विदेशमा दसैँ


प्रकाशित मिति :2018-10-12 13:49:50

आमा !
अब गाउँतिर पनि बिस्तारै
चर्को घाम मत्थर हुँदै गयो होला
दसैँ पूर्वको शितलताले
सारा मनहरूलाई उन्मादले
भरिदिएको छ पक्कै
खेतमा धानका बालाहरू पहेँलै हुन थाले होलान् ।

बासुदेब भट्टराई

आमा !
हामीले पनि विदेशमा
रंगिन सपनाका अक्षताहरू
कल्पनामा निधारभरी बनायौं
सपनामै लिंगे पिङको झड्का मच्चाएर कतिलाई चकित पारिसक्यौं
तपाईंले दिएको आर्शीवादलाई
कल्पनामै स्वीकार गरिसक्यौं
तर, पक्कै पनि मेरो आगमनको प्रतिक्षा
गर्दै टोलाईरहेको छ होला मेरो गाउँ
सोध्दै होला
के तिमी साँचै आउन्नौ यसपाली ?
मेरो गोठ र मझेरी पनि मसंग
कति न्यास्रियो होला है ?
पक्कै पनि आमा
तपाई टोलाउँदै हुनुहुन्छ ।

प्रिय साथीहरू भन्दा हुन्
तिमी बिना चित्त उदास छ
सारा रंगिन जीवन फिका छ
तिमी आउनुको मात्र एउटा आस छ
आउ फेरि हामी त्यही बरको रुखमा पिङ हालौ
खुसी साटौं, रमाऔं
ती पुराना दिनहरूलाई फिर्ता गरौं
कुनै जुक्तिले भए पनि आउ
दशै सँगै मनाऔ ।

बासुदेब भट्टराई
(गोरखा)
हाल नर्थ क्यारोलाइना, अमेरिका

    Comment Here!

Related NEWS
मुख्य खबर

प्रहरीबाटै महिला बलात्कृत

शुक्रबार साँझ सापटी लिएको रकम दिने बहानामा बोलाएर एक महिलामाथि बलात्कार गरेको आरोप चैना मुगुमा

श्रीमान् चुँड्ने विदेश

जन्मिएकै वर्ष आमा गुमाउनु । पाँच वर्षमा बुबा गुमाउनु । श्रमिक भएर बाँच्ने

मलाई मेरो पहिचान दे !

-श्रीभक्त पौडेल - ए समाज ! मलाई मेरो पहिचान दे ! कहिलेसम्म मलाई साहिँली, माहिली र कान्छी भनेर चिनाउँछस्

लैंगिक हिंसा विरुद्ध चित्रकला प्रर्दशनी तथा कविता वाचन

सो अवसरमा कलाकार रसिकराज र इपिएस स्कुलका विद्यार्थीहरुको तयार गरेका महिला हिंसाको अवस्था झल्किने चित्रकला

दमकमा ३७ प्रतिशत बढी बालबालिकाको जन्मदर्ता छैन

-विष्णुप्रसाद पोखरेल- झापाको दमक नगरपालिकामा जन्मेका ३७ प्रतिशत बालबालिकाहरुको जन्मदर्ता नै नहुने गरेको पाइएको छ

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: