राजकुमारीको पदवी छोडेर प्रेमीसँग विवाह


प्रकाशित मिति :2018-10-30 16:24:18

ललितपुर । जापानी राजकुमारी आयाकोले आफ्ना प्रेमीसँग विवाह गर्न राजकुमारी पद त्यागेकी छिन् । २८ वर्षीया राजकुमारी अायाकाेले साेमबार प्रेमी ३२ वर्षीय केई माेरियासँग विवाह गरेकी हुन् ।

उनले गत गृष्ममै राजकुमारी पद त्याग्ने घाेषणा गरेकी थिइन् । मोरिया राज खानदानका होइनन् । उनी जहाज कम्पनीमा काम गर्छन्। सोमबार एक मन्दिरमा परम्परागत  चलनअनुसार उनीहरूको विवाह भएको हाे ।

राजकुमारीका आयाकोको जिजुबुवा सम्राट मेइजीको नाममा बनाइएको मन्दिरमा भएको विवाह समारोहमा राजकुमारी परम्परागत पोशाक किमोनो लगाएर आएकी थिइन् दुलाहा मोरियाले कालो कोट र खैरो पाइन्ट लगाएका थिए ।

‘म उनीसँग विवाह गर्न पाउँदा र धेरै जना यहाँ आएर हामीलाई बधाई दिँदा हर्षविभोर छु,’ विवाह समारोहपछि राजकुमारीले भनिन्।

तीन पुस्तादेखि जापानी राजपरिवारले आफूले चाहेकासँग विवाह गर्न स्वतन्त्रता दिँदै आएको छ। सम्राट अकिहितोले पहिलो पटक आमकेटीसँग विवाह गरेका थिए।

पछि उनी साम्राज्ञी मिचिको बनिन्। अकिहितो र मिचिकोको भेट अदालतमा भएको थियो।

यसअघि गत वर्ष पनि राजकुमारी माकोले पनि प्रेमीसँग विवाह गर्ने भन्दै पदवी त्याग गरेकी थिइन् ।

जापानी राजपरिवारकी छोरी मान्छेले आम मान्छेसँग विवाह गर्दा राजपरिवारको पद त्याग्नुपर्छ। जापानको उत्तराधिकार कानुन अनुसार आयाकोले राजकुमारी पद त्यागेकी हुन्। विवाहसम्बन्धी कागजातमा हस्ताक्षर गरेपछि उनले श्रीमानको थर पाउने छिन्।

जापानको राजपरिवारमा पुरूषको कमी छ। युवराज नारूहितो, जो अर्को वर्ष अकिहितोले सिंहासन छोडेपछि सम्राट बन्दैछन्, उनका भाइ फुमिहितो, उनका भतिजाहरू हिसाहितो र मासाहितो र सम्राटका ८० वर्षीय भाइमात्र सिंहासनका उत्तराधिकारी छन्।

आमकेटासँग विवाह गरेकी आयाकोले राजपरिवारबाट खर्चबापत् ९ लाख ५० हजार अमेरिकी डलर पाउने जनाइएकाे छ ।

साभार : एजेन्सी

    Comment Here!

Related NEWS
मुख्य खबर

एचआइभी संक्रमित मथुरालाई गंगादेवी शान्ति पुरस्कार

–महिला खबर– अछामकी मथुरा कुँवर एचआइभी संक्रमित भएपछि आफ्नै समाजबाट भएको हिंसा, लाञ्छनाका बाबजुद समाज

आफ्नै पाठेघरबाट जन्मिएकाे सन्तानलाई मेराे भन्न नपाउने ?

–डा.अरुणा उप्रेती– पाँच पाण्डव बाबुबाट जन्मेका थिए । कुन्ती र माद्रीले पाँच पाण्डवलाई नागरिकता दिलाउनु

सर्वोच्चले खाेलिदियाे जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजको नागरिकता लिने बाटाे

–महिला खबर– ललितपुर । जन्मको आधारमा नागरिकता लिएका नेपाली नागरिकका सन्तानलाई वंशजको नागरिकता वितरण गर्न सर्वोच्च

‘तान्ने प्रथा’ अझै

मञ्जुरीबिना जबरजस्ती तानेर लाने र त्यसलाई ‘मौलिक परम्परा’ ठानेर नयाँ पुस्ताले पनि चुपचाप सहिदिँदा महिलाहरू

६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गर्ने पक्राउ

–महिला खबर– झापाको बिर्तामोडमा रहेको पसलमा सामान किन्न गएकी एक बालिकालाई पसलका सञ्चालकले यौन

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: