सीडको छाया प्रतिवेदनमा महिलाको मौलिक हक प्रमुख विषय


प्रकाशित मिति :2018-10-11 16:26:55

–महिला खबर–

ललितपुर । सीडको छैठौं आवधिक प्रतिवेदनमा नेपालका गैरसरकारी संस्थाले महिलाको मौलिक हकलाई प्राथमिकताका उठान गर्ने भएका छन् ।

महिलामाथि हुने सबै प्रकारका भेदभाव उन्मुलन गर्ने महासन्धि, १९७९ (सीड) को छाया प्रतिवेदनमा गैर सरकारी संस्थाहरूले मौलिख हकलाई प्राथमिकताका साथ उठाउने निर्णय गरेका हुन् ।

२०७२ असोज २ गते जारी नेपालको संविधानले मौलिख हक सम्बन्धी थुप्रै व्यवस्था गरेको भए पनि महिलाको मौलिक हक भने आउन नसकेको भन्दै यही विषयलाई गैर सरकारी संस्थाले उठान गर्न लागेका हुन् ।

गैरसरकारी संस्थाले तयार पारेको प्रतिवेदनमा नेपालले नीति र कानून बनाउने कुरामा ठूलो फड्को मारे पनि कार्यान्वयनको समस्या टड्कारो रुपमा देखिएको सञ्चारिका समूहकी उपाध्यक्ष कमला पन्थीले बताइन् ।

छाया प्रतिवेदनमाथि आउँदो कात्तिक ६ गते स्वीट्जरल्याण्डको जेनेभामा छलफल हुनेछ । यसका लागि नेपाल सरकारले आफ्नो दायित्व अन्तरगतको प्रतिवेदन सीड समितिलाई बुझाइसकेको छ ।

छाया प्रतिवेदनको विषयमा जानकारी दिन बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा महिला कानून र विकास मञ्चका कार्यकारी निर्देशक सविन श्रेष्ठले सन् २०११ मा दिएको सुझाबमा के के राम्रो काम भए र हालसम्म के के परिवर्तन भएको छ भनेर प्रतिवेदनमा उल्लेख गरिएको बताए ।

उनले प्रतिवेदनमा महिला विरुद्धको भेदभावको परिभाषा नेपालको कानूनमा गर्नुपर्ने उल्लेख गर्दै यौनीक अल्पसंख्यकका विषय र द्वन्द्वका बेला बेपत्ता भएका व्यक्तिका श्रीमतीहरूले सम्पत्ती हस्तान्तरणमा भोग्नुपरेको समस्याका साथै नागरिकताको केशहरूलाई पनि राखेको बताए ।

कार्यक्रममा सञ्चारिका समूहकी पूर्व अध्यक्ष बबिता बस्नेतले प्रतिवेदनले पहिलो पटक सूचनाको हकलाई समेत समेट्न सफल भएको बताइन् । उनले छाया प्रतिवेदनको छलफलका क्रममा महिलाको क्षेत्रमा रहेका ग्यापलाई समेत राख्न सकिने बताइन् ।

सञ्चारिका समूहका अध्यक्ष नितु पण्डितले सीड समितिले सरकारको प्रतिवेदन मात्र नहेरी ९३ वटा गैर सरकारकारी संस्थाहरू मिलेर तयार पारेको छाया प्रतिवेदन पनि मुख्य ऐजेण्डाको रुपमा हेर्ने बताइन् ।

प्रतिवेदनको धारा १ मा महिला विरुद्धको भेदभाव, दुईमा राज्यको दायित्व, ३ मा राष्ट्रिय संरचनाद्वारा महिला उत्थान, ४ मा समानताको सिद्धान्त, ५ मा लैंगिक भूमिका तथा रुढीगत सोच र धारा ६ मा बेचबिखन तथा शोषण विरुद्धका अधिकारका विषय उल्लेख गरिएको छ ।

यस्तै धारा ७ मा सार्वजनिक तथा राजनीतिक जीवनमा सहभागिताको अधिकार, धारा ८ मा अन्तर्राष्ट्रिय तहमा सहभागी हुन पाउने अधिकार, धारा ९ मा राष्ट्रियता सम्बन्धी अधिकार, धारा १० मा शिक्षा सम्बन्धी अधिकार, धारा ११ मा राजगारी अधिकार, धारा १२ मा स्वास्थ्य सम्बन्धी अधिकार, धारा १३ मा आर्थिक तथा सामाजिक लाभको अधिकार, धारा १४ मा ग्रामीण महिलाको अधिकार, धारा १५ मा कानूनी समानताको अधिकार र धारा १६ मा विवाह तथा पारिवारिक सम्बन्धको अधिकार उल्लेख गरिएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

महिलाकाे नयाँ सोच : सयपत्रीकाे हाेइन अालु, बाेडीकाे माला

-विष्णुप्रसाद पोखरेल- खुर्सानी, साना आलुका गेडा, भिजाएको मटर र चनाको गेडा, राज्मा, बनमारा, मकैको दाना,

श्रीमती पाल्ने कि श्रीमान् ?

तपाईंको आमालाई बाबाले पाल्नु भो कि ? आमाले आफू पालिएर छोराछोरीलाई पनि पाल्नुभयो ?

भारतबाट उद्दार गरिएका १ सय ७९ जनालाई नेपाल ल्याइयो

-विष्णुप्रसाद पोखरेल- भारतबाट उद्धार गरिएका १ सय ४७ जना महिला सहित १ सय ७९ जनालाई नेपाल

आमाको वंश नचल्ने प्रजातन्त्र !

लोकतन्त्र मात्र होइन, गणतन्त्र नै आयो । दूरदृष्टिको अभिमानमा परको सिमाना देखियो । आमाको आँखामा

सञ्चारिकाकी पूर्व अध्यक्ष राणा संयुक्त राष्ट्रसंघीय सीड कमिटीको उपाध्यक्ष निर्वाचित

–महिला खबर– ललितपुर । सञ्चारिका समूहका पूर्व अध्यक्ष बन्दना राणा संयुक्त राष्ट्रसंघको महिला विरुद्ध हुने सबै

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: