बलात्कार भएपछि युवतीको बिहे भङ्ग


प्रकाशित मिति :2018-10-11 15:48:22

–पार्वती पाण्डे–

कपिलवस्तु । वैशाखमा तय भएको बिहे युवती बलात्कृत भएपछि भङ्ग भएको छ । कपिलवस्तुकी २० वर्षीया युवतीको तय भइसकेको विवाह उनी बलात्कृत भएको थाहा भएपछि केटा पक्षले भङ्ग गरेको हो ।

शिवराज नगरपालिकाकी युवतीको आउँदो बैशाख महिनामा बिहे तय भएको थियो । युवती यही असोज १७ गते बुधबार राती खाना खाएर घरबाहिर मुख छुठ्न गएका बेला सामूहिक बलात्कारमा परेकी थिइन् ।

युवतीले तौलिहवामा आयोजना गरेको पत्रकार सम्मेलनमा २१ वर्षीय रहमान गद्दी र ५१ वर्षीय जैसुल्लाह गद्दीले आफूलाई बलत्कार गरेको बताईन् ।

मुख छुठ्न घरबाहिर निस्केका बेला रहमान र जैसुल्लाहले मुख थुनेर घर पछाडि रहेको मासको खेतमा लगी बलात्कार गरेको उनले बताइन् ।

घटना सार्वजनिक भएपछि छोरीको विवाह नै टुटेको युवतीकी आमाले संचारकर्मीसँग रुँदै बताइन् ।

यसैबीच घटना फिर्ता लिन पीडक परिवारले आफूहरूलाई मानसिक तनाव दिने गरेको पनि युवतीकी आमाले बताईन् । पीडकका काका लाल मोहम्मदले घटनालाई मिलाउन २ बिघा खेत र ५ लाख रुपैयाँको प्रस्ताव गरेको उनको भनाइ छ ।

‘मैले त्यो प्रस्ताव ठाडै अस्विकार गरे । मैलाइ न्याय चाहिएको छ, पैसा होईन’ उनले भनिन् । आफ्नो छोरीलाई यत्रो ठूलो पीडा दिने व्यक्तिलाई कडा कारबाही भएको देख्न चाहेको पनि उनले बताइन् ।

घटनाको तेस्रो दिन ५१ वर्षीय जैसुल्लाह घरबाटै पक्राउ परेका थिए । अर्का आरोपी रहमान भने घटनापछि फरार छन् । उनी भारतको सिद्धार्थनगर जिल्लाको थाना ढेबरुवा खरीस्थित आफ्नो घरमा लुकेर बसेको बताइएको छ ।

पक्राउ परेका जैसुल्लाह काठ व्यापारी हुन् । उनको प्रहरीसंग राम्रो सम्बन्ध रहेका कारण आफूलाई कसैले केही गर्न नसक्ने भन्दै घटनापछि पनि ढुक्कसंग घरमै बसेका थिए । आफूहरूको दबाबपछि मात्रै स्थानीय प्रहरीले उनलाई पक्राउ गर्न बाध्य भएको गाउँलेले बताएका छन् ।

४ महिना अघि पनि गाउँकै १७ वर्षीया युतवीलाई जबरजस्ती गरेको आरोपमा गाउँलेहरूले उनलाई कुट्पिट गरेर छोडेको थाहा भएको छ । यद्यपि आर्थिक लेनदेन पछि सो घटना मिलाईएको बताइएको छ ।

यो घटनामा फरार रहेका आरोपीलाइ पक्राउ गर्न प्रहरीले कुनै चासो नदिएको र पक्राउ परेका गद्दीलाई समेत छुटाउन चलखेल गरेको गाउँलेको आरोप छ ।

प्रहरी नायब उपरीक्षक रबि रावलले घटनाको अनुन्ंधान भइरहेको र फरार रहेका अभियुक्तको खोजी भईरहेको बताए । रहमानलाई जबरजस्ती करणी र जैसुल्लाहलाई करणी उद्योगको मुद्दा चलाएको प्रहरीले जनाएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

प्रहरीबाटै महिला बलात्कृत

शुक्रबार साँझ सापटी लिएको रकम दिने बहानामा बोलाएर एक महिलामाथि बलात्कार गरेको आरोप चैना मुगुमा

श्रीमान् चुँड्ने विदेश

जन्मिएकै वर्ष आमा गुमाउनु । पाँच वर्षमा बुबा गुमाउनु । श्रमिक भएर बाँच्ने

मलाई मेरो पहिचान दे !

-श्रीभक्त पौडेल - ए समाज ! मलाई मेरो पहिचान दे ! कहिलेसम्म मलाई साहिँली, माहिली र कान्छी भनेर चिनाउँछस्

लैंगिक हिंसा विरुद्ध चित्रकला प्रर्दशनी तथा कविता वाचन

सो अवसरमा कलाकार रसिकराज र इपिएस स्कुलका विद्यार्थीहरुको तयार गरेका महिला हिंसाको अवस्था झल्किने चित्रकला

दमकमा ३७ प्रतिशत बढी बालबालिकाको जन्मदर्ता छैन

-विष्णुप्रसाद पोखरेल- झापाको दमक नगरपालिकामा जन्मेका ३७ प्रतिशत बालबालिकाहरुको जन्मदर्ता नै नहुने गरेको पाइएको छ

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: