौज, अश्लिल फोटो पठाउने, बेइज्जती गर्ने, ब्ल्याक मेलिङ गर्ने गरेको पाइएको छ ।’

एसपी उप्रेती छुट्टै साइबर ऐन नहुँदा साइबर अपराधका उजुरीलाई विद्युतीय कारोबार ऐन अन्तरगत मुद्दा चलाउने गरेको बताउँछन् ।

सामाजिक अपराध तथ्यांक शाखाका अनुसार तीन महिनाको अवधिमा साइबर अपराधका १७ वटा उजुरीमा मुद्दा चलिरहेको छ । जसमध्ये साउनमा ६, भदौमा ६ र असोजमा ५ वटा उजुरीमा मुद्दा चलेको उनले बताए ।

यस्तै प्रहरीको तथ्यांक अनुसार आर्थिक वर्ष २०७२/७३ मा १७, २०७३/७४ मा २२ र २०७४/७५ मा ५० वटा उजुरीमा मुद्दा चलाइएको थियो । जसमा अधिकांश महिला, बालिका र किशोरी पीडित रहेका थिए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

‘म घरको काम गर्छु’

–महिला खबर– ललितपुर । अति भो ! आउनुस् महिला तथा बालबालिका माथि हुने हिंसा बिरुद्ध हामी

छाउगोठमा आमा र दुई छोराको ज्यान गएकोबारे अध्ययन गर्न संसदीय समिति

–यशोदा अधिकारी– ललितपुर । बाजुरामा छाउपडी बस्दा ज्यान गुमाएकी अम्बा बोहरा र उनका दुई छोराको मृत्यु

सञ्चारमा महिला सहभागिता बढाउन माग

सञ्चार गृह अहिले पनि पत्रकार महिलालाई, महिलाका विषयबस्तु भन्दा अरु कुरामा रिपोर्टिङ्ग गर्न दिन डराउने

अधिकारकर्मी भूमिका श्रेष्ठको आत्मकथा सार्वजनिक

-महिला खबर- लतिपुर । तेस्रोलिंगीलाई बुझ्ने माध्यमको रुपमा यो किताब कोशेढुंगा हुनेमा बिश्वास ।

बेचिएर कुवेत पुगेकी युनिकाले भनिन्, ‘मम्मी नेपाल फर्किन पाइन भने म मर्छु’ (अडियोसहित)

-उमा पौडेल- ‘मम्मी म त मर्छु होला । ४ जना बच्चा हेर्नुपर्छ । तीनवटालाई काखमा

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: