प्रतिरक्षा तालिमः ‘आई लाग्नेसँग जाईलाग्नुस्’


प्रकाशित मिति :2018-10-12 16:11:18

–महिला खबर–

बैतडी । जिल्लाको पाटन नगरपालिकाका विभिन्न वडाका किशोरीहरूलाई आत्मरक्षा तालिम दिइएको छ ।

राष्ट्रिय खेलकुद परिषदको आयोजना र जिल्ला खेलकुद विकास समितिको समन्वयमा किशोरीहरूका लागि तीन दिने आत्मरक्षा तालिम सञ्चालन गरिएको हो ।

महिला तथा किशोरीमाथि यौनजन्य घटनाहरू बढिरहेका बेला यस्ता घटना हुन सक्ने अवस्थामा कसरी सुरक्षित रहने भन्ने बारेमा तालिम दिइएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवं संघीय संसदको महिला तथा सामाजिक समितिका सभापति निरुदेवी पाल ।

किशोरीहरूलाई समस्या परेका बेला कसरी प्रतिकार गर्ने, खेलकुदमा किशोरी तथा महिलाको सहभागिता अभिवृद्धि गर्ने उद्देश्यका साथ तालिम सञ्चालन गरिएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष चमनकुमार भण्डारीले बताए ।

किशोरीहरूलाई कसैले भौतिक आक्रमण गर्न खोजेमा, यौन दुव्र्यवहार गर्न खोजेमा बच्ने उपायका बारेमा सिकाईएको प्रशिक्षक सुरेन्द्र बिष्टले बताए ।

प्रशिक्षक विष्ट कोही बलियो हुँदैमा आक्रमण गर्न नसक्ने बताउँछन् । ‘किशोरीहरुलाई ढाडस दिँदै उनले भने, ‘तपाईंहरु पनि पुरुष जत्तिकै सबल हुनुहुन्छ । प्रतिकार गर्ने सीप र आत्मबल बढाउनुस् । आई लाग्नेसँग जाइलाग्नुस् । तपाईहरु बलियो हुनुहुन्छ ।’

पाटनमा भएको तालिममा सहभागी एलिशा भण्डारीले तालिमबाट आफूहरूलाई धेरै फाइदा भएको बताइन् ।

तालिम समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवं संघीय संसदको महिला तथा सामाजिक समितिका सभापति निरुदेवी पालले तालिमबाट प्राप्त सीप र आत्म बलको सही सदुपयोग गर्न किशोरीहरुलाई सुझाइन् ।

मंगलबारबाट शुरु भएको तालिम बिहीबार सकिएको छ ।

पहिलो चरणमा पाटनमा तालिम सञ्चालन गरिएको र यसलाई जिल्लाका सबै ठाउँमा सञ्चालन गर्ने खेलकुद विकास समितिका अध्यक्ष भण्डारीले बताए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

रुढ मान्यता भत्काउँदै शान्तिले मनाइन् दसैँ

–महिला खबर– बझाङको सुर्मा गाउँपालिका वडानम्बर १ की शान्तिले सोही गाउँपालिका ३ मा रहेको

कारबाहीमा होइन पैसामा न्याय !

-चन्द्रकला शाह- बाजुरा । पैसामा घटना मिलेपछि महिलाले थप लाञ्छना भोग्ने गरेका छन् ।

घरेलु हिंसा पीडित सीता मृत भेटिइन्

–महिला खबर– ललितपुर । बैतडीको मेलौली नगरपालिका ३, की सीता भट्ट हराएको डेढ महिनामा मृत भेटिएकी

‘श्रीमती’ को रूपमा बेचिँदै कलिला छोरीहरू

ललितपुर । नाइजेरियामा एउटा परम्परा छ । जसलाई ‘पैसाको लागि विवाह’ नामले चिनिन्छ । उक्त

आज दसैँको टीका

राष्ट्रपति विद्यावी भण्डारीले उपराष्ट्रपति, प्रधानमन्त्रीदेखि उच्च पदस्थ व्यक्तित्वहरुलाई टीका लगाइदिएकी छन् ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: