फाष्ट ट्रयाक कोर्ट गठनबारे बहस


प्रकाशित मिति :2018-10-12 15:22:41

–महिला खबर–

ललितपुर । महिला हिंसा सम्बोधनका लागि फाष्ट ट्रयाक कोर्ट गठन अत्यावश्यक रहेको एक कार्यक्रमका वक्ताहरुले बताएका छन् ।

सञ्चारिका समूहले निमार्ण गर्ने कार्यक्रम ‘समकोण’का वक्ताहरुले सर्वाेच्च अदालतले ९ वर्षअघि नै दिएको आदेश अनुसार फाष्ट ट्रयाक कोर्ट गठन गर्नुपर्ने बताएका हुन् ।

कार्यक्रममा उच्च अदालत पाटनका न्यायाधीश टेक नारायण कुँवरले फाष्ट ट्रयाक कोर्ट गठन भएपछि बलात्कारजस्ता मुद्दाहरुलाई सिघ्र सुनुवाइद्वारा टुंगो लगाउन सकिने बताए ।

यो प्रद्धति अनुसन्धान प्रकृयाबाटै सुरु हुने भन्दै न्यायाधीश कुँवरले घटनाका दोषी उम्कन नपाउने बताए ।

अधिवक्ता शर्मिला श्रेष्ठले फौजदारी मात्रै नभएर कतिपय देवानी प्रकृतिका मुद्दा समेत फाष्ट ट्रयाकबाट किनारा लाग्न सक्ने बताइन ।

उनले न्याय प्रकृया झन्झटिलो र लामो भएकाले धेरै पिडितहरुले बीचमै मुद्दा छोड्ने गरेको अनुभव सुनाइन् ।

तर जिल्ला अदालत काठमाडौंका मुख्य सरकारी वकिल सूर्यराज दाहालले फाष्ट ट्रयाक कोर्ट गठन गर्दैमा सबै समस्या समाधान नहुने बिचार राखे ।

यस सम्बन्धी कार्यक्रम ‘समकोण’ आज राती नौ बजेदेखि १० बजेसम्म कान्तिपुर टेलिभिजनमा हेर्न सकिन्छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

प्रहरीबाटै महिला बलात्कृत

शुक्रबार साँझ सापटी लिएको रकम दिने बहानामा बोलाएर एक महिलामाथि बलात्कार गरेको आरोप चैना मुगुमा

श्रीमान् चुँड्ने विदेश

जन्मिएकै वर्ष आमा गुमाउनु । पाँच वर्षमा बुबा गुमाउनु । श्रमिक भएर बाँच्ने

मलाई मेरो पहिचान दे !

-श्रीभक्त पौडेल - ए समाज ! मलाई मेरो पहिचान दे ! कहिलेसम्म मलाई साहिँली, माहिली र कान्छी भनेर चिनाउँछस्

लैंगिक हिंसा विरुद्ध चित्रकला प्रर्दशनी तथा कविता वाचन

सो अवसरमा कलाकार रसिकराज र इपिएस स्कुलका विद्यार्थीहरुको तयार गरेका महिला हिंसाको अवस्था झल्किने चित्रकला

दमकमा ३७ प्रतिशत बढी बालबालिकाको जन्मदर्ता छैन

-विष्णुप्रसाद पोखरेल- झापाको दमक नगरपालिकामा जन्मेका ३७ प्रतिशत बालबालिकाहरुको जन्मदर्ता नै नहुने गरेको पाइएको छ

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: