बाल अनाथालयलाई सहयोग गर्ने निरुदेवीको प्रतिवद्धता


प्रकाशित मिति :2018-10-11 16:51:01

–महिला खबर–

ललितपुर । संघीय संसदको महिला तथा सामाजिक समितिका सभापति निरुदेवी पालले महेन्द्रनगरस्थित समाज कल्याण अञ्चल बाल अनाथालयको सञ्चालनार्थ आफूले आवश्यक सहयोग गर्ने बताएकी छन् । पालले आफ्नो तलवबाट मासिक ५ हजार अनाथालयलाई दिने पनि घोषणा गरिन् ।

बुधवार बाल अनाथालयको निरीक्षण गर्दै उनले आफूले यसको सञ्चालन र यहाँ आश्रित बालबालिकाका लागि गर्न सकिने सहयोग गर्ने प्रतिवद्धता गरिन् ।

 

अनाथलयको अगाडि व्यापारिक प्रयोजनका लागि संरचना बनाउन सकिने जमिन रहेको छ । त्यसैलाई व्यापारिक प्रयोजनका लागि सटर निर्माण गर्न सके त्यसबाट अनाथालयको आयश्रोत बढ्ने सञ्चालनका लागि सहयोग हुने कुरा अञ्चल बाल अनाथालय सञ्चालन समितिले सभापतिलाई जानकारी गराएको थियो ।

सभापति पालले सरकारले अहिले कुनै पनि बालबालिका सडकमा हुन नहुने नीति ल्याएकाले कुनै पनि बालबालिकाले सडकमा बस्नुपर्ने बाध्यता आउन नहुने बताईन् ।

आफू यसै क्षेत्रको सांसद भएकाले आवश्यक सबै सहयोगका लागि तयार रहेको उनले प्रष्ट पारिन् । उनले बाल मन्दिर क्षेत्रको समेत निरीक्षण गरेर त्यहाँको अवस्थाका बारेमा समेत जानकारी लिएको महिला खबरलाई बताइन् ।

समाज कल्याण अञ्चल बाल अनाथालय सञ्चालन समितिका अध्यक्ष पूर्ण बहादुर चन्दले अनाथालयको अवस्थाका बारेमा सभापतिलाई जानकारी गराएका थिए ।

२०४९ सालमा स्थापना भएको अनाथालयका लागि भनेर सरकारले विगतका वर्षहरुमा वार्षिक १० लाखका दरले बजेट विनियोजन गर्दै आएको थियो । तर पछिल्ला केही वर्षयतादेखि भने २ लाख वार्षिक बजेट पठाउने गरेको र त्यो अपुग रहेको अध्यक्ष चन्दले बताए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

‘र…डी’का भोटहरू

हालेका भोटहरू तुरुन्तै फिर्ता गरेर आफ्नो ज्यान जोगाउनुस् मेयर सा’ब ।

हावाहुरी प्रभावित हिमसरालाई सहयोग

–महिला खबर– ललितपुर । उनलाई खान र बस्नका लागि गोदावरी चेम्बर अफ कर्मशले सहयोग गरेको

बालिकाको सामूहिक बलात्कार गर्ने पक्राउ

धनगढी उप–महानगरपालिका वडा नम्वर १५ का झगडु चौधरी, विजय चौधरी र वडा नम्वर ७ का

७ सय ४४ लिटर घरेलु मदिरा नष्ट

कैलालीको धनगढी उपमहानगरपालिकाका विभिन्न वडाबाट अवैध घरेलु मदिरा बरामद गरी प्रहरीले नष्ट गरेको हो ।

म कसरी एकल ?

नारी होस् या पुरुष जन्मदा एक्लै जन्मने हो । अघि वा पछिको कुरा मात्रै हो,

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: