नियमित गर्भ परीक्षण गराए अण्डा उपहार


प्रकाशित मिति :2018-10-12 14:05:40

–एसबी जेरो–

ओखलढुंगा । सर्मिला मगर छैठौं महिनाकी गर्भवती हुन् । उनले चार र छ महिना गरी दुई पटक स्वास्थ्य संस्थामा गर्भ परीक्षण गराईसकेकी छिन् ।

गर्भ परीक्षण गरेबाफत उनले उपहार स्वरुप दश दाना कुखुराको अण्डा लिईसकेको बताइन् । अण्डासंगै उनले गर्भावस्थामा ध्यान दिनुपर्ने कुरा, खतराका चिन्ह, पूर्व तयारी लगायत स्वास्थ्य संस्थामा सुत्केरी हुँदा हुने फाईदाका विषयमा समेत जानकारी पाइसकेकी छिन् ।

जिल्लाको मानेभन्ज्यांग गाउँपालिकामा गर्भवती महिलालाई प्रोत्साहन स्वरुप अण्डा वितरण गरिन्छ ।

नियमित स्वास्थ्य संस्थामा गर्भ परीक्षण गराउने गर्भवती महिलाहरू लाई प्रोत्साहन स्वरुप अण्डा उपहार दिने गरिएको हो ।

गर्भवती हुँदा महिलाको हेरचाहमा ध्यान पुर्याउन तथा नियमित गर्भपरीक्षणका लागि सन्देश प्रवाह गर्ने ध्येयले साविक मानेभन्ज्यांग गाविसको सहयोगमा २०६८ साल देखी सगरमाथा आमा समूह सञ्जालले यो अभियान थालेको हो ।

हाल गाउँपालिकाको वाड नं. ५ मा यो कार्यक्रम चलिरहेको छ । गर्भवती महिलाले चार, छ, आठ र नौ महिना गरी अनिवार्य चार पटकसम्म गर्च जाँच गराउनुपर्छ ।

पहिलो पटक गर्भ परीक्षण गराउने महिलालाई चार दाना, दोश्रो पटक छ दाना, तेश्रो पटक आठ र चौथो पटक गर्भ जचाँउनेलाई नौ दाना गरी प्रत्येक गर्भवती महिलालाई २७ दाना अण्डा उपहार दिने गरिएको समूहकी अध्यक्ष माया राईले बताईन् ।

यो कार्यक्रमको मुख्य उद्देश्य प्रत्येक गर्भवती महिलालाई नियमित गर्भ परीक्षण र स्वास्थ्य संस्थामै सुत्केरी हुन प्रोत्साहन गर्ने रहेको उनको भनाइ छ ।

हाल गाउँपालिकाको आर्थिक सहयोगमा यो कार्यक्रम सन्चालन भईरहेको छ ।

करिव आठ वर्षको अवधिमा चार सय ५८ गर्भवती महिलाले नियमित आफ्नो गर्भ परीक्षण गराई अण्डा उपहार लिईसकेको समूहकी सचिव भावना राईले जानकारी दिईन् । ‘अण्डा वितरण संगै छ महिना पुगेका गर्भवती र उनका श्रीमान, सासु तथा नजिकको आफन्तलाई गर्भवती जीवन सुरक्षा सम्बन्धी दुई दिने तालिम दिईन्छ’ सचिव राईले बताईन् ।

यो अभियानले गर्भवती महिलालाई नियमित स्वास्थ्य परीक्षण गराउन र स्वास्थ्यको ख्याल गर्न प्रोत्साहन मिलेको मानेभन्ज्यांग गाउँपालिका स्वास्थ्य संयोजक विश्वराज दाहालले बताए । ‘गर्भ जाँच गराउने गर्भवतीले अण्डा उपहार पाएको देखेर गाउँका अरु गर्भवती महिलाहरू पनी स्वास्थ्य चौकीमा गर्भजचाउन आउने गरेका छन् ।’ उनले भने ‘अधिकांश सबै गर्भवती महिलाहरू स्वास्थ्य संस्थामै सुत्केरी भएका छन् ।’

तथ्यांक अनुसार ७० प्रतिशत महिलाहरू मानेभन्ज्यांग स्वास्थ्य चौकीमै सुत्केरी भएका छन् । बाँकी जिल्लाका अन्य बर्थिङ्ग सेन्टर मार्फत सुत्केरी भएको संयोजक दाहाल बताउछन् ।

हाल वाड नं.५ मा मात्र सन्चालित यो कार्यक्रम चालु आर्थिक वर्ष देखी गाउँपालिकाका सम्पूर्ण वडाहरूमा विस्तार गर्ने योजना रहेको गाउँपालिकाका स्वास्थ्य संयोजक दाहालले जानकारी दिए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

‘र…डी’का भोटहरू

हालेका भोटहरू तुरुन्तै फिर्ता गरेर आफ्नो ज्यान जोगाउनुस् मेयर सा’ब ।

हावाहुरी प्रभावित हिमसरालाई सहयोग

–महिला खबर– ललितपुर । उनलाई खान र बस्नका लागि गोदावरी चेम्बर अफ कर्मशले सहयोग गरेको

बालिकाको सामूहिक बलात्कार गर्ने पक्राउ

धनगढी उप–महानगरपालिका वडा नम्वर १५ का झगडु चौधरी, विजय चौधरी र वडा नम्वर ७ का

७ सय ४४ लिटर घरेलु मदिरा नष्ट

कैलालीको धनगढी उपमहानगरपालिकाका विभिन्न वडाबाट अवैध घरेलु मदिरा बरामद गरी प्रहरीले नष्ट गरेको हो ।

म कसरी एकल ?

नारी होस् या पुरुष जन्मदा एक्लै जन्मने हो । अघि वा पछिको कुरा मात्रै हो,

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: