कहिले पत्ता लाग्छ निर्मलाको हत्यारा ?


निर्मला हत्याको सय दिन पूरा

प्रकाशित मिति :2018-11-02 15:10:06

-महिला खबर-

ललितपुर । कञ्चनपुरको भीमदत्त नगरपालिकाकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको आज एक सय दिन पूरा भएको छ । तर, हत्यारालाई अहिलेसम्म पक्राउ गर्न सकिएको छैन ।

दोषी पत्ता लगाइ कारबाही गर्न देशभरबाट दबाब आएपनि प्रहरीले अनुसन्धान मात्रै जारी रहेको जनाएको छ । प्रहरीले अनुसन्धानको प्रगति देखाउन नसक्दा नागरिकहरुले प्रहरीले नै दोषी लुकाएको आरोप पनि लगाइरहेका छन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसन्धान अधिकृत डीएसपी कृष्णराज ओझा अनुसन्धान भइरहेको तर, यहाँ पुग्यो भन्ने अवस्था नभएको बताउँछन् ।

केन्द्रदेखि जिल्लासम्म थुप्रै टोली अनुसन्धानमा खटिएको बताउँदै निर्मला हत्याको दोषी पत्ता लगाउन प्रहरीले सम्पूर्ण शक्ति लगाएको उनको भनाइ छ ।

निर्मला पन्त हत्याको छानबिनमा लापरवाही गरेको आरोपमा सरकारले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका तत्कालिन प्रहरी प्रमुख एसपी डिल्लीराज विष्ट र इन्स्पेक्टर जगदिश भट्टलाई बर्खास्त गरेको पनि गरेको छ ।

तर, प्रहरीको बर्खास्ती उपलब्धी हो कि निर्मलाको हत्यारा पक्राउ गर्नु भन्ने प्रश्न पनि उठिरहेका छन् । सरकार हत्यारा पत्ता लगाउन भन्दा अन्य विषयमा प्रहरी लागेको आरोप निर्मलाका परिवारको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

एचआइभी संक्रमित मथुरालाई गंगादेवी शान्ति पुरस्कार

–महिला खबर– अछामकी मथुरा कुँवर एचआइभी संक्रमित भएपछि आफ्नै समाजबाट भएको हिंसा, लाञ्छनाका बाबजुद समाज

आफ्नै पाठेघरबाट जन्मिएकाे सन्तानलाई मेराे भन्न नपाउने ?

–डा.अरुणा उप्रेती– पाँच पाण्डव बाबुबाट जन्मेका थिए । कुन्ती र माद्रीले पाँच पाण्डवलाई नागरिकता दिलाउनु

सर्वोच्चले खाेलिदियाे जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजको नागरिकता लिने बाटाे

–महिला खबर– ललितपुर । जन्मको आधारमा नागरिकता लिएका नेपाली नागरिकका सन्तानलाई वंशजको नागरिकता वितरण गर्न सर्वोच्च

‘तान्ने प्रथा’ अझै

मञ्जुरीबिना जबरजस्ती तानेर लाने र त्यसलाई ‘मौलिक परम्परा’ ठानेर नयाँ पुस्ताले पनि चुपचाप सहिदिँदा महिलाहरू

६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गर्ने पक्राउ

–महिला खबर– झापाको बिर्तामोडमा रहेको पसलमा सामान किन्न गएकी एक बालिकालाई पसलका सञ्चालकले यौन

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: