रुढ मान्यता भत्काउँदै शान्तिले मनाइन् दसैँ


प्रकाशित मिति :2018-10-22 15:46:25

–महिला खबर–

ललितपुर । तपाईले यो वर्षको दसैँ कसरी मनाउनु भयो ? आफन्त कहाँ गई भेटघाट गरि, मिठो मसिनो खाई, टीका जमरा लगाई मनाउनुभयो होला ।

तपाईंले झैं अधिकांशले दसैँ मनाए । सामाजिक सञ्जालमा छाएका तस्वीरले पनि यि कुरा देखाउँछ ।

तर बझाङकी एक महिलाले भने फरक तरिकाले दसैँ मनाईन् । बझाङकी शान्ती बोहरा पुजारा क्षेत्री समुदायकी हुन् । उनको परिवार पनि छन् ।

उनले भने यो वर्षको दसैँ फरक तरिकाले मनाईन् । दलितलाई छोए छिटो हाल्ने चलनको विरोधमा उनले दसैँ मनाएकी हुन् ।

नेपाल जातिय छुवाछुत मुक्त राष्ट्र हो तर, दलितले छोएको पानी अहिले पनि चल्दैन । सुदुरपश्चिमका कतिपय जिल्लामा त अझै दलितलाई छोए छिटो हाल्ने चलन छ ।

यसैले पनि यहाँका अन्य महिला भन्दा दलित महिला बढी हिंसामा पर्ने गर्छन् । दलित महिलाहरुलाई गैरदलितहरुबाट बढी हिंसा हुने गर्दछ ।

यो अवस्था हटाउन शान्ति बोहराले यो वर्षको दसैँ दलितको हातबाट टीका थापेर मनाएकी हुन् । बझाङको सुर्मा गाउँपालिका वडानम्बर १ की शान्तिले सोही गाउँपालिका ३ मा रहेको दलितसँग दसैँ मनाएकी हुन् ।

गैरी गाउँको दलित बस्तीका करन दमाइ, दीपक दमाइ लगायतका दलीतहरुसँगै खाना खाइ टीका र जमरा लगाइ दसैँ मनाएको उनले बताइन् ।

नेपाल महिला संघ बझाङकी अध्यक्ष समेत रहेकी शान्ती भन्छिन्, ‘हाम्रो समाज रुढ परम्परामा रुमल्लिएको छ । दलित भनेपछि उनीहरुलाई हेर्ने दृष्टीकोण नै फरक छ । यही परम्रालाई तोड्न मैले यो कदम चालेकी हुँ ।’

गाउँमा दलित र क्षेत्री बाहुनहरुको हिँड्ने बाटो फरक छ । पानीका धाराहरु फरक छन् । दलितमाथि गरिने थिचोमिचो पनि उस्तै छ ।

अहिलेपनि दलितलाई गरिने व्यवहार हेपाह प्रवृत्तीको भएकाले दलितहरुसँग दसंैँमनाएको उनले बताइन् ।

सुर्मा गाउँपालिकामा ठुलो सुर्माको मन्दिर छ । त्यो मन्दिरमा महिलाले जान पाउदैनन् । त्यहीं मन्दिरको पुजारी त्यहाँका पुजारा थरका मानिस हुन् ।

एउटा पुजारीको छोरीले दलितसँग दसैँ मनाउँदा गाउँका अन्य मान्छेले उनलाई फरक दृष्टिकोणले हेरे । उनकै आफन्तले समेत उनलाई दलित भन्न भ्याए ।

भन्छिन,‘मलाई हेर्ने समाजको नजर अहिले राम्रो छैन । अनेक थरीका कुरा काट्छन् । तल्लो माथिल्लोे घरका मान्छेले समेत मलाई राम्रो मान्दैनन् । दलितसँग दसैँ मनाएकोमा उनलाई अहिले कसैले राम्रो नमानेका उनले बताइन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

‘म घरको काम गर्छु’

–महिला खबर– ललितपुर । अति भो ! आउनुस् महिला तथा बालबालिका माथि हुने हिंसा बिरुद्ध हामी

छाउगोठमा आमा र दुई छोराको ज्यान गएकोबारे अध्ययन गर्न संसदीय समिति

–यशोदा अधिकारी– ललितपुर । बाजुरामा छाउपडी बस्दा ज्यान गुमाएकी अम्बा बोहरा र उनका दुई छोराको मृत्यु

सञ्चारमा महिला सहभागिता बढाउन माग

सञ्चार गृह अहिले पनि पत्रकार महिलालाई, महिलाका विषयबस्तु भन्दा अरु कुरामा रिपोर्टिङ्ग गर्न दिन डराउने

अधिकारकर्मी भूमिका श्रेष्ठको आत्मकथा सार्वजनिक

-महिला खबर- लतिपुर । तेस्रोलिंगीलाई बुझ्ने माध्यमको रुपमा यो किताब कोशेढुंगा हुनेमा बिश्वास ।

बेचिएर कुवेत पुगेकी युनिकाले भनिन्, ‘मम्मी नेपाल फर्किन पाइन भने म मर्छु’ (अडियोसहित)

-उमा पौडेल- ‘मम्मी म त मर्छु होला । ४ जना बच्चा हेर्नुपर्छ । तीनवटालाई काखमा

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: