‘श्रीमती’ को रूपमा बेचिँदै कलिला छोरीहरू


प्रकाशित मिति :2018-10-22 11:09:38

ललितपुर । नाइजेरियामा एउटा परम्परा छ । जसलाई ‘पैसाको लागि विवाह’ नामले चिनिन्छ । उक्त परम्परामा आमाबाबुले लिएको ऋण तिर्न पाँच वर्षका कलिला छोरीहरू समेत बेचिने गरेका छन् ।

क्रस नदी प्रान्तको गाउँमा एउटा पुरातन परम्पराले निरन्तरता पाइराखेको छ । बाल अधिकारकार्मीहरूले यो प्रथाले साना केटीहरूको दासत्व र यौन शोषणयुक्त जीवन बिताउन बाध्य पारेको जनाएका छन् । उनीहरुले यसको भत्सर्ना पनि गरेका छन् ।

पाँच वर्षकी मिराकलको केही हप्ता अघि पैसाको लागि विवाह गरिएको थियो । उनी अहिले क्रिश्चियन धार्मिक समूहसँग बस्छिन् । उनीे पैसाको लागि गरिने विवाहको ज्वलन्त उदाहरण हुन् ।

उनलाई आफ्नी दिवंगत किशोरी दिदीको बदलामा खरिद गरिएको थियो । उनको नयाँ मालिकको बच्चा थिएन । अर्कीे किशोरी रोज इनाइट भने भाग्यशाली बन्न पुगिन् किनभने उनको नौ वर्ष पहिले उद्धार गरिएको थियो ।

‘म दश वर्षकी थिएँ जतिबेला उनीहरुले मलाई बेचे । मेरो बुबाको मृत्यु हुँदा म सात वर्षकी थिएँ । म दश वर्षको हँंदा उनीहरुले मलाई लगे’ उनले भनिन् ।

त्यहाँका एक सामुदायिक नेता ओनोमाटोपी सनडे आईचीलले बताएअनुसार यो अभ्यास प्रतिबन्धित भइसकेको छ ।

‘यो अभ्यास प्रचलनमा थियो । मेरो विचारमा यो सन् १९९० को दशकतिर बन्द भएको थियो । पैसाले किनिने श्रीमतीको बारेमा उनीहरू जे बोल्दैछन् त्यो होइन ।’ आईचीलले भने – मान्छेहरू बाहिर आउँछन् र बिहे गर्न एउटा महिला खोजिरहेको कुरा यसरी भन्दै हिँड्दैनन् ।’

उनले अझ थपे, ‘यो तब हुन्छ जब परिवारमा कोही बिरामी हुन्छन् वा प्रहरीको मामलामा तानिन्छन्, त्यसपछि उनीहरूले पैसा सापटी लिन्छन् । तर सबैभन्दा धेरै चैं कर तिर्नको लागि पैसा सापटी लिने गरेको पाइन्छ ।’

एउटा मालिकबाट अर्कोमा हस्तान्तरण गरिने हुँदा ती किनिएका पत्नीहरूले दासत्व र यौन शोषणमा दशकौं बिताउनु पर्ने हुन्छ ।

धार्मिक समूहमा रिचर्ड अकोनमले बेचिएका केटीहरूलाई उद्दार गर्न आफ्नो समय समर्पित गरेका छन् । नौ वर्षमा उनले २१ जना किशोरीलाई मुक्त गराएका छन् ।

‘एउटा पुरूष सिधै एउटा केटीलाई किन्न जान्छ । एक बाबुले उसको छोरी जन्मिनुअघि नै पैसा लिएर उसको बिहेको निर्णय गर्दिन सक्छ । त्यो पुरूष ४० वर्षसम्म पनि पर्खेर बस्नेछ । यदि त्यो मानिस मर्यो भने उसका भाइहरूले आफ्नो दाइको किनिएकी श्रीमती पाउन सक्छन्’ अकोनमले भने ।

यसरी दासको रूपमा बेचिएका किशोरीहरू मध्ये निकै कमको मात्रै उद्दार हुने गरेको छ ।

पीडितहरूलाई सहयोग गर्न काम गरिरहेका संगठनहरूले उनीहरूलाई धेरै पटक धम्की आएको काम रोकिन सक्ने चेतावनी दिइएको बताएका छन् ।

साभाार–अलजजिरा

    Comment Here!

Related NEWS
मुख्य खबर

‘म घरको काम गर्छु’

–महिला खबर– ललितपुर । अति भो ! आउनुस् महिला तथा बालबालिका माथि हुने हिंसा बिरुद्ध हामी

छाउगोठमा आमा र दुई छोराको ज्यान गएकोबारे अध्ययन गर्न संसदीय समिति

–यशोदा अधिकारी– ललितपुर । बाजुरामा छाउपडी बस्दा ज्यान गुमाएकी अम्बा बोहरा र उनका दुई छोराको मृत्यु

सञ्चारमा महिला सहभागिता बढाउन माग

सञ्चार गृह अहिले पनि पत्रकार महिलालाई, महिलाका विषयबस्तु भन्दा अरु कुरामा रिपोर्टिङ्ग गर्न दिन डराउने

अधिकारकर्मी भूमिका श्रेष्ठको आत्मकथा सार्वजनिक

-महिला खबर- लतिपुर । तेस्रोलिंगीलाई बुझ्ने माध्यमको रुपमा यो किताब कोशेढुंगा हुनेमा बिश्वास ।

बेचिएर कुवेत पुगेकी युनिकाले भनिन्, ‘मम्मी नेपाल फर्किन पाइन भने म मर्छु’ (अडियोसहित)

-उमा पौडेल- ‘मम्मी म त मर्छु होला । ४ जना बच्चा हेर्नुपर्छ । तीनवटालाई काखमा

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: