‘रङ्ग नम्बर’


प्रकाशित मिति :2018-10-17 16:39:09

जिब्राका स्वादका निम्ति स्वास हरण गर्ने ?
भाकलरुपी भ्रष्टाचार गर्ने ?
धर्मको लिई आडा व्यवसाय गर्ने ?
शास्त्रार्थको आडा स्वार्थपूर्ति गर्ने ?

संजय खड्का

के धरती र आकाश तेरो मात्र हो ?
के चन्द्रमा र सूर्य तेरो मात्र हो ?
के जल र पवन तेरो मात्र हो ?
कि उसको पनि हो ?
के म चाहिँ तेरो मात्र हो
कि उसको पनि हो ?

आफैद्वारा सिर्जित सृष्टिमाझ
म कसरी विभेद गर्न सक्छु ?
आफ्नै खुनको खुन
म कसरी माग्न सक्छु ?

आफ्नो निजी स्वार्थका निम्ति
तैंंले के के गरिस् ?
आफैंद्वारा बुनिन पुगेको अन्धविश्वासको
कालो जालमा कसरी फसिस् ?
कसले सुनायो तँलाई दिग्भ्रमित कथा
कसरी सुरु भो यो कुप्रथा ?

‘जैसी करनी वैसी भरनी’
बुझ्या छ कि छैन ?
स्वार्थ प्रेरित र मिथ्या केन्द्रित विचार
छोड्नु छ कि छैन ?
हे,
मनुष्यलोकीय मनुष्य
मनुष्ययता छ कि छैन ?
छ भने,
पशुको होइन, पशुत्वको बलि दिन सक्छस् ?
अहंकार, काम, क्रोधको बलि दिन सक्छस् ?
लोभ, मोह, घृणाको बलि दिन सक्छस् ?
जनहितका लागि आफ्नो स्वार्थको बलि दिन सक्छस् ?
हे मनुष्य,
बलि प्रथाको ‘रङ्ग नम्बर’ रोक्न सक्छस् ?

    Comment Here!

Related NEWS
मुख्य खबर

उपसभामुख बीच अब भिडियो कुराकानी

–महिला खबर– ललितपुर । संघीय संसद र प्रदेश संसदका उपसभामुख बीच बिद्युतीय रुपमा सम्बाद शुरू भएको

पुरुष सभामुखले जब संसद चलाइरहेकै बेला शिशुलाई दूध ख्वाए

एजेन्सी । संसदमा चर्काचर्की बहस चलिरहेकै बेला न्युजिल्याण्डका सभामुखले बच्चालाई दूध खुवाएर बसेका छन्।

छाउगोठ हैन छाउसोच भत्काउँ

-राधिका सापकोटा-  २०७४ असार १ गते म विहान देखि नै अफिसको काममा थिए । जिल्लामा सिन्धुपाल्चोक

बलात्कारको मुद्दा मिलापत्र गर्न खोज्ने ८ जना पक्राउ

–महिला खबर– नेपालगन्ज । बाँकेको कोहलपुर नगरपालिकामा ६ वर्षीया बालिका बलात्कारको मुद्दामा मिलापत्रको प्रयास गर्नेहरूलाई प्रहरीले

अधिकारकर्मीको दबाब : महिला आयोगमा छिटो नियुक्ति गर

–महिला खबर– ललितपुर । राष्ट्रिय महिला आयोग २२ महिनादेखि पदाधिकारीविहीन भएपछि सरोकारवालाले चासो देखाएका छन्।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: