हत्यारा लाेग्ने !


प्रकाशित मिति :2018-11-02 15:19:50

-महिला खबर-

ललितपुर । रुपन्देहीमा श्रीमानले बञ्चरोले हानेर श्रीमतीको हत्या गरेको दुई दिन नहुँदै गुल्मीमा श्रीमानले श्रीमतीको हत्या गरेका छन् ।
गुल्मीको मदाने गाउँपालिका ६, पनाहाका ३२ वर्षका दुर्गा नेपालीले श्रीमती सीताको हत्या गरेका हुन् ।

नेपालीले शुक्रबार बिहान श्रीमती सीतालाई कुटपिट गरी हत्या गरेका थिए । श्रीमतीको हत्या गरेर नेपाली फरार भएका गुल्मी प्रहरीले जनाएको छ ।

श्रीमतीको हत्या गरेको जानकारी थाहा हुने बित्तिकै प्रहरी घटनास्थल तर्फ गइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका एसपी दिपकुमार बस्नेतले बताए ।

हत्या किन गरियो भन्नेबारे घटना स्थलमा पुगेपछि मात्रै थाहा हुने भएकोले अहिले केही भन्न नसकिने उनको भनाइ छ । श्रीमतीको हत्या गरी फरार भएका दुर्गाको खोजी भइरहेको उनले बताए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

‘म घरको काम गर्छु’

–महिला खबर– ललितपुर । अति भो ! आउनुस् महिला तथा बालबालिका माथि हुने हिंसा बिरुद्ध हामी

छाउगोठमा आमा र दुई छोराको ज्यान गएकोबारे अध्ययन गर्न संसदीय समिति

–यशोदा अधिकारी– ललितपुर । बाजुरामा छाउपडी बस्दा ज्यान गुमाएकी अम्बा बोहरा र उनका दुई छोराको मृत्यु

सञ्चारमा महिला सहभागिता बढाउन माग

सञ्चार गृह अहिले पनि पत्रकार महिलालाई, महिलाका विषयबस्तु भन्दा अरु कुरामा रिपोर्टिङ्ग गर्न दिन डराउने

अधिकारकर्मी भूमिका श्रेष्ठको आत्मकथा सार्वजनिक

-महिला खबर- लतिपुर । तेस्रोलिंगीलाई बुझ्ने माध्यमको रुपमा यो किताब कोशेढुंगा हुनेमा बिश्वास ।

बेचिएर कुवेत पुगेकी युनिकाले भनिन्, ‘मम्मी नेपाल फर्किन पाइन भने म मर्छु’ (अडियोसहित)

-उमा पौडेल- ‘मम्मी म त मर्छु होला । ४ जना बच्चा हेर्नुपर्छ । तीनवटालाई काखमा

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: