भारतमा बन्धक बनाइएका ८ नेपाली महिलाको उद्धार


प्रकाशित मिति :2018-10-12 12:23:34

–महिला खबर–

ललितपुर । भारतको नयाँ दिल्लीस्थित पहाडगंजको एक होटलबाट ८ जना नेपाली महिला तथा किशोरीको उद्धार गरिएको छ ।

वैदेशिक रोजगारीको सिलसिलामा बन्धक रहेका नेपाली महिला तथा किशोरीहरूको केआई नेपाल, दिल्ली महिला आयोग र दिल्ली प्रहरीको संयुक्त प्रयासमा उद्धार गरिएको हो ।

बन्धक बनाइएका महिला तथा किशोरीहरूलाई कुवेत तथा इराकमा रोजगारी दिने भन्दै नेपालका विभिन्न जिल्लाहरूबाट दिल्ली पुर्याइएको केआई नेपालका कार्यक्रम निर्देशक इन्द्रराज भट्टराईले जानकारी दिए ।

केआई नेपालमा उनीहरूलाई बन्धक बनाएर राखिएको जानकारी प्राप्त भए पश्चात उद्धार प्रकृया अगाडि बढाइएको भट्टराईले बताए ।

उद्धार गरिएका महिला तथा किशोरीहरू दिल्ली महिला आयोगको सहकार्यमा दिल्लीस्थित पुनस्र्थापना केन्द्रमा राखि परामर्श दिने कार्य भईरहेको उनले महिला खबरलाई बताए ।

उद्धार गरिएका महिला तथा किशोरीहरूलाई आवश्यक कानूनी प्रकृया पुरा गरी स्वदेश ल्याएर परिवारमा पुनर्मिलन गराइनेछ ।

के. आई नेपालका दिल्ली प्रतिनिधि नवीन जोशीका अनुसार उद्धार भएका महिला तथा किशोरीहरूले लामो समयको बन्धकबाट मुक्त भई नजिकिदै गरेको दशैको अवसरमा घर तथा परिवारमा पुनर्मिलन हुने आशमा खुशी व्यक्त गरेका छन् ।

उद्धार गरिएका महिलाहरु १९ देखि ३७ उमेरका छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

रुढ मान्यता भत्काउँदै शान्तिले मनाइन् दसैँ

–महिला खबर– बझाङको सुर्मा गाउँपालिका वडानम्बर १ की शान्तिले सोही गाउँपालिका ३ मा रहेको

कारबाहीमा होइन पैसामा न्याय !

-चन्द्रकला शाह- बाजुरा । पैसामा घटना मिलेपछि महिलाले थप लाञ्छना भोग्ने गरेका छन् ।

घरेलु हिंसा पीडित सीता मृत भेटिइन्

–महिला खबर– ललितपुर । बैतडीको मेलौली नगरपालिका ३, की सीता भट्ट हराएको डेढ महिनामा मृत भेटिएकी

‘श्रीमती’ को रूपमा बेचिँदै कलिला छोरीहरू

ललितपुर । नाइजेरियामा एउटा परम्परा छ । जसलाई ‘पैसाको लागि विवाह’ नामले चिनिन्छ । उक्त

आज दसैँको टीका

राष्ट्रपति विद्यावी भण्डारीले उपराष्ट्रपति, प्रधानमन्त्रीदेखि उच्च पदस्थ व्यक्तित्वहरुलाई टीका लगाइदिएकी छन् ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: