समाजवादी आन्दोलन जरुरीः गृहमन्त्री


प्रकाशित मिति :2018-10-12 16:45:21

-महिला खबर-
ललितपुर । गृहमन्त्री राम बहादुर थापाले समृृद्ध समाज निर्माणका लागि अब स्थानीय स्तरबाटै आन्दोलन सुरु गर्नुपर्ने बताएका छन् ।

स्वस्थ, सभ्य, सदाचारी र अपराधमुक्त समाज निर्माण अभियान अन्तर्गत आज काठमाडौंमा भएको उपत्यकाव्यापी लागु औषध निषेध, मदिरा नियन्त्रण, महिला तथा बालबालिका हिंसा न्यूनीकरण तथा ट्राफिक व्यवस्थापन सम्बन्धी सचेतना एवं अन्तक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री थापाले यस्तो बताएका हुन् ।

उनले आन्दोलनबाटै देशमा संघीय लोकतान्त्रीक गणतन्त्र स्थापना भएको स्मरण गराउदै समृद्ध नेपाल निर्माण गर्न समाजवादी आन्दोलन गर्नुपर्ने बताए ।

यसका लागि स्थानीय सरकार, प्रदेश सरकार, संघीय सरकार र आम जनताले हातेमालो गर्दै आन्दोलनमा होमिन आवश्यक रहेको उनले बताए ।

अहिले मदिरा, लागुपदार्थ, इन्टरनेट लगायत विभिन्न कारणले महिला तथा बालिकामाथि हिंसा भएको बताउँदै यसको अन्त्यका लागि सबैले आ–आफ्ना तर्फबाट लाग्नुपर्ने थापाको भनाइ थियो ।

७० प्रतिशत महिला हिंसा मदिराकै कारण हुने गरेकाले अब प्रत्येक घरमा हुने हिंसाबारे जनप्रतिनिधि र सोही ठाउँका नागरिकले निगरानी राख्नुपर्ने पनि उनले बताए ।

कार्यक्रममा सहभागीहरूले अपराधमुक्त उपत्यका बनाउन एक्लैको प्रयासले सम्भव नहुने भन्दै घर भित्रैबाट यो अभियानको सुरु गर्नुपर्ने बताए ।

उपत्यकाका तीन जिल्लामध्ये सबैभन्दा बढी अपराध काठ्माडौमा हुने गरेको कार्यक्रममा जानकारी गराइयो । कार्यक्रममा बोल्दै काठमाडौंका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले नेपालका ७७ वटै जिल्लाका नागरिकको बसोबास गर्ने थलो काठ्माडौ भएकाले सबै मान्छे असल र सबै मान्छे खराब नहुँदा पनि समस्या भएको बताए ।

काठमाडाै‌ महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यले मदिरा, लागुपदार्थ, दुव्र्यसनी, ट्राफिक जाम सबै समस्यै समस्यामा रहेको उपत्यकालाई शान्त, स्वस्थ बनाउन एक्लैको प्रयासले सम्भव नभएको बताए ।

समस्या उब्जाउने पनि मानिस र यसको समाधान गर्ने पनि मानिस भएकाले समाजमा हुने विकृति, बिसंगतीको न्यूनीकरण मात्रै नभएर निर्मुल पार्न सबैको सहयोग आवश्यक रहेको शाक्यको भनाइ छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

प्रहरीबाटै महिला बलात्कृत

शुक्रबार साँझ सापटी लिएको रकम दिने बहानामा बोलाएर एक महिलामाथि बलात्कार गरेको आरोप चैना मुगुमा

श्रीमान् चुँड्ने विदेश

जन्मिएकै वर्ष आमा गुमाउनु । पाँच वर्षमा बुबा गुमाउनु । श्रमिक भएर बाँच्ने

मलाई मेरो पहिचान दे !

-श्रीभक्त पौडेल - ए समाज ! मलाई मेरो पहिचान दे ! कहिलेसम्म मलाई साहिँली, माहिली र कान्छी भनेर चिनाउँछस्

लैंगिक हिंसा विरुद्ध चित्रकला प्रर्दशनी तथा कविता वाचन

सो अवसरमा कलाकार रसिकराज र इपिएस स्कुलका विद्यार्थीहरुको तयार गरेका महिला हिंसाको अवस्था झल्किने चित्रकला

दमकमा ३७ प्रतिशत बढी बालबालिकाको जन्मदर्ता छैन

-विष्णुप्रसाद पोखरेल- झापाको दमक नगरपालिकामा जन्मेका ३७ प्रतिशत बालबालिकाहरुको जन्मदर्ता नै नहुने गरेको पाइएको छ

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: