बलात्कारको स्वास्थ्य जाँच रिपोर्ट गलत दिने डाक्टर कारबाहीमा


प्रकाशित मिति :2018-10-11 12:53:19

–महिला खबर–

ललितपुर । बलात्कार पीडित बालिकाको शारीरिक जाँचको प्रतिवेदन गलत दिने दुई चिकित्सकलाई नेपाल मेडिकल काउन्सिलले कारबाही गर्ने निर्णय गरेको छ ।

कारबाहीमा पर्ने चिकित्सकमा जनकपुर अञ्चल अस्पतालका डाक्टर डा. विजयकुमार सिंह र डा. रम्भा गोइत छन् । डा.सिंहको मेडिकल काउन्सिलमा दर्ता नम्बर ३१५५ र डा.गोइतको दर्ता नम्बर १०२०६ छ ।

उनीहरुले गएको भदौ ५ गते बलात्कृत भएकी धनुषाकी १२ वर्षीया बालिकाको शारीरिक जाँच प्रतिवेदन गलत दिएको पुष्टि भएको हो ।

नेपाल मेडिकल काउन्सिलबाट गठन भएको छानबिन समितिले अध्ययनका क्रममा उनीहरुले गलत रिपोर्ट दिएको तथ्य पत्ता लगाएको हो ।

भदौ ८ गते राती बलात्कृत भएपछि जिल्ला प्रहरी कार्यालय धनुषाले भदौ ९ गते अस्पतालमा जाँचको लागि पठाएको थियो । नेपाल मेडिकल काउन्सिलले गरेको निर्णयमा जनकपुर अस्पताल र सिराहा जिल्ला अस्पतालको स्वास्थ्य जाँच प्रतिवेदन फरक पाइएको जनाइएको छ । सिराहामा डा. राकेशकुमार सिंहले स्वास्थ्य जाँच गरेका थिए ।

काउन्सिलका प्रवक्ता डा. कृष्णप्रसाद अधिकारीका अनुसार डा. गोइत र डा. सिंहले बालिकाको स्वास्थ्य जाँच गर्दा न्यूनतम चिकित्सकीय आचरण र व्यवहार बिपरित मेडिकल रिपोर्ट दिएका पाइएको छ । त्यसैले उनीहरुको व्यवसायिक प्रमाणपत्र निलम्बन गर्ने र चिकित्सकीय अभ्यासबाट बञ्चित गराउने निर्णय गरिएको जनाइएको छ ।

त्यसैगरी काउन्सिलले गठन गरेको छानबिन समितिले बयानका लागि बोलाउँदा अटेर गरिबस्ने सिराहा सिराहा जिल्ला अस्पतालका सिराहाका चिकित्सक डा. राकेशकुमार सिंहलाई सात दिनको म्याद दिई प्रष्टिकरणका लागि काउन्सिलको कार्यालयमा उपस्थित हुन समेत निर्देशन दिएको छ ।

हेर्नुस् मेडिकल काउन्सिलको निर्णय :

नेपाल मेडिकल काउन्सिलको मिति २०७५।०६।२३ गतेको निर्णय 

मिति२०७५।०५।०८ गते राती २२ः४५ बजेको समयमा जिल्ला धनुषा जनकनन्दनी गा.पा वडा नं. २ बस्ने करण मण्डलले नावालिग बालिका बर्ष १२ कि नाम परिवर्तित खजुरी १ लाई जबरजस्ती करणी गरेपश्चात मिति २०७५।०५।०९ गते निज पीडितलाई जनकपुर अञ्चल अस्पतालमा शारीरिक जाँच गर्ने चिकित्सकहरु डा. विजयकुमार सिंह(दर्ता नं. ३१५५) र डा.रम्भा गोइत (दर्ता नं. १०२०६) तथा सोहि बालिकाको मिति २०७५।०५।२५ मा शारीरिक जाँच गर्ने सिराहा जिल्ला स्वास्थ्य कार्यालय (सिराहा जिल्ला अस्पताल) सिराहाका चिकित्सक डा. राकेशकुमार सिंह (दर्ता नं. २१२२७) को प्रतिवेदन फरक पर्न गएको हुँदा यसमा केकसो भएको हो भनि दुबै प्रतिवेदन प्रतिलिपि र सिडि राखी एकिन रिपोर्टका लागि मिति २०७५।०६।०२ को जिल्ला सरकारी वकील कार्यालय, धनुषा, मिति २०७५।०६।१६ को महान्यायधिवक्ताको कार्यालय, काठमाडौ र मिति २०७५।०६।१८ र २० गतेको गृह मन्त्रालयको पत्र प्राप्त हुन आएको सन्दर्भमा नेपाल मेडिकल काउन्सिलले मिति तथा स्त्री रोग विशेषज्ञ) र श्री पुष्करराज नेपाल (स्वास्थ्य मन्त्रालयका कानून उपसचिव) रहने गरि बनाएको छानविन समितिले मिति २०७५।०६।२३ गते बुझाएको प्रतिवेदन तथा व्यवसायिक आचरण समितिको सिफारिस उपर बहस छलफल हुँदा निम्नानुसार निर्णय भयो ।

१. जनकपुर अञ्चल अस्पतालमा निज पीडित वालिकाको शारीरिक जाँच गर्ने चिकित्सकहरु डा.रम्भा गोइत र डा. विजयकुमार सिंहले न्युनतम चिकित्सकिय आचरण तथा व्यवहार विपरित मेडिकल रिपोर्ट दिएको ठहर भएकाले निज चिकित्सकहरुलाई अर्को निर्णय नभएसम्मका लागि निजहरुको व्यवसायिक प्रमाणपत्र निलम्बन गर्ने र चिकित्सकिय अभ्यासबाट बञ्चित गराउने । यसको जानकारी सम्बन्धित चिकित्सकहरु तथा सरोकारवाला कार्यालयहरुलाई तत्काल जानकारी गराउने ।

२. काउन्सिलले गठन गरेको छानविन समितिले बयानका लागि बोलाउँदा अटेर गरिबस्ने सिराहा जिल्ला स्वास्थ्य कार्यालय (सिराहा जिल्ला अस्पताल) सिराहाका चिकित्सक डा. राकेशकुमार सिंहलाई सात दिनको म्याद दिई प्रष्टिकरणका लागि काउन्सिलको कार्यालय, बाँसबारीमा उपस्थित हुन सूचित गर्ने । निज डा. राकेशकुमार सिंह उक्त हदम्याद मितिसम्म विना कुनै मनासिव कारणहाजिर नभए वा अटेरगरि बसे निजको व्यवसायिक प्रमाणपत्र निलम्बन गर्ने र चिकित्सकिय अभ्यासबाट बञ्चित गराउने । यसको जानकारी सम्बन्धित चिकित्सक तथा सरोकारवाला कार्यालयहरुलाई तत्काल जानकारी गराउने ।

३. नेपाल मेडिकल काउन्सिलले बनाएको छानविन समितिले दिएको प्रतिवेन अनुसारको सुझाव कार्यान्वयनका लागि स्वास्थ्य मन्त्रालय मार्फत सरोकारवाला सम्वन्धित निकायमा पठाउने ।

डा. कृष्णप्रसाद अधिकारी
प्रवक्ता तथा कार्यकारी सदस्य

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिकाको प्रदेश ३ मा सरिता

-महिला खबर- ललितपुर । सञ्चारिका समूहको प्रदेश ३ स्तरीय प्रदेश समिति गठन भएको छ । प्रदेश

मलाई फाँसी मन्जुर छ !

-हेमन्त गिरी- स्केच तयार भयो-हुवहु म जस्तै ! जजसाब, मै रैछु बलात्कारी !

वामदेव गौतम भन्छन्ः केन्द्रीय कमिटीमा ७७ जना महिला थपौं

यस्तो अवस्थामा के ‘सुखी नेपाली र समृद्ध नेपाल’ को नारा सफल होला ? धेरैले यो

आमाको हत्यापछि बाबु जेलमा, दुई छोरीको बिच्चली

-सर्मिला बुढाथोकी- दोलखा । जिरी नगरपालिका ९, ठूलोपातलका तस्विर तमाङले श्रीमतीको हत्यागरे पछि उनको दुई छोरी

ख्याउँची …

त्यसैले त जीवनकै चेकपोष्टमा उँभिएर सर्पले भ्यागुत्ता निले झै खर्लप्पै निल्न मन छ

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: